बुधबार, वैशाख १९, २०८१

नेपालमा १६ जनामा कोरोना संक्रमणको पुष्टी

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ जेठ २१ गते १८:४०

नेपालमा १६ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक सय ८४ जनाको परिक्षण गर्दा १६ जनालाई कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य अधिकारीहरुले देशब्यापी रुपमा कोरोना संक्रमण निकै धेरै हुन सक्ने जनाएका छन ।

मन्त्रालयका अनुसार देश भरी सक्रिय संक्रमितको संख्या एक सय १० रहेको छ । विगत २४ घण्टामा नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ ।

निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ ।

आज शनिवार एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।

शनिवार कोरोनाको संक्रमणबाट मृत्‍यु हुनेको संख्या शुन्यमा झरेको छ । तर सबैलाई अनिवार्य खोप कार्यक्रममा सहभागी हुन मन्त्रालयले अपिल गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक