शुक्रबार, चैत १६, २०८०

रूसी इन्धनमा निर्भरता कम गर्न ईयुद्वारा इजिप्ट र इजरायलसँग ग्यास सम्झौतामा हस्ताक्षर

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ३ गते ११:२८

रूसी इन्धनमा ‘निर्भरता’ कम गर्न ईयुले इजिप्ट र इजरायलसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेको छ ।

इजरायल र इजिप्टले युरोपमा ग्यास निर्यात बढाउने योजना बनाएअनुरुप युरोपेली आयोगका अध्यक्षले बुधवार ईजिप्टको कायरो भ्रमणको क्रममा हस्ताक्षर गरेकि हुन् । सम्झौता अन्तर्गत युरोपेली आयोगका अध्यक्षले रुसी ग्यासको निर्भरतबाट ईयुलाई छुटाउन खोजेकि छन् ।

उर्सुला भोन डेर लेनले युक्रेन युद्धको परिणाम स्वरूप अन्नको अभावबाट गुज्रिरहेको इजिप्टमा खाद्य सुरक्षाका लागि १० करोड युरोको राहत दिने वाचा पनि गरेकि छन् ।

“युक्रेन विरुद्ध रसियाको युद्धले रुसी जीवाश्म ईन्धनमा हाम्रो युरोपेली निर्भरतालाई उजागर गरेको छ । र हामी यो निर्भरताबाट छुटकारा पाउन चाहन्छौं” भोन डर लेयनले इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको संयुक्त पत्रकार सम्मेलनमा भनिन् “हामी भरपर्दो आपूर्तिकर्ताहरूमा विविधता ल्याउन चाहन्छौं, र इजिप्ट एक विश्वसनीय साझेदार हो।”

इजरायल भ्रमणको क्रममा उनले युरोपेली देशहरूलाई “ब्ल्याकमेल” गर्न जीवाश्म ईन्धन प्रयोग गरेकोमा रूसको सामना गर्ने वाचापनि गरेकी थिइन्।

इजिप्ट, इजरायल र ईयू बीचको ग्यास निर्यातसम्बन्धी समझदारी पत्र पूर्वी भूमध्य ग्यास फोरममा हस्ताक्षर भएको इजिप्टको पेट्रोलियम मन्त्रालयले जनाएको छ ।

तर इजिप्ट हुँदै इजरायलबाट ग्यास निर्यातमा उल्लेखनीय बृद्धि गर्न ठूलो दीर्घकालीन पूर्वाधारसहितको लगानी चाहिन्छ।

भोन डर लेनले इजिप्टसँग “भविष्यको ऊर्जा” सूर्य र हावाको शक्ति प्रशस्त मात्रामा रहेको, ईयु र इजिप्टले संयुक्त रूपमा अन्वेषण गर्ने द्विपक्षिय साझा हितमा रहेको बताईन् ।

सन् २०२० मा १५ अर्व डलरको ऐतिहासिक सम्झौता अन्तर्गत इजरायलले पहिले नै अपतटीय (अफ सोर) क्षेत्रबाट इजिप्टमा ग्यास निर्यात गरिसकेको छ, जहाँ यसलाई तरलित र शुद्ध गरी युरोपेली देशहरूमा पठाइन्छ ।

उनले यस क्षेत्रमा आगामी वर्षहरूमा कृषि र पोषण, पानी र सरसफाइ कार्यक्रमहरूमा” तीन अर्ब युरोको वाचा पनि गरेकि छन् ।

“युरोपियन युनियन स्थानीय खाद्य उत्पादनमा लगानी गर्न धेरै इच्छुक छ,” उनले भनिन् “हाम्रो लागि यो महत्त्वपूर्ण छ किनकि यस क्षेत्रमा खाद्यान्न उत्पादनमा सुधार र बृद्धि हुन्छ र यसरी अन्य क्षेत्रबाट परनिर्भरता कम हुन्छ ।”

“समयसँगै यसले सबैका लागि गुणस्तरीय र किफायती खानाको स्थिर आपूर्ति सुनिश्चित गर्नेछ। इजिप्ट यो ठूलो परिवर्तनको केन्द्रबिन्दु हुनेछ” उनको थप भनाई थियो ।

सिसीले भोन डर लेनको पहिलो आधिकारिक भ्रमणले इयुसँग इजिप्टको सम्बन्ध हालैको गम्भिर नितिमा आधारित रहेको बताए।

उनको इजरायल भ्रमणको क्रममा भोन डेर लेनले मस्कोले “युक्रेनलाई हाम्रो समर्थनको बदला” मा युरोपेली देशहरूलाई आपूर्ति गरिएको ग्यास जानाजानी कटौती गरेको आरोप लगाएकी थिइन् ।

“यो युरोपमा ऊर्जा आपूर्तिको लागि ठूलो कदम हो । तर इजिप्टको लागि क्षेत्रीय ऊर्जा केन्द्र बन्नको लागि पनि उत्तिकै महत्वपूर्ण हो” उनले कायरोमा भनिन्।

इजिप्टले नोभेम्बरमा शर्म अल-शेखमा संयुक्त राष्ट्र कोप २७ जलवायु सम्मेलनको आयोजना गर्नेछ ।

बुधवार ढिलो गरि भोन डर लेनले जोर्डनको यात्रा गरिन् जहाँ उनले राजा अब्दुल्ला द्वितीयसँग भेटिन । जोर्डनलाई ट्विटरमा टिप्पणीहरू गर्दै ‘ईयुको लागि एक आवश्यक साझेदार” भनेर उल्लेख गरेकि छन् ।

उनले भनिन् ‘यस क्षेत्रको स्थायित्व र समृद्धिमा तपाईहरुको महत्वपूर्ण भूमिका छ ।’

(स्रोत- एएफपी, युरो न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक