शुक्रबार, वैशाख १४, २०८१

भारतमा “बलात्कार प्रोत्साहन” गर्ने बडी स्प्रेको विज्ञापन हटाउन आदेश

आइएनएस संवाददाता२०७९ जेठ २४ गते ३:३६

बडी स्प्रे ब्रान्ड ‘लेयर’को ‘सट’ परफ्युमको विज्ञापनसँग सम्बन्धित दुई भिडियोका बारेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ठूलो वर्गले आपत्ति जनाउँदै उक्त विज्ञापनले महिलामाथि हुने यौन हिंसालाई बढावा दिएको आरोप लगाएका छन्। दिल्ली महिला आयोगसँगै कलाकार फरहान अख्तर, ऋचा चड्ढा र स्वरा भास्कर जस्ता कलाकारहरूले यी विज्ञापनहरूमा आपत्ति जनाएका थिए।

भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले शनिबार ट्विटर र यूट्यूबलाई आफ्नो सम्बन्धित सोशल मिडिया प्लेटफर्मबाट बडी स्प्रे ब्रान्डको विज्ञापनको भिडियोहरू हटाउन आदेश दिएको छ जसले “सामूहिक बलात्कारलाई प्रवर्द्धन गर्ने संस्कृति” लाई बढावा दिएको छ।

ट्विटर र युट्युबमा पठाइएको पत्रमा मन्त्रालयले भिडियोहरू “शालीनता र नैतिकताको हितमा महिलाहरूको चित्रणको लागि हानिकारक” र सूचना प्रविधि (मध्यस्थ दिशानिर्देशहरू र डिजिटल मिडिया आचार संहिता) को उल्लङ्घन गरेको बताएको छ।

बडी स्प्रे ब्रान्ड लेयर (LAYER’R) द्वारा ‘सट (Shot) ‘ परफ्युमको विज्ञापनसँग सम्बन्धित दुई भिडियोहरूले सोशल मिडिया प्रयोगकर्ताहरूको ठूलो वर्गले ​​आपत्ति जनाएका थिए। उनीहरूले उक्त विज्ञापनले महिलामाथि हुने यौन हिंसालाई बढावा दिएको आरोप लगाएका छन्।

केन्द्रीय सूचना र प्रसारण मन्त्रालयका एक आधिकारिक प्रवक्ताले भनेका छन्, “बडी स्प्रे ब्रान्डको अनुपयुक्त र अपमानजनक विज्ञापन सोशल मिडियामा प्रसारित भइरहेको कुरा सूचना र प्रसारण मन्त्रालयालाई बोध भएको छ। मन्त्रालयले ट्वीटर र युट्युबलाई यस विज्ञापनसँग सम्बन्धित सबै भिडियो तुरुन्त हटाउन भनेको छ।

कलाकार फरहान अख्तरले भनेका छन् “यस्ता दुर्गन्धित बडी स्प्रे ‘सामूहिक बलात्कार’ को विज्ञापन सोच्न, स्वीकृत गर्न र बनाउन अविश्वसनीय रूपमा बेस्वाद र विकृत दिमाग चाहिन्छ !! लाजमर्दो।’

ट्विटर र यूट्यूबमा पठाइएको पत्रमा, मन्त्रालयले भनेको छ कि भारतको विज्ञापन मापदण्ड परिषद् (एएससीआई) ले पनि भिडियो आफ्नो दिशानिर्देशहरू विरुद्ध भएको फेला पारेको छ। मन्त्रालयका अनुसार एएससीआईले विज्ञापनदातालाई तत्काल विज्ञापन फिर्ता लिन निर्देशन दिएको छ।

भारतको विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन मापदण्ड परिषद्ले लेयर सटको विवादास्पद विज्ञापनहरूलाई निलम्बन गरेको छ, यो विज्ञापनले यसको नीतिहरूको “सम्भावित रूपमा गम्भीर उल्लङ्घन” भएको बताएको छ।

यसबीचमा दिल्ली महिला आयोगले केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेर मिडियामा चलिरहेको महिला विरोधी विज्ञापन हटाउन माग गरेको छ। आयोगका अनुसार विज्ञापनले “सामूहिक बलात्कारको संस्कृतिलाई बढावा दिन्छ” र यस विषयमा दिल्ली पुलिसलाई नोटिस पनि जारी गरेको छ।

आपत्तिजनक विज्ञापनको वर्णन गर्दै पत्रमा भनिएको छ, “दिल्ली महिला आयोगले एक परफ्युम ब्रान्डको महिला विरोधी विज्ञापन प्राप्त गरेको छ।”

आयोगले भनेको छ, “विज्ञापनले एक केटा र केटीलाई देखाउँदछ, स्पष्ट रूपमा एक जोडी र ओछ्यानमा बसिरहेका छन्, जब थप चार जना केटाहरू कोठामा प्रवेश गर्छन्।” एउटा केटाले सोध्यो, ‘सट हानिस् !’, ओछ्यानमा बसेको केटाले ‘अ हाने नि’ भन्छ। त्यसपछि पहिलो केटाले ‘अब हाम्रो पालो’ भन्छ र केटी तिर जान्छ। घटनाको श्रृंखलाबाट केटी स्तब्ध र असहज देखिन्छ। त्यसपछि केटाले ‘सट’ नामक बडी स्प्रेको बोतल उठाउँछ। र केटीले राहत महसुस गर्छ।

आयोगका अनुसार ‘यो विज्ञापनले महिला तथा बालिकामाथि हुने यौन हिंसालाई प्रस्ट पारेको छ र पुरुषमा बलात्कारी मानसिकतालाई प्रोत्साहन गरेको छ। “विज्ञापन शर्मनाक छ र मिडियामा चलाउन दिनु हुँदैन,” आयोगले लेख्यो।

मन्त्री ठाकुरलाई लेखेको पत्रमा, आयोगकी अध्यक्ष स्वाती मालीवालले विज्ञापनमा प्रतिबन्ध लगाउन मन्त्रालयलाई तुरुन्त कारबाही गर्न माग गरिएको छ।

कलाकारद्वारा आलोचना

हिन्दी फिल्मका अभिनेता फरहान अख्तर, ऋचा चड्ढा र स्वरा भास्करले विज्ञापन मार्फत “सामूहिक बलात्कार संस्कृति” लाई बढावा दिएकोमा बडी स्प्रे ब्रान्ड लेयरको आलोचना गरेका छन्।

बडी स्प्रे ब्रान्ड लेयर्ड शटका लागि दुई विज्ञापनहरूले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ठूलो वर्गलाई आक्रोशित बनाएका छन् जसले दाबी गरे कि सम्बन्धित विज्ञापनहरूले महिला विरुद्ध यौन हिंसालाई बढावा दिन्छ।

अख्तरले ट्वीटरमा भनेका छन्, ‘बेस्वाद’ विज्ञापनसँग सम्बन्धित मानिसहरूलाई लाज लाग्नुपर्छ।

फरहान अख्तरले भनेका छन् “यस्ता दुर्गन्धित बडी स्प्रे ‘सामूहिक बलात्कार’ को विज्ञापन सोच्न, स्वीकृत गर्न र बनाउन अविश्वसनीय रूपमा बेस्वाद र विकृत दिमाग चाहिन्छ !! लाजमर्दो।’

सोही क्रममा ऋचा चड्ढाले विज्ञापन ल्याउने ब्रान्ड र एजेन्सी दुवैलाई “उनीहरूले पस्किएको फोहोरका लागि” कारबाही हुनुपर्ने बताएकी छन्।

चड्ढाले भनेकी छन्, ‘यो विज्ञापन दुर्घटना होइन। विज्ञापन सिर्जना गर्न, एक ब्रान्ड निर्णय लिने धेरै चरणहरूमा पार गर्नु पर्छ। क्रिएटिभ, स्क्रिप्ट, एजेन्सी, क्लाइन्ट, कास्टिङ… के सबैले बलात्कारलाई मजाक ठान्छन्?’

यस क्रममा, हैदरावादको सामूहिक बलात्कार प्रकरणलाई उल्लेख गर्दै स्वरा भास्करले कस्तो घृणित विज्ञापन बनाएको भनेर टिप्पणी गरेकी छन्। गायिका सोना मोहत्राले विज्ञापनको आलोचना गर्दै लेखिकी छन्, ‘विषय– सामूहिक बलात्कार। मैले यसलाई यहाँ मेरो ट्विटर टाइमलाइनमा देखेँ र तिनीहरूलाई थप प्रचार दिनु निकृष्ट काम हो।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक