बुधबार, असार १५, २०७९

खेत घडेरी बनेपछि सबैको आँखा लागेका कोरिडोर

कृष्ण तिमल्सिना२०७९ जेठ ३१ गते १९:३५

कृष्ण तिमल्सिना

सरल भाषामा कुरा बुझ्ने हो भने उपत्यकाको सभ्यता विकाससँग जोडिएका नौ वटा नदि करिडोरको निर्माणमा भएको अवरोध घडेरीमा परिणत भएका काठमाडौँका खेतहरूसँग जोडिन्छ। खोला वर्काएर र फर्काएर बनाइएका अवैध घडेरीका मालिक तिनका राजनीतिक संरक्षकको स्वार्थसँग र सुकुमबासीका नाममा भएका अवैध कब्जासँग जोडिएको छ।

नख्खु खोला पनि उस्तै

नख्खु खोला ललितपुरको लेलेदेखि चोभारको सुन्दरीघाटसम्म बग्छ । नख्खु खोलाको काम खोलाको दायाँ बायाँ ११ किलोमिटर क्षेत्रमा चलिरहेको छ । नख्खु खोला निर्माणको सम्पूर्ण काम गर्न एक सय ४० करोड लाग्ने अनुमान गएिको छ । कालीका र अमर कन्ट्याक्टरले जिम्मा लिएको यो करिडोर क्षेत्रको काम समयमै सक्न पर्याप्त बजेटको अभाव छ ।

अर्यालका अनुसार नख्खुमा २२ किलो मिटरको संरचना बनाउनुपर्नेमा अहिले मुस्किलले ६ किलोमिटर काम भएको छ । नख्खु खोलामा शुरू भएको ढल बनाउने, सडक बनाउने, नदी नियन्त्रण गर्ने काम ३० महिनामा सम्पन्न गरीसक्नुपर्ने सम्झौता थियो । पहिलो प्याकेज अन्तर्गतको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको छ । २०२१ सालको नापी अनुसार खोलाको बहाव क्षेत्र १३ मिटर र दुबैतर्फ किनाराबाट १२/१२ मिटर करिडोरको मापदण्ड निर्धारण गरिएको छ । पहिलो प्याकेज वागमती दोभानदेखि कान्तिपुर कोलोनीसम्म ३५ सय मिटर र बाँकी २२ सय मिटरको दोस्रो प्याकेजको काम पनि आगामी वर्ष भित्र पूरा गर्ने गरी अमर कन्सट्रक्सन प्रालिले गरिरहेको समितिको भनाइ छ । यो काम गत वर्षको भदौ मै सम्पन्न हुनुपर्ने थियो ।

महँगो मनोहरा

मनोहरा करिडोरमा ५ प्रतिशत पनि काम भएको छैन । अर्यालले मनोहरा करिडोरको सबै काम सक्न अहिले कै हिसाबले पनि कम्तिमा ४ अर्ब लाग्ने बताउनुभयो । मनोहरा करिडोरमा मनोहरा पुलदेखि पेप्सीकोलाबाट सानो ठिमी जाने पुलसम्म सुकुम्वासीको समस्या पनि छ । त्यस्तै मूलपानी हुँदै पेप्सीकोलासम्मको मनोहराको दायाँबाँया नदीले धार परिवर्तन गरिसकेकाले काठमाडौं र भक्तपुरका बीचमा सीमा सम्बन्धी समस्या पनि जोडिने अवस्था छ । यही नदीको धार परिवर्तनपछि बनेको मनोहराको विशाल फाँटमा अहिले घना आवास क्षेत्र बनेको छ । बोडे र गोठाटार क्षेत्रको बगरमै सिमानाको विवाद छ । विवाद कै कारण सनसिटी हुँदै गोठाटारको बगरबाट बोडेतर्फ जोडिने बाटोमा पुल हाल्न खोज्दा धेरै पटक विवाद भएको छ । अधिकार सम्पन्न वागमती एकीकृत सभ्यता विकास समितिका इञ्जिनियर अर्यालले यो करिडोर पूरा हुन धेरै वर्ष लाग्ने बताउनुभयो ।

कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माणको सानो अंश सम्पन्न भएको छ । बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भई सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय काठमाडौंका अनुसार, यो करिडोर निर्माण शुरु भएको आठ वर्षपछि सम्पन्न भएको हो । अहिले ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन कोटेश्वर–जडीबुटी नगएर सिधै बालकुमारीबाट लोकन्थली जान थालेका छन्।

करिडोर प्रयोग बढेपछि कोटेश्वर–जडीबुटी सडकको जाम कम हुनथालेको छ । यो सडकखण्डको ठेक्का २०७२ असार ३१ मा एसएमएनएस जयबाबा–एलसिएसपिएएल जेभीले १९ करोड १६ लाख रूपैयाँमा पाएको थियो । समितिका सूचना अधिकारी अर्यालले मनोहरा करिडोर क्षेत्रमा ११ किलो मिटर सडक, ढल तथा नदी तटबन्ध निमार्ण गर्नुपर्नेमा अहिले बल्ल ४ सय मिटर तटबन्ध पर्खाल लगाउने काम भएको छ । मनोहरा करिडोरमा ५ प्रतिशत पनि काम भएको छैन । अर्यालले मनोहरा करिडोरको सबै काम सक्न अहिले कै हिसाबले पनि कम्तिमा ४ अर्ब लाग्ने बताउनुभयो । मनोहरा करिडोरमा मनोहरा पुलदेखि पेप्सीकोलाबाट सानो ठिमी जाने पुलसम्म सुकुम्वासीको समस्या पनि छ ।

 मूलपानी हुँदै पेप्सीकोलासम्मको मनोहराको दायाँबाँया नदीले धार परिवर्तन गरिसकेकाले काठमाडौं र भक्तपुरका बीचमा सीमा सम्बन्धी समस्या पनि जोडिने अवस्था छ । यही नदीको धार परिवर्तनपछि बनेको मनोहराको विशाल फाँटमा अहिले घना आवास क्षेत्र बनेको छ, बोडे र गोठाटार क्षेत्रको बगरमै सिमानाको विवाद छ । विवाद कै कारण सनसिटी हुँदै गोठाटारको बगरबाट बोडेतर्फ जोडिने बाटोमा पुल हाल्न खोज्दा धेरैपटक विवाद भएको छ ।

सबै करिडोरमा उस्तै उस्तै समस्या

अधिकार सम्पन्न वाग्मती एकीकृत सभ्यता विकास समितिका अनुसार बल्खु खोलाको दायाँबायाँ ५ किलोमिटरमा नदी नियन्त्रणको काम सकिएको छ । ढलको काम सम्पन्न भई सडक बनाउने काम समेत अन्तिम चरणमा पुगेको छ । बल्खु खोला करिडोरको कुल लम्बाइ १६ किलोमिटर छ । बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार यो करिडोरको काम सम्पन्न गर्न ५५ करोडको ठेक्का सम्झौता भए पनि भारतको नाकाबन्दी, कोरोना जस्ता कारणले काम समयमै पूरा हुन सकेन । अहिले पनि बल्खु क्षेत्रमा कतै कतै सुकुम्वासीको समस्या तथा चक्रपथको पुलमुनिको ‘अण्डरपास’ बनाउन सकिएको छैन ।

यस्तै, महादेव खोला र कर्मनासा खोलाको कटान नियन्त्रण तथा ढल र सडक निमार्णको ठेक्का सम्झौता भइसकेको छ । समितिले महादेव खोलाको लागि पहिलो वर्ष १० करोड र कर्मनासा खोलाको लागि २० करोड खर्च गरेको देखिन्छ । बागमती संरक्षण गर्ने मुख्य क्षेत्राधिकार पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमती नदीलगायत अन्य सहायक नदीमा हालसम्म ७५ किलोमिटर ढल विस्तार, ४० किलोमिटर नदी नियन्त्रण र १६ किलोमिटर करिडोर सडक निर्माण पूरा भएको छ । अवरोधका कारण ठाउँठाउँमा टुक्रा सडक बने पनि सही सदुपयोग हुन सकेको छैन ।

संवन्धित : काठमाडौंका नदी करिडोर: २८ वर्षदेखि लथालिंग, १५ अर्ब स्वाहा

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समितिले नदीको व्यवस्थापन गर्दै सफा सुन्दर र हरियाली बनाउने गुरु योजना अनुसार काम गर्न जग्गा अधिग्रहण मुख्य चुनौती बनेको जनाएको छ । उपत्यकामा घर जग्गाको मूल्य निरन्तर बढेकाले नदी करिडोर निमार्णको लागत पनि आकासिएको हो । विभिन्न आठ वटा सहायक नदी र बागमती नदीमा ढल व्यवस्थापन, नदी नियन्त्रण तथा करिडोर सडक विस्तारका लागि करिब ५० अर्ब लागत अनुमान पुग्दा जग्गा अधिग्रहणको खर्च ५ अर्ब थपिइसकेको छ । जसले उपत्यकाका नदीलाई जीवन्त बनाउने अभियानमा धक्का लागेको छ ।

बागमती सरसफाइ, ब्युटिफिकेसन, ढल व्यवस्थापन तथा करिडर निर्माणमा १५ अर्ब रूपैयाँ भन्दा बढी खर्च भइसकेको छ तर कुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण समितिसँग समेत छैन। समितिले परियोजनाको कति प्रतिशत काम सकियो भन्ने समेत एकिन नरहेको जवाफ दिएको छ ।

समितिका अनुसार बागमती नदीको उद्गमस्थल शिवपुरी बागद्वार, विष्णुमती नदीको उद्गमस्थल शिवपुरी तारेभीर, धोवीखोलाको उद्गमस्थल शिवपुरी निकुञ्ज, हनुमन्ते नदीको उद्गमस्थल महादेव पोखरी, बल्खु खोलाको उद्गमस्थल दहचोक, कोड्कु खोलाको उद्गमस्थल तिलेश्वर डाँडा, नख्खुखोलाको उद्गमस्थल भारदेउ डाँडासम्मको पुरै लम्बाइ १४५ दशमलव ९५ किलोमिटरमा नदी नियन्त्रण, ढल विस्तार र सडक करिडोर निर्माण गर्ने गुरुयोजना छ । सुरुमा चार वर्ष भित्र सक्ने दुई महत्वपूर्ण नदी करिडोरको काम समयमै नसकेको आयोजनाले पुरानो करिडोरको काम अलपत्र छाडेर मनोहरा, हनुमन्ते, कर्मनासा, इच्छुमती, नख्खु लगायतका सडक करिडोरको समेत जिम्मा लिएपछि सबै काम लथालिंग बनेको हो।

बागमती करिडोरका लागि सहरी विकास मन्त्रालयले हरेक वर्ष औसतमा साढे २ अर्ब बजेट छुट्याईरहेको छ । तर काम पूरा गर्न करिब १९ अर्ब खर्च लाग्ने योजना बनाएर बसेको समितिले विनियोजित बजेट नै खर्च गर्न सक्दैन । नदी किनारमा सुकुम्बासीका नाममा बसेकाहरूलाई हटाउने विषय जटिल बनेको र बल्खु खण्डमा सडकको ट्रयाक नै खोल्न नसकेको समितिले जनाएको छ । यो एउटै निकायले धेरै परियोजना हात हाल्ने र सबै आयोजना लम्ब्याएर लागत र कमिसन बढाउने खेलो फड्कोको नतिजा हो । नत्र ३८ किलोमिटर लामो बागमती करिडोर अन्तर्गत सुन्दरीजलदेखि चोभारसम्मको सडकखण्ड १० किलोमिटर मात्र छ । बागमतीको तल्लो क्षेत्रमा सिनामंगलदेखि थापाथली छेउमा रहेको सुकुम्बासी बस्ती नहट्दा करिब ३.५ किमि सडक अझै खुलेको छैन । १३.५ किलोमिटर सडक निर्माणाधीन छ  । सडकमा ढल र अन्य निर्माण कार्य सम्पन्न भएका पूर्वाधार भत्किसकेका छन् ।

सिनामंगल र थापाथली क्षेत्रमा करिब ७१ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । तर सुकुम्बासी बस्ती व्यवस्थापन नभएकाले करिडोर विस्तारमा अवरोध भएको समितिले जनाएको छ । सिनामंगल क्षेत्रको बागमती नदीमा पर्खाल लगाउने काम समेत सकिएको छ । तर बाटोको टुंगो छैन । पर्खाल निमार्णका क्रममा धेरैको घर भत्किएको छ । तर वर्षौदेखि नदी किनारामा बस्दै आएका सुकुम्बासी घर छाड्न तयार छैनन् । बागमती सरसफाइ, ब्युटिफिकेसन, ढल व्यवस्थापन तथा करिडर निर्माणमा १५ अर्ब रूपैयाँ भन्दा बढी खर्च भइसकेको छ । तर कुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण समितिसँग समेत छैन। समितिले परियोजनाको कति प्रतिशत काम सकियो भन्ने समेत एकिन नरहेको जवाफ दिएको छ । सुन्दरीघाट क्षेत्रमा भर्खरै ढल व्यवस्थापन र नदी नियन्त्रणको काम सकिएको छ । बल्खु सुन्दरीघाट क्षेत्रको करिडोर बन्ने अत्तोपत्तो छैन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक