शनिबार, वैशाख १५, २०८१

उत्तरमा पोखराका गाउँ र दक्षिणमा भारतको विहारसम्म देखिने धवादीको टुप्पो

थानेश्वर सापकोटा२०७९ असार ६ गते ११:५०

थानेस्वर सापकोटा

धेरै मान्छेहरुलाई धनकुटा, ईलाम अथवा भेडेटार प्रिय लाग्छ । प्रिय लाग्नु धेरै कारण छन- पहिलो प्रकृतिक सौन्दर्य नै हो । दोस्रो यातायातको सहज पहुँच । धनकुटा र ईलाम दोस्रो कारणले पनि धेरै आकर्षणको केन्द्र बनेका छन । तर सर्सर्ती हेर्ने हो भने नेपालमा यस्ता धेरै ठाँउ छन हेर्न लायक तर सुविधाबाट बन्चित भएर हामी सबैले हेर्न र त्यहाँको सौन्दर्यको आनन्द लिन पाएका छैनौं । यस्ता ठाउँँ आफ्नै घर दुकान नजिकै पनि हुन सक्छन तर हामीले ध्यान दिएका हुँदैनौं शायद । यस्तै एउटा ठाउँ छ नवलपुरमा- धवादी । हुप्सेकोट-५ मा पर्ने यो ठाउँँ कुनै पनि कोणबाट धनकुटा र ईलाम भन्दा कम छैन ।

धेरै टाढा पनि होइन । महेन्द्र राजामार्ग नारायणघट बुटवल खण्डको दलदले भन्ने ठाउँ । नारायणगढबाट जम्मा जम्मी २५ किलोमिटरको दुरी । तपाईं यदी अहिलेको मौषममा दलदले सम्म पुग्नु भयो भने नारायणगधको भन्दा अझै गर्मी महशुश गर्नु हुन्छ । राजामार्गमा उत्पात सँग उड्ने धुलोलाई तपाईंले कसैगरी रोक्न सक्नुहुन्न । यो सरकारले उडाएको धुलो हो । सरकारलाई जित्न सकिन्न ।

चार वर्ष अघि देखी नै सडकको स्तरोन्नतीको कार्य शुरु भएको हो । अहिले सम्म कुनै पनि छेउबाट गतिलो काम भएको छैन । धुलोले राजामार्ग आसपासका दर्जनौं गाउँहरु प्रभावित बनेका छन । कती मान्छेहरुमा यही धुलोले दिर्घ रोग शुरु गराएको छ । तथापी दलदले चोकबाट एउटा सडक धागो ताने जस्तै गरेर उत्तरतिर हानिन्छ । अली माथि पुगेपछी बाटोको दुबै किनारमा मसिना बुट्यान, हरिया मकैका खेत अनी भर्खर बनेका र बन्दै गरेका घरहरु देखिन्छन । त्यहि देखी नै तलको गर्मिको उखर्माउलो मत्थर हुँदै जान्छ । यो भन्दा अझै माथि पुगेपछी अजंगको जंगल उभिएको छ । यही जंगललाई छिचोलेर माथि उक्लिन्छ यो बाटो ।

यो बाटो अरु बाटाहरु सँग मिसिदै नवलपुरको बुलिङ्टार, तनहुँको खाल्टे लगायत अन्य गाउँहरु हुँदै पाल्पा सम्म पुग्दछ । तर बाटोको एउटा समस्या छ- जंगलको आधा आधी उक्लेपछी पिच बाटो सकिन्छ ।

संसदिय निर्वाचनमा दोस्रो पटक नवलपुर क्षेत्र नम्बर एकमा चुनाव लड्न आएका शशांक कोइरालाले बुलिङ्टारको एउटा कार्यक्रममा कसम खाएर भनेका थिए- अबको दुई वर्षमा म यो बाटो पिच बनाएर छोड्छु । बाटो त पिच भएन तर कोइराला चौंथो पटक यसै क्षेत्र बाट चुनाव लड्ने तयारीमा छन ।

नवलपुर स्थित धवादि डाँडाको टुप्पोमा उभिएर हेर्दा उत्तरमा पोखरा माथिका गाउँ देखिने दक्षिणमा भारतको विहारसम्म देखिने । ओहो यो त स्वर्गै रहेछ । उनले ब्यापारको भविष्य देखेर यतै रोकिए । दुई वर्ष देखी दुई करोड खर्चिएर बनेको उनको धवादी पाहुनाघर संचालनमा छ ।

पीचबाटो सकिएपछी बल्ल यात्राको डरलाग्दो पाटो शुरु हुन्छ । तल र माथि घाम खस्ला जस्ता पहरा छन र तिनै पहराको भित्तामा खनिएको बाटो । चुच्चे ढुङ्गा बाटभरी छन । तपाईं यदी यो बाटोबाट मोटार साइकलमा यात्रा गर्दै हुनुहुन्छ भने तिनै चुच्चे ढुङ्गामा मोटरसाइकलका चक्का अड्केर भिरै भिर तल खोल्सामा पछारिन पनि सक्नुहुन्छ ।

बाटोमा अझै वर्षादको पानीले बनाएका इत्रुका खोल्साहरु पनि छन । तीनबाट पनि जोगिनु पर्दछ । बाटोको यो अवस्था हुँदा पनि कुनै पनि स्थानिय निकायले अलिअली बालुवा ओच्छ्याउने जाँगर समेत देखाएको छैन । तर पनि तल दलदले देखी माथि नेटोमा पर्ने पोखरी, धवादी र बुलिङ सम्म जिपहरु चल्छन । डरलाग्दो भए पनि सहज यात्रा जिपमै हुन्छ ।

हामी उकालींदा साँझ पर्नै लागेको थियो । बाटोमा अदुवा गोडेर घर फर्किदै गरेका केही मान्छे भेटिए । डाँडाभरी कतै धान वा गहुँ खेती गर्ने उपयुक्त जग्गा छैन । कताकती भिरमा लाथ्रा बनेर उभिएका मकै खेति बाहेक अदुवा, बेसार रअम्रिसो यताको मुख्य आय रहेछ ।

पोखरी पुग्न कती समय लाग्छ ? हामीले एक जना स्थानियलाइ सोध्यौं । “बाटो राम्रो भए त १५ मिनट मै पुग्नु हुन्थ्यो । आधा घण्टा भन्दा बढी लाग्छ होला” उनले जवाफ दिए ।

‘यो बाटो गतिलो बन्दैन र ?’ कुराकानी अगाडि बढाउन मन लाग्यो ।

‘नेता गतिलो भए पो बाटो गतिलो हुन्थ्यो । २० वर्ष देखी यस्तै छ सर’ उनले जवाफ दिएर आफ्नो बाटो लागे ।

हामी उकालीयौं । माथि पोखरी पुगेपछी दुईवटा बाटो छुट्टीन्छ । एउटा पश्चिम लाग्छ धवादी तर्फ र अर्को बाटो अर्खला, बुलिङ, डेडगाउँ हुँदै पाल्पा पुग्छ । पोखरी भन्ने नेटोमा पुग्दा पोखरी थिएन । डेढ दशक अघिसम्म बडेमानको पोखरी थियो, बस्ती बसेको थिएन । अहिले बस्ती छ पोखरी छैन । कहाँँ गयो पोखरी ? कसैले पानी काटेर खसालेछ तलको खोलामा पुग्ने गरी । अब घडेरी बन्दैछ शायद ।

हामी डाँडाको टुप्पोलाई पछ्याउँदै पश्चिम लाग्दा घाम डुब्नै लागेको थियो । अलिकती उकालो चढे पछी फलाम खानी डाँडोमा पुगिने रहेछ । फलाम खानि त के भन्नु फलामको डाँडो रहेछ । हामी खास हेर्न गएको फलाम खानी पनि एक हो । रात परेकोले धेरै देख्न सकिएन । तर डाँडैभरी फलाम नै फलाम ।

भोलीपल्ट एक जना स्थानियले भने अनुसार कुनै चीनिया कम्पनिले फलाम उत्खननको काम शुरु गरेको रहेछ । भविष्यमा यो फलामको पहाड कहाँँ पुग्छ कसैलाई थाहा छैन । तर अहिलेलाई भने पहाड ठिङ्ङ उभिएको छ- फलाम बोकेर ।

पोखरी भन्ने नेटोमा पुग्दा पोखरी थिएन । डेढ दशक अघिसम्म बडेमानको पोखरी थियो, बस्ती बसेको थिएन । अहिले बस्ती छ पोखरी छैन । कहाँँ गयो पोखरी ? कसैले पानी काटेर खसालेछ तलको खोलामा पुग्ने गरी । अब घडेरी बन्दैछ शायद ।

फलाम खानीबाट ४ किलोमिटर बराबरको ओरालो झरेपछी धवादी पुगियो । मुटु काम्ने जाडो छ । उत्तर र दक्षिण दुबै तर्फबाट चल्ने बतास धवादिको टुप्पोमा पुगेर ठोकिन्छ र मान्छेका मुटुमा कम्पन ल्याउँछ ।

यता बास कता पाईन्छ ? हामीले एकजना पसले भाईलाई सोध्यौं ।

“उ ह्वाँ धवादी पाहुना घर छ नि । त्यहाँ जानु न, बस्न पनि राम्रै छ” उनले औंला तेर्स्याउँदै हामीलाई बताए ।

रातो रंङले चम्किएको त्यो पाहुना घर गोधुली प्रकाशमा चम्किलो देखियो । हामी गुरुङ होमस्टेलाई ताकेर हिंडेका थियौं । त्यहाँबाट अझै चार किलोमिटर माथि रहेछ । यो रातीमा गेग्र्यान बाटोका चुच्चे ढुङ्गा छिचोलेर जान मन लागेन ।

धवादिको अझै अर्को एउटा आकर्षण छ । हावाबाट बिजुली निकाल्ने (विन्ड मिल) कारखाना । आजभन्दा लगभग ७ वर्ष अघि एशियाली बिकास बैंकको सहयोगमा १ करोड ८० लाख रुपैयाँको लागतमा २ वटा विन्ड मिल स्टेशन र २४ वटा सोलार प्यानल जोडिएको थियो । जसबाट ७ किलोवाट बिजुली उत्पादन भइरहेको थियो । यस कार्यक्रमबाट धवादीका करिव ४६ घर परिवारले लाभ प्राप्त गरेका थिए । विजुली उत्पादन शुरु भए पछी लगानिकर्ता एशियाली बिकास बैंक त्यसको स्वामित्व विद्युत प्राधिकरणलाई सुम्पिएर बाहिरियो । लगभग पाँच वर्ष स्थानियले विजुली पाए । धवादी डाँडो उज्यालो देखियो ।

भविष्यमा यो फलामको पहाड कहाँँ पुग्छ कसैलाई थाहा छैन । तर अहिलेलाई भने पहाड ठिङ्ङ उभिएको छ- फलाम बोकेर ।

तर अहिले त्यस्तो छैन । तीन वर्ष अघि देखी विन्ड मिल बिग्रियो र यो मनोरम पहाडले आफ्नो सौन्दर्य देखाउन पाएन । तै पनि नवलपरासी, चितवन रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरुका आन्तरिक पर्यटक भने बेला बेलामा केही घण्टाको आनन्दका लागि धेरै घण्टाको सास्ती खेपेर यता उकालीन्छन ।

किन स्थानिय निकायले यहाँँको बिकासमा चासो देखाएन ? निकै जान्ने उत्सुकता जाग्यो । हुप्सेकोट गाउँपालिकामा भर्खरै निर्वाचित प्रमुख लक्ष्मी पाण्डेलाई संपर्क गर्‍यौं । यहाँँको पर्यटकिय बिकासका लागि के गर्दै हुनुहुन्छ ? हाम्रो प्रश्न ।

“यहाँँको मुख्य समस्या बाटो नै हो । ब्यवस्थित बाटो बनाउनका लागि हामीले संघिय सरकार र प्रदेश सरकारसँग आग्रह पनि गरेका हौं । अहिले बजेट परेको छ । अब बाटो सहज बनाउन पहल गर्दै छौं । विजुली र बाटो सहज भयो भने अरु पुर्वाधार निर्माण गर्न सजिलो हुन्छ” उनले भनिन ।

विजुली त विन्ड मिलबाट प्राप्त भाईरहेको थियो तर विग्रिएछ । कसले हो त्यो मर्मत गर्ने ? हामीले फेरी अर्को प्रश्न सोध्यौं ।

उनी केही अक्मकाइन् । भर्खरै कार्यकारी पदमा आएको हुनाले पनि त्यती थाहा नभएको हुन सक्दछ । तर उनले भनिन “यसका केही सामानहरु विग्रिएको हुनाले यो बन्द भएको हो तर अब छिट्टै नै शुरु हुन्छ ।” त्यसलाई चाहिने सामानहरु माग भैसकेको उनले जानकारी दिइन् ।

हामी धवादी पाहुनाघर पुग्दा वर्दघाटबाट आएको एउटा टोलीले एउटा हल र केही कोठाहरु बुक गरीसकेको रहेछ । जेनतेन बस्ने ब्यवस्था मिल्यो । होटलमा काम गर्ने पनि आफैं, साहु पनि आफैं, काठमाडौंका बद्री मोहन भण्डारी ।

धवादीमा अझै पुरातात्विक महत्वको अर्को एउटा ठाउँँ छ- रुद्र गढी । गढीमा एउटा सानो भग्नावशेष छ । पाल्पाका प्रथम सेन राजा रुद्र सेनले यो गढिलाई सामरिक महत्वका हिसावले विस्तार गरेका थिए ।

तीन वर्ष अघि राजधानीको कोलाहलबाट सुस्ताउन उनी यता आएका थिए । धवादिमा झिलिमिली बिजुली बल्दथ्यो । त्यहाँसम्म पुग्ने बाटो पनि बन्दै थियो । डाँडाको टुप्पोमा उभिएर हेर्दा उत्तरमा पोखरा माथिका गाउँ देखिने दक्षिणमा भारतको विहारसम्म देखिने । ओहो यो त स्वर्गै रहेछ । उनले ब्यापारको भविष्य देखेर यतै रोकिए । दुई वर्ष देखी दुई करोड खर्चिएर बनेको उनको धवादी पाहुनाघर संचालनमा छ । भन्छन “ब्यापारिक हिसावले म सन्तुस्ट छु । तर यहाँँ त सम्भावना कती छन कती ।”

धवादीमा अझै पुरातात्विक महत्वको अर्को एउटा ठाउँँ छ- रुद्र गढी । गढीमा एउटा सानो भग्नावशेष छ । पाल्पाका प्रथम सेन राजा रुद्र सेनले यो गढिलाई सामरिक महत्वका हिसावले विस्तार गरेका थिए । दक्षिण भारतको विहारका रजौटा र पुर्वोत्तर कास्की, लम्जुङ र तनहुँँबाट हुने आक्रमणलाई रोक्नका लागि रुद्र सेनले यो गढिको बिकास गरेका थिए । उनकै नामबाट यो गढिलाई रुद्रगढी नामाकरण गरिएको स्थानियहरु बताउँछन ।

गाउँपालिका प्रमुख पाण्डे रुद्रगढी बिकास र प्रवर्धनका लागी प्रदेश सरकारको सहयोगमा विभिन्न कामहरु अगाडि बढाइएको बताउँछिन ।

हामी बिहानै उठ्दा निलो आकाश छ्यांङ देखियो । धवादी काल्पनिक कथाको टाकुरो भन्दा कम थिएन । तर के गर्नु फेरी झर्नु थियो, त्यही चुच्चे ढुङ्गाको खतरनाक बाटो । अम्रिसो र अदुवाको बारी भत्काएर उछिट्टिएको पहिरोको रास । आँखा पाट्टिने भिर । यो बाटो बनाइदेउन सरकार !

तपाइँको प्रतिक्रिया