शनिबार, वैशाख ८, २०८१

च्यातिएका होर्डिङबोर्डले शहर कुरुप, जिम्मेवारी लिने छैन कोहि

नेपालप्लस संवाददाता / चितवन२०७९ असार ८ गते १२:२७

सडक विभागले केही वर्ष देखि मुख्य सडकहरुका विभिन्न ठाउँँमा गन्तब्यको सूचना दिने उद्देश्यले होर्डिङ बोर्डहरु राख्ने गरेको छ । गन्तब्य दुरी लेखिएका यस्ता बोर्डहरुले यात्रामा निस्किनेहरुलाई सहज त हुन्छ नै यसले ‘राजमार्ग’ प्रणालीलाई समेत सहज बनाउँछ । तर यस्ता गन्तब्य दुरीका सुचना लेखिएका होर्डिङ बोर्डहरु लाई सडक विभागले नियमित जाँच भने गर्न छोडेको छ । अहिले देशैभरमा यि होर्डिङ बोर्डहरुको दुर्दशा छ । कहाँँ के भएको छ भन्ने कुरा सडक विभागले पत्तै पाएको छैन । यि बोर्डहरुको मर्मत र रेखदेख गर्ने मुख्य जिम्मेवारी सडक विभाग र त्यस अन्तर्गतका निकायहरुको हो । तर यसलाई कसले नियमित जाँच गर्ने भन्ने कुरा विभागका धेरै कर्मचारीलाई थाहा छैन ।

भरतपुर उपमहानगर पालिका देशभरिकै ध्यान तान्न सफल भएको पालिका हो । यो प्रचन्ड पुत्री रेणु दाहाल मेयर भएकोले मात्रा होइन बिकासका अनगिन्ती काम भएको छ भन्ने प्रचारले पनि हो । तर भरतपुरमा धेरै कुरा अस्तब्यस्त छन । यि दुरी सूचना प्रवाह गर्ने होर्डिङ बोर्डका कुरा मात्रै होइन महानगरको रुपमा विस्तार हुँदै गैरहेको यो नगरमा सर्वसाधारणको जीवनमा सरोकार राख्ने धेरै कुरा बिग्रिएका छन । शहर हरेक दिन कुरुप बन्दै गइरहेको छ ।

एक महिना अघि आएको हुरिले चितवन नवलपुरलाई जोड्ने एउटा मात्र पुल माथि उभिएका सबै बिजुलीका पोलहरु ढाल्यो । नारायणीको पानीलाई छुँला छुँला झैं गरी लत्रिएका ति बिजुलीका तार र ढलेका पोलहरुलाई उठाने र सुरक्षित गर्ने जाँघर कुनै पनि निकायले देखाएन । हप्ता दिनमा स्थानियको चर्को विरोध पछी विद्युत प्राधिकरणले बिजुलीका तार र ढलेका पोल उठाएर लग्यो । तर तिनै पोलमा टाँगिएका टेलिफोनका तार अहिले पनि पानी सम्म लत्रिरहेका छन ।

नेपालप्लसले यि विषयमा प्रतिकृया वुझ्न भरतपुर उपमहानगर पालिकामा संपर्क गरेको थियो । तर त्यहाँका एक कर्मचारीले होर्डिङ बोर्ड मर्मत गर्ने र चुँडिएका फोनका तार तह लगाउने काम उपमहानगर पालिकाको नभएको बताए ।

उनले भने- “यि कामहरु सडक विभाग र नेपाल दुर संचार प्राधिकरणका हुन । उतै संपर्क गर्नुस” ।

पछी नेपालप्लसले सडक विभाग केन्द्रिय कार्यालयका प्रवक्ता तथा उप-महानिर्देशक भिमार्जुन अधिकारीसँग संपर्क गरेर सोध्यो- राजमार्गहरुमा रहेका होर्डिङ बोर्डको नियमित जाँच गर्ने जिम्मा कसको हो ?

‘के भयो ?’ उनले सोधे ।

गन्तब्य स्थलको दुरी र समयको सुचना दिने त्यस्ता बोर्डहरु देशैभरी च्यातिएका छन । चितवनमा पनि त्यस्तै छ । कसले हेर्छ यो ?- हामीले फेरी सोध्यौं ।

अधिकारीले यि बोर्डहरुको नियमन गर्ने काम सडक विभागको भए पनि यस्ता काम सडक डिभिजन कार्यालयले गर्ने गरेको बताउँदै भने- भरतपुरको सडक डिभिजन कार्यालयको प्रमुख बाबुराम सापकोटा हुनुहुन्छ । उहाँसँग संपर्क गर्नु भयो भने उपयुक्त जवाफ पाउनु हुन्छ ।

सापकोटासँग पनि उस्तै प्रश्न सोधियो । ‘यस्ता कामहरु डिभिजन कार्यालय भित्रको ट्राफिक बिभागले हेर्ने भएको हुनाले आफुलाई त्यती जानकारी नभएको’ बताए । उनले भने- यो काम हाम्रो ट्रफिक विभागले हेर्छ । त्यो विभागले काम गर्दै होला नि । किन आत्तिनुहुन्छ ?’

नारायणघाटमा मात्र होइन अन्त तिर पनि च्यातिएका छन । उनिहरुले त्यता फेर्दैछन । देशको पुर्व र पश्चिमलाई जोड्ने मध्ये नेपालको एउटा मात्र पुल र पुलसँगै टाँसिएर नारायणीको किनारसम्म फैलिएको भरतपुर उपमहानगर पालिका । यदि कोही पूर्व अथवा पश्चिमबाट आएर नारायणघाटको पुलचोकमा रोकियो भने फ्लेक्स प्रिन्ट टँसिएका ति होर्डिङ बोर्डबाट फ्लेक्स च्यातिएर त्यसका त्यान्द्रा तलसम्म झुण्डिएका छन । यदि यो बोर्डहरुमा नयाँँ फ्लेक्स प्रिन्ट टाँस्ने हो भने त्यसको लागत केहि हजार रुपैयाँ भन्दा धेरै लाग्दैन । यो सामान्य काम नगरपालिकाले पनि गर्न सक्दछ । किनभने यसरी झुण्डिने फोहरहरुले शहरलाई नै कुरुप बनाएका छन । नत्र आफ्नो शहरलाई चुस्त राख्नका लागि पनि पालिकाले विभागलाई दवाव दिनुपर्थ्यो ।

“हामीले के दवाव दिने ? यो त मेयरले गर्ने काम हो । त्यस्ता च्यातिएका होर्डिङ बोर्डहरु मेयरले पनि हरेक दिन देखिरहनु हुन्छ” पालिकाका ति कर्मचारीले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक