शुक्रबार, वैशाख १४, २०८१

वृद्धालाई मारेपछि अन्त्येष्टिमा शव कुल्चीन गाउँ फर्कियो हात्ती

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार ७ गते २२:४८

Photo Credit-sea.mashable.com (फोटो भने अफ्रिकी हात्तीको प्रतिकात्मकरुपमा राखिएको छ-नेपालप्लस)

पूर्वमा झापाको मेची नदीमा केहि दिन अघि एउटा जंगली छावा समातेर स्थानियहरुले लछारपछार पारे । हात्तीको बच्चालाई नदीमा खेदेको, घेरेको, पुच्छर समातेर लछारपछार पारेको द्रिष्य कान्तिपुरका पर्वत पोर्तेलले सार्वजनिक गरेपछि त्यसका बारेमा सामाजिक सन्जाल अझै तातेको छ । हात्तीको छावा कुनै दिन हुर्किएर जवान भएपछि त्यसरि लछारपछार पार्नेलाई कुनै दिन बदला लिन सक्छ । किनकि हात्तीले बदला लिन्छन् र तिनले आफूलाइ दखल पुर्‍याउनेलाई भुल्दैनन् भन्ने तर्कपनि सामाजिक सन्जालमा ब्यक्त भएका थिए । अहिले त्यहि घटनालाई पुष्टी गर्ने अर्को घटना भारतको ओडिशा राज्यमा भएको छ जहाँ एउटा हात्तीले मारेको एक महिलालाई अन्त्यस्टि कार्यक्रममा पुगेर कुल्चने, उक्त महिलाको घरसहित गाउँभरिका घर भत्काईदिने, बाख्रा पाठा मारिदिएको घटना सार्वजनिक भएको छ ।

हात्तीहरू यो ग्रहमा सबैभन्दा अभिव्यक्त र भावनात्मक जनावरहरू मध्ये एक हुन् । त्यहाँ यी प्राणीहरूले खुशी, उदासीपन, क्रोध, करुणा र प्रेम प्रदर्शन गर्ने प्रशस्त प्रमाणहरू छन् भन्ने यि कुनै गोप्य कुरा हैनन् । तर हत्या गर्ने अभिप्राय र बदलाको बारेमा के छ हात्तीहरुको बारेमा ?

भारतमा एउटा विशेष हात्तीले त्यो सबै गर्‍यो । अर्थात् बदला लियो । हत्या गर्नपनि पछि परेन । जब उसले ७० वर्षीया महिलालाई मार्यो र त्यसपछि उनको अन्त्येष्टिको समयमा आफूले मारेको महिलाको शब भएको ठाउँ पुग्यो ।

यहि जुन महिनाको १० मा, ओडिशा मयुरभञ्ज जिल्लाको रायपाल गाउँकी माया मुर्मु नामकी महिलालाई नजिकैको जंगलमा पानी भर्न गएका बेला हात्तीले निर्मम आक्रमण गरेको सिमासाब्ल डट कममा दाले जोन ओङले रिपोर्ट गरेका छन् ।

Photo Credit-sea.mashable.com

उनको रिपोर्टका अनुसार उनलाई हात्तीले आक्रमण गरेर छोडेपछि अस्पताल पुर्‍याइएको थियो । तर उनलाई केहिबेरमै मृत घोषित गरिएको थियो ।

शव घर ल्याएपछि परिवार उनको अन्त्येष्टिको लागि आवश्यक प्रबन्ध गर्न लाग्यो। तर यो सबै व्यर्थ भयो । किनभने उनको अन्त्येष्टिको दिन तिनै महिलालाई मार्ने हात्ती अत्यन्तै खराब मूडमा गाउँ फर्कियो ।

अविश्वसनीय रूपमा त्यो हात्ती अन्त्येष्टिमा आक्रमण गर्न अगाडि बढ्यो र मायाको लाशलाई निशाना बनायो । गाउँका अन्य घरहरु भत्काउन आफ्नो बथानबाट अन्य हात्तीहरूलाई सङ्केतको गर्जन दिनु अघि शवलाई क्रुद्ध रूपमा कुल्चीयो । उक्त हात्तीले मायाको घर अन्य हात्तीलाई चिनाउन सफल भयो । तिनले त्यहाँका बाख्राहरूसमेत मारिदिए ।

अन्तमा, लगभग सम्पूर्ण गाउँ भत्किएको थियो । धेरै बासिन्दाहरूले आफ्नो घर गुमाएका थिए । तर गाउँका कसैलाई चोटपटक भने लागेन ।

तर सबैभन्दा अचम्मलाग्दो कुरा के भने कसरी एउटा हात्तीले मायाको शवलाई त्यत्रा मानिसका बिचमा, त्यति समयसम्म पहिचान गरिराख्न सफल भएको थियो । केही गाउँलेहरूले आफूहरु मायाको शारिरिक क्षति, अवस्थाको सर्वेक्षण गर्न गएको बेला पनि मायाको शरीरमा आक्रमण गरिरहेको देखेका थिए।

ओडिशा क्षेत्र जंगलसँग निकट भएकालेपनि यस क्षत्रमा धेरै हात्ती आक्रमणहरूको साक्षी बन्नुपरेको छ, गाउँलेहरु । यद्यपि यो भने एक विशेष घटना हो जुन एकल व्यक्तिमाथि हात्तीको बदलाभाव, आक्रोश देखिएको छ । त्यसैले यो अनौठो छ ।

Image Credit-IUCN

हात्तीको प्रतिशोधात्मक व्यवहारको सही कारण अज्ञात रहे पनि कतिपयले अनुमान गरेका छन्- महिलाले विगतमा जनावरलाई अपमान गर्न केहि गरेको हुन सक्छ, कुनै दखल पुर्‍याएको हुनुपर्छ । हात्तीले बदला लिने मौका नआएसम्म यो सोचलाई आफ्नो दिमागमा राख्न सफल भएको थियो ।

केपनि भुल्नु हुँदैन भने हात्तीहरूले धेरै लामो सम्झनाहरू राख्न सक्छन् । वा तिनको स्मरण शक्ति दिर्घकालको हुन्छ । तिक्ष्ण हुन्छ । र उनीहरूलाई चोट पुर्याउने मानिस वा अन्य जनावरहरू, विशेष गरी शिकारीहरूबिरुद्द सही बदला लिन तयार हुन्छन् ।

केही वैज्ञानिकहरूले जंगली हात्तीहरूले अपराधीहरूका यी व्यवहारहरू बारे जान्न र तिनीहरूलाई घृणा गर्न थाल्छन् भन्ने उल्लेख गरेका छन् । त्यसैले यति चाहिँ जान्नै पर्छ, यदि तपाईंले जंगली हात्तीहरूसँग सामना गर्नुभयो भने तपाईंले वास्तवमै तिसित राम्रोसँग ब्यवहार गर्नुपर्छ । तिनलाई दखल पुर्‍याउनुहुन्न ।

तपाइँको प्रतिक्रिया