शुक्रबार, वैशाख १४, २०८१

कर्मचारी अभावका कारण स्विस एयरद्वारा उडानहरू रद्द, ३० हजार यात्रु प्रभावित हुने

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ जेठ २६ गते १६:४०

स्विस ध्वजाबाहक कम्पनी स्विस एयरले कर्मचारी अभावका कारण आगामी केहि महिना युरोपमा केहि उडानहरु रद्द गर्ने योजना बनाएको छ ।

स्विस इन्टरनेशनल एयरलाइन्सले छिमेकी जर्मनी र पोल्याण्डका साथै बेलायत र अ मेरिकाको लस एन्जलसका गन्तव्यहरूमा निर्धारित उडानहरूको लगभग दुई प्रतिशत प्रभावित हुने बताएको छ ।

किस्टोन-एसडीए समाचार एजेन्सीले स्विस प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार “युरोप र स्विसमा एयर कन्ट्रोल सेन्टर, ग्राउन्ड र एयरपोर्ट सेवाहरूमा अवरोधहरू भएकाले उडानहरु रद्द गर्नुपरेको हो ।

यो गर्मी महिनाहरूमा अष्ट्रियाको भियनाका उडानहरू जर्मन कम्पनी लुफ्थान्सा समूहको भगिनी कम्पनी, अस्ट्रियन एयरलाइन्सद्वारा सञ्चालन हुनेछन् ।

स्विस ईन्फोका अनुसार उडानहरु रद्द गर्दा करिब १० हजार यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । लगभग २० हजार अन्य यात्रुलाई अन्य विकल्पहरू प्रस्ताव गरिनेछ ।

कर्मचारी अभावका कारण उडानहरु रद्द गरेको घोषणा स्विस एयरले दुई महिनामा दोस्रो पटक हो ।

गत सालपनि स्विस एयारले यसैगरि ७८० वटा उडानहरु रद्द गर्नुपर्ने जनाएको थियो । तर पछि ५५० उडानहरु रद्द गरेको उल्लेख गरेको थियो ।

तपाइँको प्रतिक्रिया