आइतबार, मंसिर १८, २०७९

माडी आतंकका १७ वर्ष : घाउ उस्ताका उस्तै

नेपालप्लस संवाददाता / चितवन२०७९ जेठ २३ गते १:५७

फोटो- माइ रेपुब्लिका

आज जेठ २३ । तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेला माडी बाँदरमुढे खोलामा भएको बम विस्फोटको घटना १७ वर्ष पुगेको छ । यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीद्वारा गराइएको विस्फोटमा परेर २०६२ सालको जेठ २३ गते बिहान आठ बजेतिर घटनास्थलमै स–साना बालबालिकासमेत गरेर ४२ जनाको ज्यान गएको थियो । ५२ जना घाइते भएका थिए । त्यो कुनै माइन विष्फोट नभएर नियोजित तरिकाले गरिएको रिमोट बम विष्फोट थियो । छतमा समेत गरी करीब १३० जना यात्रु बोकेको सो बस बम विस्फोटमा परेपछि केही फीट माथि उछिट्टिएर थचारिएको थियो ।

अहिले बताइएअनुसार, सो बम झण्डै ७० किलोग्राम तौलको थियो । झन्डै ३०० मीटर टाढासम्म खाल्टो खनेर रिमोट कन्ट्रोलको तार र बम राख्न चार/पाँच घण्टा लागेको थियो । यस काममा माओवादीका चितवन जिल्ला कमिटीका कार्यकर्ताहरू संलग्न थिए । शान्ती सम्झौता भएपछी ति कार्यकर्ताहरुले चितवनका समाचार संस्थाहरुलाई- यो काम हेडक्वाटरकै आदेशमा भएको बताएका थिए । घटनामा परी ७ जना बालबालिकाले ज्यान गुमाए . अन्य ७ बालबालिका गम्भिर घाइते भएका थिए ।

मानव अधिकारबादी संस्था इन्सेकको प्रतिवेदन अनुसार २०६२ जेठ २३ गते बिहान सर्वसाधारण maanisa चढ्नु भन्दा पहिले नै सादा पोसाकका सुरक्षाकर्मीहरू बसमा चढे । थप सर्वसाधारण यात्रुहरू सहित करिब ६ः३० बजेतिर बस अयोध्यापुरीको बगईबाट बनकट्टाका लागि प्रस्थानगर्‍यो ।

खरकट्टामा केही बेर रोकिई कल्याणपुर गाविस वडा नं. ४ को किर्तनपुरमा आईपुगेपछि बसको छतमा समेत यात्रुहरू खचाखच भरिए । बस कल्याणपुर गाविस वडा नं. ४ र १ को सिमानामा पर्ने बाँदरमुडे खोलामा प्रवेश गर्ने बित्तिकै विद्युतीय धराप विस्फोट भयो । विस्फोट हुँदा बस क्षतविक्षत भयो । घटनास्थलमै ३ जना सुरक्षाकर्मी सहित ३२ जना, उपचारार्थ बसन्तपुर स्वास्थ्य चौकीमा पुrrयाइएका ४ जना र उपचारका लागि भरतपुर अस्पतालमा पुर्‍याइएकी eka जना महिलाको जेठ २३ गते नै मृत्यु भयो ।

त्यसैगरी मेडिकल कलेज भरतपुरमा आईसीयुमा उपचार गराइरहेकी डेढ वर्षीय eka बालिकाको जेठ ३१ गते बिहान मृत्यु भयो । यस बाहेक ४ जना सुरक्षाकर्मीसहित ३७ जना गम्भीर घाइते भए । घाइतेमध्ये अधिकांशको अंगभंग भएको पाइयो । स्थानीय जनताले घाइतेहरूको उद्धार कार्य गरेका थिए । घाइतेहरु मध्ये १४ जनालाई काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी तथा अन्यलाई चितवनस्थित भरतपुर अस्पताल र मेडिकल कलेज भरतपुरमा भर्ना गरियो । माओवादिहरुले बसमा सवार ति सादा पोषाकका तीन जना saiनिकहरुलाई लक्षित गरी विष्फोट गराउ**दा तीन दर्जन बढी सर्वसाधारण मारिएका थिए ।

घटना पश्चात पीडितको राहतका लागि विभिन्न समयमा दिइएका आश्वासनहरु पुरा भएका छैनन । घटनामा परेर आफन्त गुमाएका र अपाङ्गता भएकाहरू अझै पनि न्याय र राहतको आशामा छन । शान्ती प्रकृयामा आइसकेपछी युद्दरत रहेको माओवादी लगातार सत्तामा वा सत्ताको नजिक छ । तर पनि घटनाका पीडितहरुले अझै सम्म राहत पाउन सकेका छैनन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले संसदीय निर्वाचनका क्रममा २०७४ मङ्सिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेको सहमति अझै कर्यान्वयनमा आएको छैन । त्यतिबेला मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइदिने समहमति भएको थियो । दाहालले उक्त संसदिय निर्वाचनमा विजय प्राप्त गरे । तर माओवादी र स्थानियहरु विच भएका सहमतीहरु कहिल्यै कार्यन्वयनमा आएनन । घटनाका पीडितहरुले अझै पनि विभिन्न समितिहरु बनाएर संघर्श गरिरहेका छन । तथापी सरकार तथा माओवादी दुbai तर्फबाट गरिएका कुनै पनि सहमती पुरा गरिएको छैन ।

बाँदरमुडे काण्ड झट्ट सुन्दा माओवादी जनयुद्दको एउटा पाटो जस्तो देखिन्छ . सरकार र माओवादी दुबैले त्यसरी नै बुझाउन खोजिरहेका हुन्छन । तर यो काण्ड विशुद्द रुपमा मानवता विरोधी अपराध हो । चितवनका माओवादी कार्यकर्ताले भने अनुसार यात्राु सवार बसमा विष्फोट गराउनका लागि माओवादीको हेडक्वाटरले निर्देशन दिएको थियो । जहाँँ अध्यक्ष पुष्पकमल दाहालको बोलवाला थियो ।

यसको मतलब के हो भने ४२ जना सर्वसाधारणको ज्यान जाने गरी बम विस्फोट गराउन दाहालले निर्देशन दिएका थिए । अधिकारकर्मीहरुले घटनाका दोSheeलाई कारवाहिको माग गरेको पनि ठ्याक्कै १७ वर्ष पुगेको छ । न त सरकारले यसमा चासो राख्छ न प्रतिपक्षले ।

खासमा अन्तरराष्ट्रिय कानुनले यसलाई युद्द अपराधको श्रेणीमा राख्दछ र यस्ता युद्द अपराधीहरुलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दछ । तर पुष्पकमल दाहाल वा तत्कालीन माओवादीको हेडक्वार्टर जसले सर्वसाधारण सवार बसमा विश्फोटन गराउन निर्देशन् दिएको थियो तिनिहरु नै सरकारमा पुगेका छन । कानुन पालना गराउने निकायमा तिनै छन । उनिहरुलाई कत्ती पनि आत्मग्लानी छैन ।

देशमा राजनीतिक परिवर्तनका लागि युद्द हुनु एउटा कुरा हो । तर युद्दमा पनि अपराध हुनु अर्को कुरा हो । माडी घटना कुनै पनि कोणबाट जनयुद्दको पाटो थिएन । यो विशुद्द रुपमा अपराध थियो । ढिलो चाँडो अपराधीलाई कारवाही हुनु पर्दछ । देशले सधै*भरी अपराधको कलंक बोकेर बस्नु हुँदैन । त्यो घटना माडीबासिको लागि मात्र नभएर देशकै लागि कालो दिन हो ।

तपाइँको प्रतिक्रिया