शुक्रबार, वैशाख १४, २०८१

‘व्हिस्की युद्ध’ सम्झौता पछि युरोप र क्यानडाको सीमा विवाद समाप्त

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १ गते २२:५८

photo source-Jeppe Kofod via twitter

क्यानडा र डेनमार्कले अन्ततः मङ्गलवार आफ्नो दशकौं लामो भूमीको युद्ध समाप्त गरेका छन् । उत्तरी ध्रुवको उच्च भागमा (हाई आर्कटिक) को एक निर्जन टापुमा ह्विस्की र स्न्याप्स (फलफूलको रस) पिउँदै झण्डा उचालेर सहमति गरेका हुन् ।

क्यानडाका विदेश मन्त्री र उनका डेनिस समकक्षको उपस्थितिमा ओटावामा आयोजित समारोहमा दुई देशले उत्तरपश्चिम ग्रीनल्याण्डको हान्स टापु साझा गर्न औपचारिक रूपमा हस्ताक्षर गरे । यस संझौताबाट क्यानडा र युरोप बीचको पहिलो भूमि सीमाना स्रिजना भएको छ ।

४९ वर्षदेखि गतिरोधमा रहेको विवादले मृगौला आकारको टापुलाई दुई भागमा विभाजन गरेको छ । ओटावा र कोपेनहेगनबीच भएको सम्झौतालाई विश्वभरका क्षेत्रीय विवादहरू समाधान गर्ने नमुनाको रूपमा हेरिएको छ ।

क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले भनिन् “आर्कटिकले अन्तर्राष्ट्रिय सहयोगको उदाहरणका रूपमा काम गर्छ, जहाँ कानूनको शासन हुन्छ ।”

“विश्वव्यापी सुरक्षा खतरामा परेको बेला क्यानडा र डेनमार्क जस्ता लोकतान्त्रिक राष्ट्रहरूले आदिवासी जनजातिहरूसँग मिलेर काम गर्न, अन्तर्राष्ट्रिय कानून बमोजिम हाम्रा मतभेदहरू समाधान गर्न यो भन्दा महत्त्वपूर्ण कहिल्यै भएको छैन” उनले थपिन् ।

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले क्यानडा र डेनमार्क आधिकारिक रूपमा छिमेकी भएको आफ्नो ट्विटरमा उल्लेख गरेकि छन् “र मैले हान्स टापुको विवाद अन्त्य गर्न, स्पष्ट सीमाना स्रिजना गर्न एक सम्झौतामा हस्ताक्षर गरें। हामी जलवायु परिवर्तनसँग लड्न, सार्वभौमसत्ताको रक्षा गर्न र मेलमिलापलाई अगाडि बढाउन आर्कटिक साझेदारहरूसँग काम गर्न जारी राख्नेछौं ।”

डेनमार्कका विदेशमन्त्री जेप्पे कोफोडसँगको पत्रकार सम्मेलनमा उनले भनिन् “द्वन्द्व जसलाई धेरैले ‘व्हिस्की युद्ध’ भन्ने गरेका छन्, सबै युद्धहरूमध्ये सबैभन्दा मित्रवत थियो ।”

युक्रेनको युद्धलाई संकेत गर्दै कोफोडले भने “द्वन्द्वको समाधान यस्तो समयमा आएको हो जब कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था दबाबमा छ र लोकतान्त्रिक मूल्यहरू आक्रमणमा छन् ।”

डेनमार्कका विदेशमन्त्री जेप्पे कोफोडसँगको पत्रकार सम्मेलनमा मेलानीले भनिन् “द्वन्द्व जसलाई धेरैले ‘व्हिस्की युद्ध’ भन्ने गरेका छन्, सबै युद्धहरूमध्ये सबैभन्दा मित्रवत थियो ।”

युक्रेनको युद्धलाई संकेत गर्दै कोफोडले भने “द्वन्द्वको समाधान यस्तो समयमा आएको हो जब कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था दबाबमा छ र लोकतान्त्रिक मूल्यहरू आक्रमणमा छन् ।”

क्यानेडियन व्हिस्की भर्सेस डेनिस स्न्याप्स

डेनिस र क्यानेडेलीहरूले आफ्नो क्षेत्र दाबी गर्न टापुमा पालैपालो उडान गरेका छन् जसले कूटनीतिक विरोध, अनलाइन अभियान र क्यानाडालाई डेनिस पेस्ट्री बहिष्कार गर्न पनि आह्वान गरेको छ ।

यी भ्रमणहरूको क्रममा प्रत्येक पक्षले झण्डा गाड्ने र अर्को पक्षको लागि ह्विस्की वा स्नैप्सको बोतल छोडेको छ ।

उनीहरूले मंगलबार बोतलहरू आदानप्रदान गर्दा मेलानी जोली र जेप्पे कोफोडले ठट्टा गरे ‘क्यानाडा अब युरोपियन युनियनमा सामेल हुन सक्छ किनभने दुई संस्थाहरूले भूमि सीमा साझा गरेका छन् । यद्यपि डेनमार्क ईयुको सदस्य हो र ग्रीनल्याण्ड सन् १९८० मा जनमत संग्रह पछि सदस्य छैन ।

हिउँले ढाकिएको हान्स टापु मानवकालागि बस्न योग्य छैन । तर जलवायु परिवर्तनका प्रभावहरूले आर्कटिकमा थप ढुवानीको ट्राफिक बढाइरहेको छ । यहाँ विशेष गरी मत्स्यपालनको थप बाटोहरु खोलिरहेको छ ।

आर्कटिक विशेषज्ञ माइकल बायर्सका अनुसार तथापि टापु यति धेरै टाढा छ कि त्यहाँ कुनै पनि आर्थिक् गतिविधि गम्भिररुपमा सन्चलनकालागि विचार गर्न व्यवहार्य छैन ।

यस असामान्य विवादको कुनै पनि समाधान अनिश्चितकालका लागि स्थगित गर्नु दुवै पक्षका लागि विशेष गरी चुनावको दौडमा राजनीतिक फाईदाका लागि राम्रो अवसर बनेको छ ।

“यो एक सानो, महत्वहीन टापुमा दुई नाटो सहयोगीहरू बीच पूर्ण रूपमा जोखिममुक्त सार्वभौमिकता विवाद थियो” माइकल बायर्सले भने।

डेनमार्कले हान्स टापुमा लडाइँ हार्दा ग्रीनल्याण्डसँगको सम्बन्धलाई कमजोर बनाउने डर पनि थियो । उता क्यानडाले उत्तरपश्चिमी क्यानडाको तेलको भण्डार ब्यूफोर्ट सागरमा भएको ठूलो विवादमा अमेरिकासँगको वार्तालाई कमजोर बनाउने चिन्ता थियो ।

माइकल बायर्सका अनुसार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आर्कटिक सार्वभौमसत्तालाई आफ्नो राजनीतिक पहिचानको हिस्सा बनाएका छैनन् जसले कम्तिमा क्यानाडाली पक्षमा तापमान घटाउन मद्दत गरेको छ।

“तर सबैभन्दा महत्त्वपूर्ण कुरा रूसले युक्रेनमा आक्रमण गर्‍यो, र त्यसले जिम्मेवार देशहरू शान्तिपूर्ण तरिकाले आफ्नो क्षेत्रीय विवादहरूमा सहमत हुन सहयोग भैरहेको छ । त्यहि कुरा विश्वलाई बताउनको लागि सही समय सिर्जना गर्यो” उनले थपे ।

तपाइँको प्रतिक्रिया