आइतबार, असोज ९, २०७९

फ्रान्समा विधायिका निर्वाचन, २०१७ मा भन्दा मतदाता घटे

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ ३० गते २३:१८

आइतवार फ्रान्समा भएको विधायिका निर्वाचनमा सन् २०१७ को तुलनामा मतदाताको संख्या झन घटेको छ ।

फ्रान्सेली विधायी चुनावमा जम्मा ३९ दशमलव ४२ प्रतिशतले मतदान गरेका छन् । यो भनेको सन् २०१७ को तुलनामा कम हो । यसले जनता मतदान, हालको राजनितिप्रति सन्तुस्ट नभएको औंल्याएको छ ।

अप्रिलको राष्ट्रपतीय निर्वाचनको तातोमा फ्रान्सका मतदाताहरू तल्लो सदन तल्लो सदनको ५७७ सीटहरू भर्नको लागि मतदानमा गएका हुन् । पेरिस समय अनुसार आइतवार बेलुका ८ बजे समाप्त हुने विधायीका चुनावको पहिलो चरणमा मतदान गर्न करिब चार करोड ८७ लाख मतदाता दर्ता भएका थिए । दोस्रो राउन्ड एक हप्ता पछि जुन १९ मा हुने छ ।

सन् २०१७ मा फ्रान्सको अन्तिम विधायिका चुनावमा अनुपस्थिति दर ५१ दशमलव ३ प्रतिशतमा पुगेको थियो । फ्रान्सेली संसदीय चुनावको पहिलो चरणको लागि यो रेकर्ड हो ।

पर्यवेक्षकहरूले यो पटक रेकर्ड तोड्न सक्ने बताएका छन् । स्टकहोममा रहेको इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्सको तथ्याङ्क अनुसार फ्रान्सका मतदाता युरोपेली संघका केही संसदीय चुनावमा यति कम मतदानको स्तरमा डुबेका छन् कि यो भन्दा तल मतदान गर्ने केवल क्रोएसिया, लिथुआनिया, पोल्याण्ड, पोर्चुगल र रोमानियामा मात्रै देखिएको छ ।

परिक्षणमा ६,२९३ उम्मेदवार

यो पहिलो चरणमा देशका विभिन्न जिल्लाबाट ५७७ व्यक्तिगत दौडमा कुल ६ हजार २९३ उम्मेदवार छन् ।

प्रधानमन्त्री एलिजाबेथ बोर्नदेखि वामपन्थी बेकर स्टेफेन राभाक्लीसम्मका उम्मेदवारहरूले आफ्नो पहिलो चुनावी लडाइँ लडेका छन् । धेरै राजनीतिक दिग्गजहरूले आफ्नो परीक्षण गरेका छन्। ल मोंद दैनिक अखबारको गणना अनुसार दौडने मध्ये १,७३४ ले पहिले नै स्थानीय, राष्ट्रिय वा युरोपेली स्तरमा अर्को निर्वाचित कार्यालय राखेका छन् । वा ति अन्य कुनै पदमा छन् ।

वास्तवमा, ती मध्ये लगभग ६८० उम्मेदवारहरूले राष्ट्रिय सभाको सिट जित्ने कि हार्ने चुनावको रातमा निर्णय हुने छ । फ्रान्सेली कानूनले तल्लो सदनका सांसदहरूलाई युरोपेली संसदमा मेयरशिप, सिनेट सिट वा जनादेश जस्ता निश्चित प्रकारका अन्य निर्वाचित कार्यालयहरू खडा गर्न निषेध गर्दछ ।

फ्रान्सेली विधायी चुनावको पहिलो चरणमा उम्मेद्वारले प्रत्यक्ष रूपमा चुनाव जित्न सक्छ । तर यो सजिलो छैन । त्यसरि पहिलो चरणबाटै जित्न ५० प्रतिशत भन्दा बढी मत र दर्ता भएका मतदाताहरूको न्यूनतम २५ प्रतिशतबाट समर्थन चाहिन्छ ।

सन् २०१७ मा एउटै राउन्ड (पहिलो चरण) मा केवल चार उम्मेद्वारहरूले चुनाव जितेका थिए । अन्यथा, दर्ता बहेक अमतदाताहरूको कम्तिमा १२ दशमलव ५ प्रतिशतको समर्थन जित्ने कुनै पनि उम्मेद्वारले रनअफमा अगाडि बढ्न सक्छ । अर्थात् दोस्रो चरणको लागि दुई, तीन वा दोस्रो चरणमा जान चाहिने मत ल्याउने बढी आशावादीहरू प्रतिस्पर्धा गर्न सक्छन्।

पूर्ण बहुमतका लागि २८९ सिट

यो चुनावबाट चुनिएर स्थानिय तहमा शासन गर्ने संख्या भनेको २८९ हो । शाब्दिक रूपमा त्यो भनेको ५७७ सिटको राष्ट्रिय सभामा पूर्ण बहुमत प्राप्त गर्न आवश्यक सिटहरूको संख्या हो ।

आफ्नो नीति र एजेन्डालाई अगाडि बढाउन निरपेक्ष बहुमत प्राप्त गर्ने गरि राष्ट्रपती एमानुयल माख्रोंले रणनिति बनाएका गरेका थिए । त्यसलाई खारेज गर्न उत्सुक थिए, वामपन्थी नेता जँ लुक मेलँशों । अप्रिलमा राष्ट्रपति निर्वाचनको फाइनलमा पताजित भएपछि आफ्नो ‘नुप्स’ गठबन्धनलाई बहुमत दिन मतदाताहरूलाई लबिङ गर्दै दुई महिना बिताए उनले । वा कम्तिमा अप्रत्यक्ष रूपमा मेलँशोंलाई प्रधानमन्त्री चयन गर्नुपर्ने आन्तरिक चाख र लबिङ गरिएको थियो । तर वामपन्थीका लागि २८९ सिटहरूमा बहुमत ल्याउने कुरो सहज होइन । उता माख्रोंको गठबन्धनले नयाँ पूर्ण बहुमत ल्याउन सक्छ कि सक्दैन भन्ने एउटा ठूलो प्रश्न चिन्ह अझै छ ।

माख्रोंको रिपब्लिक अन द मूभ (एलआरईएम) पार्टीले सन् २०१७ मा आफ्नै बलबुतामा ३०६ सीटहरू जितेको थियो । त्यो सबै गरेर हो । प्राध्यापक फ्रँस्वा बेरुले स्थापना गरेको केन्द्रवादी वा मध्यमार्गी पार्टी मोडेम माख्रोंको सहयोगि थियो । त्यसले थप ४२ सिटहरू ल्यायो । त्यो चम्किलो प्रदर्शनको पुनरावृत्ति यस पटक होला कि नहोला भन्ने ठूलो प्रश्न माख्रोंका सामुन्ने खडा छ । यदि यो गठबन्धको सबै जोडेर २८९ भन्दा कम भयो भने रेपब्लिकनले लाभ उठाउन सक्छ, जसले संकटग्रस्त कन्जरभेटिभ पार्टीलाई अर्को विधायिका मार्फत किंगमेकर भूमिकामा ल्याइदिन सक्छ ।

हट सिटमा १५ मन्त्री

माख्रों पुन: निर्वाचित भएपछि मात्र गत महिना नियुक्त गरिएका २८ मध्ये आधा भन्दा बढी पन्ध्र क्याबिनेट मन्त्रीहरूले यो निर्वाचनमा भाग लिएका छन् । यो चुनावमा जितेमा सरकारमा आफ्नो निरन्तरता राख्ने छन्। महाधिवेशनले निर्वाचित पदमा उम्मेदवारी दिने र हार्ने वर्तमान मन्त्रीले सरकारमा आफ्नो भूमिकाबाट राजीनामा दिनुपर्ने प्रावधान छ । यस चुनावमा उभिएका अधिकांश मन्त्रीहरू मध्ये प्रधानमन्त्री बोर्न पनि छिन् । उनी काल्भाडोस क्षेत्रबाट उम्मेदवार बनेकि छन् । केहिले माख्रों समर्थित सुरक्षित र धेरै समर्थक भएका निर्वाचन क्षेत्रहरूमा प्रचार गरिरहेका छन् ।

१५, ५८, ६० र १८५ को खेल

पूर्ण बहुमतको लागि आवश्यक पर्ने २८९ सीट हो । त्यो जित्न छोटो र सीटको यो लक्ष्यहरू प्राप्त गर्न खोज्दा बिस्तारै उनीहरूलाई राष्ट्रिय सभामा गुटहरू बनाउनका लागि विशेषाधिकारको नयाँ क्षेत्रहरू खोल्छ ।

१५ सिट जित्दा एउटा पार्टी (वा समान विचारधाराका सांसदहरूको कुनै समूह) संसदीय समूह बनाउन योग्य हुन्छ जुन चेम्बरमा वास्तविक प्रभाव ल्याउनको लागि आधारभूत शर्त हो ।

संसदीय दलका समुहहरुलाई आफ्नो संसदीय दलका मन्त्रीहरूलाई संसदमा सोधपुछ गर्न बढी समय दिइएको छ । खर्चहरू ब्यहोर्न र कर्मचारीहरू भर्ती गर्नका साथै संसदीय कार्यालयहरु र सम्मेलन कोठाहरू आयोजना गर्ने जस्ता सुविधाहरूमा राष्ट्रिय सभा कोषमा पहुँचको बाटोपनि खोल्छ।

ती आधारभूत कुराहरू बाहेक उच्च सीट ल्याउनेहरुले अन्य उपलब्ध सुविधाहरू पाउनपनि सहज हुन्छ । अविश्वासको प्रस्ताव पेश गर्न कम्तिमा ५८ जना सांसदको आवश्यकता पर्छ जसले फ्लोरमा हुने बहसलाई उत्प्रेरित गर्छ र भोट हाल्छ। कानुनलाई संवैधानिक परिषदमा पठाएर चुनौती दिने थ्रेसहोल्डकालागि ६० जना सांसद चाहिन्छ । अन्तमा, राष्ट्रव्यापी साझा-पहल गर्ने भनेर आव्हान गरिने जनमत संग्रहकालागि मुद्दा हाल्ने अनुरोध गर्न १८५ भन्दा कम डेपुटीहरू भएमा संभव हुन्न ।

(नेपालप्लससहित फ्रंस २४ र एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक