शनिबार, वैशाख ८, २०८१

पेरिसमा नेपाल मेलाको आकर्षण

अनुराधा पौडेल / पेरिस२०७९ जेठ २४ गते १:५४

नेपाल चिनाउने उद्देश्यले फ्रान्सको राजधानी पेरिसमा दुई दिने मेला आयोजना गरिएको छ । नेपालको धार्मिक, सांस्क्रितिक, पर्यटकिय एवं लुकेका विषयहरुलाई उजागर गर्ने यो मेला हजारौंकालागि आकर्षण बनेको छ ।

यो १७ औं मेलाको आयोजना सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृहले गरेको हो ।

जुन महिनाको पहिलो शनिवार र आइतवार लागेको यो मेलामा नेपालका हिमाल, पहाड र तराईका विभिन्न लोक साँस्कृतिक तथा आधुनिक नृत्यहरु प्रस्तुत गरिएको थियो । काठमाडौं उपत्यकाको लाखे नाच सहितको कुमारीको रथ तान्ने कार्यक्रम मेलाको थप आकर्षण थियो ।

पेरिस स्थित नेपाली राजदुत दीपक अधिकारीले यस मेलाको उद्घाटन गर्नुभएको थियो ।

पेरिसस्थित ब्वा द भाँसेन भन्ने पार्कस्थित बुद्दको विशाल मूर्ती भएको ठाउँमा हरेक वर्ष आयोजना गरिने यो मेला कोभिड १९ का कारण दुइ वर्षसम्म रोकिएको नेपाली सांस्कृतिक गृहका अध्यक्ष सुरज श्रेष्ठले जानकारि दिए ।

‘नेपालको पर्यटकिय, सांस्क्रितिक, सामाजिक क्षेत्रलाई फ्रान्समा चिनाउन, नेपालका बालबालिकालाई नेपाल र नेपालीको आफ्नोपनसित जोडेर रकह्न, नेपाल प्रेमीलाई नेपालप्रतिको आकर्शण, माया र ममता, चासो र चाखप्रतिको लगाव राखिरकह्नपनि यो मेला आयोजन अगर्ने गरेका हौं” गृहका अध्यक्ष सुरज श्रेष्ठले “हामी हरेक वर्श मेलामा केहि न केहि नयाँ प्रस्तुति, प्रदर्शनी दिन्छौं ।”

कार्यक्रममा बाँसुरीबादक बुद्द लामाको समुहले आफ्नो प्रस्तुती दिएको थियो ।

यो वर्ष यस मेलामा पहिलो पटक लिम्बु नाच देखाइएको थियो भने नमुना रोटेपिँगको पनि प्रस्तुती गरिएको थियो ।

केहि नेपाली हस्तकलाका सामानका साथै यो मेलामा सन्ध्या मिश्रका कलाहरु प्रदर्शन गरिएको थियो ।

नेपालका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरि ज्ञान हाँसिल गरेका विविध क्षेत्रका ज्ञाताहरुद्वारा विभिन्न विषयमा छलफल राखिएको यस कार्यक्रममा आर्किटेक्चर क्षेत्रका विद्यार्थीहरु सेलिन देकुपेयर र जेयानदेमुल सगरमाथाको छायामा भन्ने शिर्षकमा छलफल चलाएका थिए । मानवशास्त्री कातिया बुफेथ्रिल, पर्वतारोही तथा लेखक मार्क बातार्डले पनि बिभिन्न शिर्षकमा प्रस्तुति गरेका थिए ।

रेमी बोर्दले महाकवी देवकोटाबारे, भूगोल बिज्ञ मारि आमेली कँदोले कोशिको बाढिबाट प्रभावित नेपाली र बिहारीहरुको बारेमा ब्याख्या गरेका थिए । फोटोग्राफर फ्रेदेरिक लक्लुले नेपालको फोटोग्राफी सम्बन्धि तस्विरहरु देखाएका थिए । शुष्मा राइको नेपालका वादी समुदाय बारे प्रस्तुति थियो ।

नृत्यका लागि पेरिसमा संझना श्रेष्ठ, दिलु श्रेष्ठ, ज्योती अर्याल लगायतको समूहले बिभिन्न तयारी गरेको थियो ।

हरेक वर्ष झैं यो वर्ष पनि मेलामा मम, सेल, रसवरी, जुलेवी, पकौडा, गहुँको रोटी, मम, सेकुवा, नेपाली दाल भात सहित विभिन्न नेपाली खानाको स्वाद दिइएको थियो । नेपाली खाना बनाउन सिक्नेहरुका लागि प्रशिक्षणको ब्यवस्थासमेत गरिएको थियो ।

मेलाबाट उठेको रकम जम्मा गरेर पेरिसमा रहेका नेपाली समुदायकानिम्ति आवस्यक नेपाली मौलिकता झल्किने एक घर निर्माण गर्ने लक्ष्य यस एसोसिएनको छ ।

(तस्विरहरु : कविन्द्र कायस्थ, राजेश खतिवडा र निर्मल अर्याल)

तपाइँको प्रतिक्रिया

फेसबुक