शुक्रबार, वैशाख १४, २०८१

उच्च गर्मीले युरोप मारमा : कतै अस्पताल भरिभराउ, कतै डढेलोले हैरानी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ५ गते ०:५३

फ्रान्समा सन् १९४७ यताकै सबैभन्दा बढी गर्मी हुनाले अस्पतालहरु भरिभराउ भएका छन् ।

“अस्पतालहरूमा चाप बढेको छ । भरिभराउ भएका छन् । तर ति क्षमतामा छन्, माग पूरा गरिरहेछन्” फ्रान्सेली स्वास्थ्य मन्त्री ब्रिजिट बोरगुइगननले दक्षिणपूर्वी लियों शहर नजिकै भियनेमा पत्रकारहरूलाई भनिन् ।

स्कूलका बालबालिकाहरूलाई सतर्कता अपनाउन सार्वजनिक सन्देश गरिएको छ र उच्च गर्मीका कारण ‘रेड एरिया’ तोकिएका विभागहरूमा घरमा बस्न स्वास्थ्य मन्त्रालयको हिट वेभ हटलाइन मा उल्लेख छ ।

मध्य स्पेनको पुई डु फोउ थिम पार्क नजिकैको भीषण आगलागीका कारण ३,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

अग्नी नियन्त्रकहरुले क्याटालोनियाको वुडल्याण्ड क्षेत्र सहित अन्य धेरै क्षेत्रहरूमा आगोसँग लडिरहेका थिए जहाँ मौसम ज्यादै तातेकाले आगो निभाउन जटिल बनेको बताइएको छ ।

शुक्रवार र शनिवार स्पेनको अधिकांश भागमा तापक्रम ३५ डिग्रीबाट माथि पुगेको छ ।

रेड क्रसले तुलुज शहरमा घरबारविहीन समुदायलाई ताजा पानी वितरण गरिरहेको छ जहाँ शनिबार तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

“हिउँदमा भन्दा गर्मीमा सडकमा मानिसको मृत्यु बढी हुन्छ” ६७ वर्षीय स्वयंसेवक ह्युग्स जुग्लायरले मेडिअयहौर्लाई भनेका छन् ।

मेतेयो फ्रान्सका क्लाइमेटोलोजिस्ट म्याथ्यु सोरेलले फ्रान्समा सन् १९४७ यता रेकर्ड गरिएको यो सबैभन्दा पहिलो गर्मीको लहर भएको बताएका छन् ।

मौसम बिभाग फ्रान्सका अनुसार फ्रान्समा शुक्रवार र शनिवार सन् १९४७ यता रेकर्ड गरिएको यो सबैभन्दा धेरै गर्मीको लहर हो।

फ्रान्सका केही भागहरूमा शुक्रबार र शनिवार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

फ्रान्स, स्पेन, ईटाली र अन्य पश्चिमी युरोपेली राष्ट्रहरूमा शनिवार अघिल्ला गर्मीको रेकर्ड टोडिएको छ । जंगलमा लागेको आगो र जलवायु परिवर्तनका प्रभावहरूको बारेमा युरोपेली युनियनले चिन्ता ब्यक्त गरेको छ ।

शनिबारको गर्मीपछि जलवायु परिवर्तनको कारण यस्तो घटना अब सामान्य भन्दा बढ्ने र अझ धेरै गर्मी हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

फ्रान्सका केही भाग र युरोपका अन्य ठाउँमा मेघगर्जनसहितको आँधीको पूर्वानुमान मौसमबिदहरुले गरेका छन् ।

तर फ्रान्सेली राज्य मौसम पूर्वानुमानकर्ता मेतेयो फ्रान्सले जुनको तापक्रमको रेकर्डलाई शुक्रबार फ्रान्सका ११ क्षेत्रले उछिनेको र शनिबार केही क्षेत्रमा ४२ डिग्री सेल्सियससम्म पुगेको बताएका छन् ।

स्पेनको जंगलमा लागेको ढढेलोले शुक्रबार उत्तरपश्चिम सिएरा डे ला कुलेब्रा क्षेत्रमा करिब ९,००० हेक्टर जमिन जलेको छ । त्यस्तै लगभग २०० मानिसहरूलाई उनीहरूको घरबाट विस्थापित गर्नुपरेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

उत्तरी इटालीका धेरै सहरहरूले पानीको बितरणको घोषणा गरेका छन् र लोम्बार्डी क्षेत्रले आपतकालीन अवस्था घोषणा गर्न सक्ने संकेत गरेको छ । खडेरीले बलीनालीलाई खतरामा पारेको उल्लेख छ ।

युकेमा शुक्रबार यस वर्षको सबैभन्दा तातो दिन रेकर्ड गरिएको थियो । दिउँसो प्रारम्भिक तापक्रम ३० सेल्सियसभन्दा माथि पुगेको मौसमविद्हरूले बताएका छन् ।

बेलायतमा बुधबार २८ र बिहीबार २९ दशमलव ५ डिग्री सेल्सियसभन्दा उच्च तापक्रमको रेकर्ड तोडिएको यो लगातार तेस्रो दिन थियो ।

उत्तरी इटालीका धेरै सहरहरूले पानीको बितरणको घोषणा गरेका छन् र लोम्बार्डी क्षेत्रले आपतकालीन अवस्था घोषणा गर्न सक्ने संकेत गरेको छ । खडेरीले बलीनालीलाई खतरामा पारेको उल्लेख छ ।

युकेमा शुक्रबार यस वर्षको सबैभन्दा तातो दिन रेकर्ड गरिएको थियो । दिउँसो प्रारम्भिक तापक्रम ३० सेल्सियसभन्दा माथि पुगेको मौसमविद्हरूले बताएका छन् ।

बेलायतमा बुधबार २८ र बिहीबार २९ दशमलव ५ डिग्री सेल्सियसभन्दा उच्च तापक्रमको रेकर्ड तोडिएको यो लगातार तेस्रो दिन थियो ।

जलवायु परिवर्तन

जलवायु परिवर्तन प्रवृत्तिका कारण उच्च तापक्रम बढेको विज्ञहरूले चेतावनी दिएका छन् । “जलवायु परिवर्तनको परिणाम स्वरूप गर्मीको लहरहरू पहिले भन्दा छिटो सुरु हुँदैछ” जेनेभामा विश्व मौसम संगठनका प्रवक्ता क्लेयर नलिसले भने।

“हामीले आज जे देखिरहेका छौं त्यो दुर्भाग्यवश भविष्यको संकेत हो । यदि वायुमण्डलमा हरितगृह ग्यासहरूको सांद्रता बढ्दै गयो र ग्लोबल वार्मिङलाई पूर्व-औद्योगिक स्तरबाट २ डिग्री सेल्सियसमा धकेलियो भने झन खतरा भोग्नुपर्ने छ” उनले थपे।

फ्रान्समा वृद्ध व्यक्तिहरूका लागि हेरचाह घरहरूमा विशेष उपायहरू अपनाईएको छ । भवनहरूलाई चिसो पार्न पानी छर्किँदै छ र बासिन्दाहरूलाई वातानुकूलित कोठातिर लगिंदै छ ।

जिरोंद विभाग जसमा बोर्दो शहरपनि पर्छ, अधिकारीहरूले सबै सार्वजनिक कार्यक्रमहरू बाहिर वा वातानुकूलित ठाउँहरू नभएका ठाउँहरूमा शुक्रबार दिउँसो २:०० बजेबाट प्रतिबन्ध लगाइएको छ।

गर्मीमा हानिकारक धुवाँ वा ओजोनको एकाग्रतालाई सीमित गर्न पेरिस वरपर धेरै क्षेत्रहरूमा गाडीको गति सीमाहरू तोकिएको छ ।

पेरिसका प्रहरी प्रमुख डिडियर लालेमेन्टले शनिबार राजधानीमा सूक्ष्म कण प्रदूषणका कारण कम प्रदूषण गर्ने सवारी साधनलाई मात्र चलाउन दिएको बताए।

विद्युतीय ग्रिड अपरेटर आरटीईले पंखा र एयर कन्डिसनरको बढ्दो प्रयोगले पनि विद्युत खपत बढाएको बताएको छ ।

तपाइँको प्रतिक्रिया