बिहीबार, चैत १५, २०८०

मिरुना मगरको साहसी कदम

नेपालप्लस सम्वाददाता / काठमाडौं२०७९ जेठ २४ गते २:२४

Photo Credit-picnp.blogspot

सात वर्ष अघि भारतको राजाधानी दिल्ली शहरमा एउटा जोडदार घटना भयो । यात्रुले खचाखच भरिएको एउटा सार्वजनिक बसमा यात्रा गर्ने क्रममा एउटी युवतिले आफूसँगै उभिएका एक युवकलाई दुई थप्पड जोडले हिर्काइन । उनले थप्पड मात्र हानिनन्, त्यो युवकलाई सार्वजनिक रुपमा भुत्ल्याइन । केही वर्ष अघि देखिनै भारतका विभिन्न शहरहरुमा बलात्कारका घटनाहरु बढीरहेका थिए । सार्वजनिक यातायातका साधनहरु महिलाहरुका लागि असुरक्षित बन्दै गइरहेका थिए ।

ति युवत्र्‍ले दिल्ली प्रहरीमा उजुरी दिंदै भनेकी थिइन- “विहानको कार्यालय समय थियो । त्यसैले पनि बसमा ठेलमठेल थियो । भिडभाड सधैं हुन्थ्यो । खचाखच बसमा महिला पुरुष सबै उभिएका थियौं । त्यो युवकले मेरो वक्षस्थलमा विस्तारै हातले छोयो । मैले बसको भिडमा ठेलमठेल हुँदा झुक्किए होला भने खासै वास्ता गरिन । तर त्यसले फेरी त्यसरी नै छोयो । फेरी पनि छोयो अनी मात्र मैले त्यसका विरुद्द प्रतिकृया जनाएँ” ।

ति युवती माथि भएको यस दुर्व्यवहारको समाचार भारतका सबै ठुला समाचार माध्यमहरुले प्रथामिकताका साथ प्रकाशन, प्रसारण गरे । त्यसपछी यस्ता खाले धेरै उजुरिहरु प्रहरिकहाँ पुगेनन । सार्वजनिक सवारी साधन भित्रै वा सार्वजनिक स्थलमै यौन हिंसाजन्य कार्य गर्ने पुरुषहरु महिलाहरुबाट कुटिए । सरकारले नयाँँ नयाँँ कानुनहरु बनाउदै र परिमार्जित गर्दै गयो ।

अहिले भारतमा सार्वजनिक सवारी साधनमा हुने यौन हिंसाका घटनामा कमी आएको त्यहाँका अधिकारकर्मीको अनुभव छ । नेपालमा यसरी सार्वजनिक साधन र सार्वजनिक स्थलहरुमा यौन हिंसाका घटना कती हुन्छन होला ? साँच्चै भन्ने हो भने यस्ता घटनाहरु गणना भन्दा बाहिर हुन सक्छन् । तर पनि सार्वजनिक हुँदैनन ।

महिलाहरुका सामाजिक रुपमा आफ्नै वाध्यता छन । कानुनहरु बनेर मात्र महिलाहरु सुरक्षित हुन्छन भन्ने हाम्रो र हाम्रा सरकारहरुले पालेको भयानक भ्रम हो । कानुन आफ्नो ठाउँमा ठीक होला । तर महिलाहरु आत्मनिर्भर नहुन्जेल यस्ता यौन हिंसाका घटनाहरु सार्वजनिक हुँदैनन ।

एक साता अघी आफैंले अभिनय गरेको फिल्म कवड्डी-४ हेर्न सुन्धाराको सिभिल मल हेर्न पुगेकी नायिका मिरुना मगर माथि दुर्ब्यावहार भयो । फिल्म हेरेर निस्कने क्रममा फुर्वा लामा नामका एक दर्शकले गलत तरिकाले छोएको भन्दै उनले दुई थप्पड हानेर माफी मगाइन् । मिरुनाले फुर्वा तमाङलाई थप्पड हानेको भिडियो सामाजिक सन्जालहरुमा भाईरल बनेको छ । क्रिया प्रतिकृयाको ओ ईरो लागेको छ । भिडियोमा बौद्ध भिक्षु जस्ता देखिने ति युवकलाई नायिका मिरुना मगरले थप्पड हानेको देखिन्छ ।

मिरुनाका अनुसार ति युवकले पटक पटक पिठ्युँमा छोएका थिए । तर त्यो भिडियो कतै पनि छैन । यसको मतलव भिडियो नहुँदैमा केही भएकै थिएन भन्ने होइन । कुनै महिलाले हुँदै नभएको बिषयलाई लिएर कुनै पुरुषलाई त्यसरी सार्वजनिक स्थलमै थप्पड हान्नु चानचुने कुरा होइन । ति फिल्मी नायिका नै भए पनि त्यो हिम्मत जुट्नलाई ठुलै बल चाहिन्छ ।

घटनाको बारेमा बताउँदै मिरुनाले भनेकी छन- “हलमा धेरै नै भीड थियो । भीडमा छुने त भइहाल्छ नै । तर, त्यहाँ म फ्यानहरुसँग अगाडि फर्किएर सेल्फी खिचिरहेको थिएँ । त्यसबेला मलाई पछाडि कसैले छोएको महसुस भयो । म झस्किएँ र अलिकता अगाडि सरेँ । दोस्रो चोटी पनि यस्तै भयो । तेस्रो पटक चाहिँ मलाई कसैले ‘दुर्व्यवहार’ नै गरेको महसुस भएपछि मैले थप्पड हानेको हुँ । ती व्यक्तिलाई भिक्षुको भेषमा देखेपछि मलाई झनै रिस उठ्यो । किनकि, म पनि बुद्धिष्ट हो । हेर्दा मभन्दा उमेरले सानो लागेपछि सबैको अगाडि कराएँ पनि । त्यसबेला मैले कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको ‘दुर्व्यवहार’को प्रतिवाद गरेँ” ।

उनले अगाडि भनेकी छन- “म बाहिर निस्किएर रोएँ पनि । आफैंलाई कमजोर महसुस गरेँ । त्यो व्यक्ति हाँसीखुशी बाहिर रमाइरहेको देखेपछि मेरो चित्त बुझेन र मैले कानुनको सहायता लिनुपर्छ भन्ने लागेर प्रहरीको जिम्मा लगाएँ” ।

यो ठ्याक्कै त्यस्तै घटना हो जुन सात वर्ष अघी भारतको राजाधानी दिल्लीमा भएको थियो । दिल्लीकी ति युवती त्यसरी प्रतिकारमा नउत्रेको भए सार्वजनिक स्थलहरुमा यौनजन्य हिंसाको शिकार हुने अन्य धेरै महिलाहरुले अझै बोल्न सक्ने थिएनन । नेपालमा मिरुनाको प्रतिकार पछी अहिले सतहमा यो घटना जसरी देखिएको भए पनि यसले महिलाहरुलाई केही न केही उर्जा पक्कै दिने छ ।

कसैलाई लाग्न सक्छ, चर्चामा आएकि कलाकारले हातपात नगरेको भए हुन्थ्यो । उनले दिएको थप्पडले पुरुषलाई धेरै चोट पुग्यो । तर तिनले के भुलेका छन् भने मिरुनाले भोगेको मानसिक आहत र पिडाको मूल्य कति हो ? एक थप्पडको क्षणिक मूल्य र पिडा बढी हो कि मानसिकरुपमा नाप्नै नसकिने मनमा लुकेको अथाह पिडाको मूल्य बढी ? शरिरमा बाहिरबाट देखिने एक थप्पड भन्दा मानिसको सम्मान, आदर र जिवनभरि लुकाएर, दबाएर, आफूलाई कमजोर ठानेर आजन्म हिंडिरहनुपर्ने मानसिक चोट सयौं गुणा बढी हुन्छ । मिरुनाले हानेको थप्पड मात्रै देख्नेहरुले मिरुनाको आत्मामा लागेको भित्रि चोट कति गहिरो छ हेर्नु जरुरि छ ।

हाम्रो समाजमा निकै बलियो गरी गाडीएको मुख्य कुरा के हो भने महिलाहरु कमजोर छन भन्ने मानशिकता । र यही मानशिकताले महिलाहरु विरुद्द हुने हिंसाहरु तिब्र रुपमा बढीरहेका छन । तर समाजले के थाहा पाउन जरुरी छ भने महिलाहरु कमजोर होइनन्, सहनशिल छन । समाजले यसैको गलत फाईदा उठाएको छ । यसका विरुद्दमा कसैले न कसैले जरुर प्रतिकार गर्नु पर्दथ्यो । मिरुनाले गरिन । यसले अब हुर्किदै गरेका वालिकाहरुमा शक्ती संचार गर्ने छ ।

फुर्वा तमाङका गालामा परेका दुई थप्पडले धेरै कुरा भन्छ- यौन हिंसा कहाँँ सम्म छ ! फुर्वा तमाङहरु कुनै जात, धर्म र समुदायका ब्यक्तिहरु हुनै सक्दैनन । विभिन्न आवरणमा बस्ने परपिडक मात्र हुन् । देखिएको र नदेखिएका सबै दृष्‍य कहिं न कहिं पक्कै हुन्छन । देखिएको कुरालाई मात्र सत्य मान्य हो भने हामीले आजै देखी भगवान मान्न छोडे हुन्छ । नत्र मिरुना मगरले जे गरिन् त्यो साहसि कदम हो । उनको यो कदम एकछिनको आवेश मात्र नभएर भविष्यका वालिकाहरुलाई डोर्‍याउने गतिलो अभियान पनि हो ।

तपाइँको प्रतिक्रिया