बिहीबार, वैशाख १३, २०८१

एनआरएनए जिम्मेवारीबाट बाहिरिन खोज्दै पूर्व अध्यक्ष लामिछाने

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ जेठ २७ गते ९:२७

गैर आवासीय नेपाली संघ (एनआरएनए) मा अहिले भित्र भित्रै एक खाले सन्सनि मच्चिएको छ । मच्चाईएको छ, अब जीवा लामिछाने एनआरएनएबाट पुरै बाहिर बस्ने । लामिछानेले अब एनआरएनए चटक्कै छाड्ने रे । यो हल्लामा केहि मानिस रमाएका छन् । केहिलाई पिरलो छ, जीवा लामिछानेले छोडेपछि झन खत्तम हुन्छ । तर जीवा लामिछानेले भने यो सन्सनीबारे मेसो नपाएझैं गरेका छन् । किनभने यसका बारेमा न कसैले विश्वाशयोग तरिकाले लेखेको छ न जीवा आफैंले मुख खोलेका छन् ।

एनआरएनएको संस्थापक मध्येका एक हुन्, जीवा लामिछाने । उनी अध्यक्ष हुने बेलासम्म ठिक थियो एनआरएनए भन्नेहरु निकै छन् । उनको लेखन, साहित्यिक रुची, सफल ब्यवशायी र एनआरएनए र प्रवाशी नेपालीको समग्र भूगोलमै सायद सबैभन्दा चर्चित ब्यक्ति जीवानै हुन् । त्यसैले एनआरएनएमा जीवा लामिछाने रहँदा भन्दा छोड्दा धेरैमा संशय उत्पन्न हुन्छ । अहिले भएकोपनि त्यहिनै हो ।

के जीवा लामिछाने साँच्चिकै एनआरएनए छोड्ने मनशायमा छन् ? एनआरएनएबाट आफू मात्रै होइन सबै पूर्व अध्यक्षहरु बाहिरिनुपर्ने तर्क लामिछानेले यस अघिनै गरेका थिए । यसलाई सायद धेरैले गम्भिरताका साथ लिएनन् । एनआरएनएको दशौं महाधिवेशनलाई संवोधन गर्ने क्रममै उनी पूर्व अध्यक्षहरु संस्थामा सक्रिय हुनुहुन्न भन्ने पक्षमा देखिएका थिए ।

आफ्नो संवोधनका क्रममा उनले भनेका थिए- यस पटक पनि फेरि नेतृत्व चयन कै विवादले एउटा दुःखद परिस्थितिको सृजना भयो । विवाद समाधानका लागि पूर्व अध्यक्षहरू संलग्न उच्चस्तरीय समिति बनेको थियो । आम अपेक्षा विपरित त्यो समिति असफल त भयो नै हाम्रै बीचमा पनि धेरै समस्या रहेको देखियो । एक पूर्व अध्यक्षका नाताले म यसमा आत्मालोचना गर्छु र संलग्न सबैलाई त्यसै गर्न अनुरोध गर्छु । हामीले विधान परिवर्तन गरेर पूर्व अध्यक्षहरूको भूमिकालाई सीमित र नियन्त्रित गर्न आवश्यक छ भन्ने निष्कर्षमा म पुगेको छु । र नयाँ कार्यसमितिलाई त्यसै गर्न आग्रह गर्छु ।’

संवन्धित : विश्वव्यापी भौगोलिक र संख्यात्मक विस्तारका बावजूद एनआरएनएको साख गिर्नु दुर्भाग्यपूर्ण

यसको सोझो अर्थ, उनले अबदेखि हामी पूर्व अध्यक्षहरु यो संस्थामा सक्रिय भूमिकामा रहनुहुन्न, म चाहिं रहन्न भन्ने थियो ।

जीवा लामिछानेले अबदेखि एनआरएनए पूर्णरुपमा छोड्ने भन्ने चर्चाका बारेमा नेपालप्लसले लामिछानेसित सिधै सम्पर्क गरेर बुझ्न खोजेको थियो । उनले हामीसितको छोटो संवादमा त्यसलाई लगभग पुष्टी गर्नेगरि जवाफ दिए ।

कमजोरी नभएको मानिस त सायदै कोहि होला । त्यसैले एनआरएनएका हरेक अभियन्ता, संस्थापकहरुमापनि कमजोरी त पक्कै छन् । आफ्नो आफ्नो समुह नहुनेपनि सायद कोहि छैन । त्यस्तो समुह बन्दा आफ्नो समुहको चाख, चासो र हितलाई अलि बढी महत्व त जसलेपनि दिन्छ ।

‘मान्छेमा सबैको सानोतिनो तिनो ग्रुप हुने रहेछ । त्यसैले हामी पूर्व अध्यक्षहरु निरपेक्ष बसिदिने हो भने राम्रो हुन्थ्यो होला भन्ने लागेर, हाम्रो कमजोरीको महसुस गरेरै मैले महाधिवेशनमा पूर्व अध्यक्षहरु सक्रिय बन्नुहुन्न भन्ने मनशाय ब्यक्त गरेको थिएँ’ लामिछानेले नेपालप्लससित भने ।

गैर आवासीय नेपाली संघको महाधिवेशन भएपछि एक हप्ता भित्रै लामिछानेले आफूलाई कुनैपनि महत्वपूर्ण जिम्मेवारीमा नराख्न आग्रह गरेका थिए । उक्त मौखिक आग्रहलाई नयाँ समितिले नटेर्ला र कतै न कतै राखिदेलान् भन्ने सोचेर उनले लिखित आग्रहसमेत पठाएको लामिछानेले बताए ।

‘म कुनैपनि पदमा बस्दिन । मलाई कुनै पदमा प्रस्ताव नगर्नुहोला र मैले नाई भन्नुपर्दा नराम्रो होला भनेर लिखित जानकारि गराएको हुँ’ उनले थपे ।

करिब दुई दशक एनआरएनएको कुनै न कुनै भूमिकामा सक्रिय भएपछि उनलाई अब बाहिर बस्नुपर्छ भन्ने लागेको हो । उनले एनआरएनएको सक्रियताबाट बाहिरै बसेर संस्था हेर्न चाहेको उल्लेख गरे । एनआरएनएका तीन जना अध्यक्ष भएपछि महाधिवेशन भएको हप्तादिन भित्रैमा उनले तीनै जना अध्यक्षलाई यो जानकारि गराएका थिए । मौखिक जानकारीलाई विश्वाश नगर्लान् कि भनेर उनले लिखित दिएका थिए ।

‘अध्यक्षहरु निरपेक्ष बस्ने र निर्वाचितहरुलाई छोडिदिए राम्रोसित काम गर्लान् कि भनेर मेरो भित्रि मनदेखिनै आएको कुरा जनाएको हुँ, म त्यहि चाहन्छु’ उनले खुलाए ।

त्यति मात्रै होइन, एनआरएनएका नेत्रित्वकर्ताहरुसित फोन सम्पर्क हुँदा सानासाना विषयपनि सोध्छन् । त्यसरि सुझाव माग्दा उनले भन्ने गरेका छन्, ‘साना साना विषय, समस्याहरु सोध्ने, सुझाव माग्ने भन्दा आफैंले सल्टाउने गर्नुस् ।’

उनले आफूलाई पदिय मर्दामा नराख्न आग्रह गरेपनि बाहिर बसेर एनआरएनएको अभियानलाई सहयोग गर्ने बचन भने दिएका छन् ।

उसो भए एनआरएनए फाउण्डेशनको नेत्रित्व गरिरहेका जीवा लामिछाने के त्यसबाटपनि बाहिरिन्छन् ?

उनको भनाईमा एनआरएनए फाउण्डेशनपनि एनआरएनकै एउटा भाग हो । त्यसैले यसबाटपनि उनले बाहिरिन चाहेका छन् । अर्थात् एनआरएनएको कुनैपनि जिम्मेवारीमा नबस्ने । तर उनको यो चाहना तत्कालकलागि पुरा भएन । त्यो नेत्रित्वकर्ताको चाहनाले हो ।

‘यो फाउण्डेशन भर्खरै बनेको छ । यसलाई स्थापित गराउनुपर्ने छ । तपाईले चटक्कै छोड्दा सन्देश राम्रो जान्न । त्यसैले केहि समयभएपनि बसिदिनुस् भनेकाले अस्विकार गर्न गाह्रो भयो’ जीवा लामिछानेले भने ‘तर केहि महिना म हेरिदिन्छु र त्यसपछि यसबाटपनि बाहिरिन्छु भनेको छु ।”

तपाइँको प्रतिक्रिया