शुक्रबार, वैशाख १४, २०८१

स्विस महिलाका लागि समान अधिकार र समान पारिश्रमिक माग गर्दै प्रदर्शन

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ असार १ गते ११:२५

Image credit-medium daily

स्विजरल्याण्डका महिलाहरुले समान कामका लागि समान पारिश्रमिक र समान अधिकार माग गर्दै र्पदर्शन गरेका छन् ।

स्विजरल्याण्डमा महिला र पुरुषहरूको लागि समान अधिकारको अभाव रहेको भन्दै महिलाहरुले आफ्ना मागहरु पुरा गराउनकालागि ध्यान आकर्षित गर्न एक दिने कार्यक्रम गरेका हुन् ।

महिलाहरुले पुरुष सरह काम गर्दापनि पुरुषलाई भन्दा महिलालाई कम पारिश्रमिक दिने गरेको र महिलालाई अधिकारपनि समान नदिएको भन्दै लामो समयदेखि आन्दोलनरत छन् ।

मंगलबार आयोजित कार्यक्रममा महिलाको समान ज्याला र सम्मानका लागि भएको राजनीतिक लडाइँले विगत तीन वर्षमा खासै प्रगति गर्न नसकेको बताए ।

युनिया ट्रेड युनियनले देशको वृद्धावस्था निवृत्तिभरण प्रणालीको सुधारको एक भागको रूपमा महिलाहरूको सेवानिवृत्तिको उमेरमा योजनाबद्ध तरिकाले वृद्धि गरेको भन्दै आलोचना गरेको छ। यो मुद्दा सेप्टेम्बरमा राष्ट्रव्यापी मतदान लगिने भएको छ ।

अभियानकर्ताहरूले महिलामाथि घरेलु हिंसाका २० हजार भन्दा बढी रिपोर्ट गरिएका घटनाहरू पनि औंल्याएका छन् ।

स्विजरल्याण्डका सहर र नगरका सडकमा विरोध प्रदर्शनहरू गरिएका छन् । महिला र पुरुषहरूका लागि समान अधिकारसम्बन्धी संवैधानिक अनुच्छेदमा १९८१ को मतदानको वार्षिकोत्सव मनाउन आयोजना गरिएको थियो ।

महिला अधिकारको माग गर्दै पहिलो राष्ट्रव्यापी हडताल १४ जुन, सन् १९९१ मा गरिएको थियो । उक्त आन्दोलन पश्चिमी स्विट्जरल्याण्डको घडी बनाउने कारखानामा कम तलबको विरोधमा महिला कामदारहरूको समूहले सुरु गरेको थियो।

ट्रेड युनियन महासंघका अनुसार सन् २०१९ मा भएको दोस्रो यस्तै विरोध प्रदर्शनमा करिब पाँच लाख मानिस सहभागी भएका थिए ।

गत वर्ष यहि प्रकारको तेस्रो आन्दोलन कोभिड महामारीका कारण लगाइएको प्रतिबन्धको बीचमा भएको थियो । प्रतीकात्मक हड्ताल कार्यमा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक