आइतबार, मंसिर १८, २०७९

मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले किन ब्याजदर बढाउँछन् ?

जोर्गे लिबोरेइरो / फ्रान्स२०७९ असार ६ गते २२:०९

के बढेको छैन ? सबैथोक त बढीरहेको छ : बिजुली, डिजेल, तरकारी, इन्टरनेट, होटल, उडान, र अब ब्याज दर ।

युक्रेनमा युद्ध, चीनमा एकपछि अर्को तालाबन्दी, निरन्तर शक्तिको सङ्कट र अवरुद्ध उत्पादन शंयन्त्रहरूले वस्तु र सेवाहरूको लागि ठूलो भोक स्रिजना गरिदिएको छ । आपूर्ति र माग बीचको नाजुक सन्तुलनलाई खलबलाउँदै मूल्यहरू उच्च स्थानमा पुर्‍याएको छ ।

वस्तुहरुको मूल्य बढिरहेकै बेला, उसैगरि विश्वभरका केन्द्रीय बैंकहरू बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्नका लागि आफ्नो प्रमुख ब्याज दरहरू बढाउन हतारिरहेका छन् । किनभने तिनीहरूले निराशाका बिच मासिक रेकर्डहरू तोड्न जारी राखेका छन् ।

युरोपेली केन्द्रीय बैंक (ईसिबी) मौद्रिक नीति परिवर्तन गर्ने नयाँ संस्थाहरू मध्ये एक बनेको छ । ईयुको सार्वभौम ऋण संकटको सबैभन्दा खराब वर्ष हो यो । र ऋणात्मक दरहरूको लामो अध्याय बन्द गर्दै उसले मौद्रिक निति परिवर्तन गरेको हो ।

संयुक्त अधिराज्य (युके), स्वीडेन, नर्वे, क्यानडा, दक्षिण कोरिया र अष्ट्रेलियामा यसका समकक्षहरूले हालैका महिनाहरूमा डरलाग्दो मुद्रास्फीतिको प्रतिक्रिया स्वरुप समान कदम चालेका छन् । एउटै घोषणामा, संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले शुन्य दशमलव ७५ प्रतिशत बिन्दुले दरहरू बढायो जुन १९९४ पछिको सबैभन्दा ठूलो वृद्धि हो ।

तर यो कदम पछाडिको औचित्य के ?

केन्द्रीय बैंकहरू एक अद्वितीय प्रकृतिका सार्वजनिक संस्थाहरू हुन् । तिनीहरू स्वतन्त्र, गैर-व्यावसायिक संस्थाहरू हुन् जुन देशको मुद्रा व्यवस्थापन गर्न वा, ईसिबीको मामलामा इयुका देशहरूको समूह हो ।

तिनीहरूसँग बैंकनोट र सिक्का जारी गर्ने, विदेशी सञ्चिति नियन्त्रण गर्ने, आपतकालीन ऋणदाताको रूपमा काम गर्ने र वित्तीय प्रणालीको राम्रो स्वास्थ्यको ग्यारेन्टी गर्ने विशेष अधिकार छ ।

केन्द्रीय बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता सुनिश्चित गर्नु हो । यसको मतलब तिनीहरूले मुद्रास्फीतिलाई नियन्त्रण गर्न आवश्यक छ । जब मूल्यहरू माथि जान्छन्, अपस्फिती (डिफ्ल्यासन) हुन्छ र जब मूल्यहरू घट्छन् तिनले नियन्त्रण गर्नुपर्छ ।

संवन्धित : यूरोजोनको कुन भाग सबैभन्दा बढी मुद्रास्फीतिले प्रभावित ?

मुद्रास्फीतिले अर्थतन्त्रलाई निरुत्साहित गर्छ र बेरोजगारीलाई बढाउँछ । त्यसैले प्रत्येक केन्द्रीय बैंकले क्रमिक, स्थिर वृद्धिलाई प्रोत्साहित गर्न मध्यम, सकारात्मक मुद्रास्फीति सामान्यतया २ प्रतिशतको लक्ष्य निर्धारित गर्दछ ।

तर जब मुद्रास्फीति चुलिन थाल्छ तब केन्द्रीय बैंक गहिरो समस्यामा पर्छ । अत्यधिक मुद्रास्फीतिले समृद्धिको विगतका वर्षहरूमा प्राप्त लाभहरूलाई द्रुत रूपमा चकनाचुर पार्न सक्छ । निजी बचतको मूल्य घटाउन सक्छ र निजी कम्पनीहरूको नाफा खाइदिन्छ । बिलहरू सबैका लागि महँगो हुन्छन्: उपभोक्ताहरू, व्यवसायहरू र सरकारहरू सबैलाई पूरा गर्नको लागि चकनाचुर पारिदिने ठाउँ दिन्छ ।

“उच्च मुद्रास्फीति हामी सबैका लागि ठूलो चुनौती हो” ईसिबी अध्यक्ष क्रिस्टिन लागार्डले भनेकि छन् “यो मौद्रिक नीतिले खेल्ने क्षण हो ।”

एक बैंकर बैंक

वाणिज्य बैंकहरू, जसमा हामीले खाता खोल्न वा ऋण लिनुपर्ने बेलामा जान्छौं, तिनीहरूको सबैभन्दा तत्काल वित्तीय आवश्यकताहरू पूरा गर्न केन्द्रीय बैंकबाट सिधै पैसा लिईन्छ ।

वाणिज्य बैंकहरूले एउटा मूल्यवान सम्पत्ति प्रस्तुत गर्नुपर्छ । त्यसलाई संपार्श्विक (कोलाटेरल) भनिन्छ जसले उनीहरूले यो पैसा फिर्ता गर्ने ग्यारेन्टी दिन्छ । सार्वजनिक बन्डहरू, सरकारहरूद्वारा जारी गरिएको ऋण, संपार्श्विकको सबैभन्दा निरन्तर रहने रूपहरू मध्ये एक हो ।

अर्को शब्दमा, केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई पैसा उधारो दिन्छ । उता वाणिज्य बैंकहरूले घरपरिवार, उध्योग, कलकारखाना र व्यवसायहरूलाई पैसा उधारो दिन्छन् ।

वाणिज्य बैंकले केन्द्रीय बैंकबाट लिएको ऋण फिर्ता गर्दा ब्याजदर तिर्नुपर्छ । केन्द्रीय बैंकसँग आफ्नै ब्याज दरहरू तोक्ने अधिकार हुन्छ जसले प्रभावकारी रूपमा पैसाको मूल्य निर्धारण गर्दछ ।

यी बेन्चमार्क दर (बेन्चमार्क दर जसलाई सन्दर्भ दरहरू पनि भनिन्छ । यि नियमित रूपमा अद्यावधिक गरिएका ब्याज दरहरू हुन् जुन सार्वजनिक रूपमा पहुँचयोग्य हुन्छन्) हरू हुन् जुन केन्द्रीय बैंकहरूले हाल मुद्रास्फीतिलाई नियन्त्रण गर्न बढाइरहेका छन् ।
यदि केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई उच्च दर लियो भने वाणिज्य बैंकहरूले जसलाई ऋण दिन्छन् तिनलाई प्रस्ताव गर्ने दरहरू पनि बढाउँछन्।

त्यसको परिणामस्वरुप व्यक्तिगत ऋण, कार ऋण, क्रेडिट कार्ड र धितो राख्ने दर महँगो हुन्छन् । त्यसपछि मानिसहरू त्यो सुविधा लिन अनिच्क्षुक हुन थाल्छन् । जुन कम्पनीहरूले नियमित रूपमा लगानी गर्न ऋण सोध्छन् तिनले एक कदम अघि बढेर दुई पटक सोच्न थाल्छन् ।

त्यो भनेको कडा बित्तिय अवस्था हो । त्यसले अनिवार्य रूपमा अधिकांश वा सबै आर्थिक क्षेत्रहरूमा उपभोक्ताले गर्ने खर्चमा गिरावट ल्याउँछ । जब वस्तु र सेवाहरूको माग घट्छ, तिनीहरूको मूल्यपनि घट्छ।

केन्द्रीय बैंकहरूले अहिले गर्न चाहेको वास्तवमा यही हो : मुद्रास्फीति नियन्त्रण गर्न खर्चमा अंकुश लगाउने ।

तर मौद्रिक नीतिको प्रभावहरू साकार हुन दुई वर्षसम्म लाग्न सक्छ । त्यसैले सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरूको तत्काल समाधान प्रस्ताव गर्न असम्भव छ ।

जटिल मामिला भनेको के तथ्य हो भने ऊर्जा आज मुद्रास्फीतिको मुख्य चालक हो, जुन अर्थतन्त्रसँग असंबद्ध कारकद्वारा सशक्त रूपमा संचालित छ : युक्रेनमा रूसको आक्रमण ।

पेट्रोल र बिजुली यस्ता वस्तु हुन् जुन सबैले प्रयोग गर्छन् । तिनीहरूको मूल्य जतिसुकै किन नहोस् । त्यसैले यसको मूल्य बढ्दा मागमा द्रुत गिरावट हुन्छ भनेर मान्न सकिँदैन।

यसले अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने भए पनि फेड जस्ता केन्द्रीय बैंकहरूले किन यस्तो कट्टरपन्थी कदम चालिरहेका छन् भन्ने व्याख्या गर्छ । आक्रामक मौद्रिक नीति एक कडा पैदल यात्रा जस्तै हो : पैसा महँगो बनाउनुले वृद्धिलाई सुस्त बनाउन सक्छ, तलबलाई कमजोर बनाउन सक्छ र बेरोजगारी बढाउँछ ।

“हामी मन्दी ल्याउन खोजिरहेका छैनौं” अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले भनेका छन् “यसको बारेमा स्पष्ट गरौं ।”

संवन्धित :

मार्‍यो महङ्गीले: खाद्य मुद्रास्फीतिमा एक प्रतिशत वृद्धिले एक करोड थप जनता गरिब

यूरोजोनको कुन भाग सबैभन्दा बढी मुद्रास्फीतिले प्रभावित ?

रुस-युक्रेन युद्धले यूरोपेली क्षेत्रमै मुद्रास्फीति साँढे सात प्रतिशतले वृद्धि

यूरोजोनमा मुद्रास्फीति झण्डै पाँच प्रतिशत

जर्मन कामदारहरूद्वारा न्यूनतम ज्याला वृद्धिको स्वागत, रोजगारदाता मुद्रास्फीति बारे चिन्तित

युरोपमा मुद्रास्फिति फेरि बढ्यो, कुन देश बढी प्रभावित ?

रुस-युक्रेन युद्दले विश्वभरिनै खाद्यान्नको मूल्य बढ्ने, सबैभन्दा मारमा गरिब

पश्चिमी प्रतिबन्धहरूले डस्दा पुटिन आर्थिक भार धान्न कति सक्षम ?

युरोजोनमा मुद्रास्फ्रिती उच्च, १९ देशमा मूल्य वृद्धि

(युरोन्युजको आलेखलाई नेपालीमा भावानुवाद गरिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया