शुक्रबार, वैशाख १४, २०८१

कामदारको अभावले बेलायतका किसान बाली फ्याँक्न बाध्य

नेपालप्लस संवाददाता / बेलायत२०७९ जेठ २८ गते १४:२९

श्रमिकको अभावका कारण बेलायतका किसानहरु भित्र्याउने बेलाको बाली फ्याँक्न बाध्य भएका छन् । कामदारको माग पुरा गर्न किसानहरुलाई स्वतन्त्रतापूर्वक बेलायत आवतजावतमा सहज बनाइदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

कसै-कसैले भित्र्याउने बेलाको बानीनाली खेर जान नदिन काजखस्थानबाट कामदारहरु भर्ति गरेका छन् । बेलायतमा खेतिमा काम गर्ने किसानहरु पाउन मुस्किल छ । बाली खेर जान नदिने भनेर कजाकस्तानजस्तै टाढाबाट मानिसहरू भर्ना गर्नुपरेको बताउँछन्।

खासगरि पाकेको फलफूल टिप्ने कामदार नपाएर उनीहरु मारमा परेका छन् ।

एलजे बेट्स लिमिटेडका कृषि निर्देशक निकोलस ओटली फ्रंस २४ न्युजलाई भन्छन् “हामीले यस वर्षको बालीको लगभग ३० प्रतिशत मिल्कायौं । हाम्रोमा मात्रै यो लगभग १५० टन बराबर छ ।”

केन्टमा रहेको किसानहरूको खेतबारीबाट पूर्वी युरोपेली देशका कामदारहरुले खेती उठाइदिने गरेका थिए । तर अहिले ति क्षेत्रका किसानहरु बेलायत नफर्केकाले बाली उठाउन नपाएका हुन् ।

पूर्वी युरोपेली मुलुकका कामदार बेलायत नफर्किएको र बेलायतमा खेतामा काम गर्ने मजदूर नपाउँदा किसानहरुले मानिसहरू खोज्न उजबेकिस्तान, काजाकिस्तान र ताजिकिस्तान जस्ता देशहरूमा पुग्नुपरेको छ ।

बेलायतीका लागि रोजगारी ?

ओटलीका अनुसार पूर्व ईयूका कामदारहरूले छोडेका रिक्त पदहरू भर्ने बेलायती कामदारहरूको संख्या बढाउने सरकारी प्रस्ताव असफल भएको छ । बेलायत सरकारले बेलायत ईयुबाट बाहिरिएपछि आप्रवाशीहरुको भिसामा कडाई गर्‍यो । भिसा नियन्त्रण गरेपछि अन्य देशबाट बेलायत काम गर्न अ औनेहौर्कोलागि पनि बाधा पुग्यो र खेतीका कामदार पाउन मुस्किल भएको हो ।

“ब्रिटिश मानिसहरूलाई खेतीमा भित्र्याउने प्रयास गर्ने भन्दै सरकारले मन्त्र जपेको थियो । हामीले त्यो कडा प्रयास गर्यौं । जानेर होइन कि त्यसै भनिएको थियो । यो भइरहेको छैन” ओटली भन्छन् “हामी चार वर्षदेखि मैडस्टोन रोजगार केन्द्रसँग संझौतामा रहेका छौं । तर यसबाट हामीलाई एक जना कामदारपनि उपलब्ध हुनसकेको छैन ।”

छोटो अवधिको भिसा

वेस्ट सुसेक्स देशको सबैभन्दा ठूलो तरकारी उत्पादकहरू मध्ये एक हो । बोटलीको बारफुट्सले कामदार नपाएर युद्धको सामना गरेको छ ।

“यस वर्ष श्रमिक खोज्न असाधारण रूपमा गाह्रो भएको छ । मौसमी कामदारहरूको रुपमा आउने मानिसहरूमा ढिलाइ भएको छ” बोटली जुलियन मार्क्सको बारफुट्स समूहका प्रबन्ध निर्देशक भन्छन् ।

मौसमी कामदारको कार्यक्रम घोषणा गरेकोले खेतीमा काम गर्नेहरुका लागि छोटो अवधिको भिसा प्रदान गर्दछ । बेलायतका किसानहरुलाई यो वर्ष ३० हजार आप्रवासीहरू देशमा काम गर्न आमन्त्रित गर्ने अवसर दियो । यदि आवश्यक भएमा अर्को १० हजार ल्याउन सकिने बिकल्प दिईएको छ ।

“कसैलाई भर्ती गर्न, तिनीहरूको सबै कागजी कार्यहरू क्रमबद्ध गर्न र त्यसपछि तिनीहरूलाई बेलायतमा सार्न कम्तिमा तीन हप्ता लाग्छ । तर बालीले कसैलाई पर्खदैन” मार्क्स फ्रंस २४ न्युजलाई बताउँछन्।

बाली हुर्कँदै जान्छ । ति बढेर एक निस्चित अवधीमा पुगेपछि बजारमा लग्न नसकिने अवस्थामा पुग्छन् । त्यसपछि फ्याँक्नुपर्छ ।

बेलायत सरकारले कृषि उद्योगले श्रमिक चुनौतीहरूको सामना गरिरहेको स्वीकार त गरेको छ । तर समस्या समाधान गर्न भने सकेको छैन । यो समस्या समाधान गर्न भन्दै सरकारले मौसमी कामदारहरूको भिसा रुट २०२४ को अन्त्यसम्म विस्तार गरेको छ। घरेलु कामदारहरूलाई पनि यस क्षेत्रमा आकर्षित गर्ने दिशामा काम गरिरहेको छ । तर बेलायतीहरुमा खेतीमा काम गर्ने रुची भने देखिएको छैन । ति आकर्षित भएका छैनन् ।

तपाइँको प्रतिक्रिया