शुक्रबार, वैशाख ७, २०८१

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई झण्डै १३ लाखको चेक हस्तान्तरण

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार ८ गते १५:३३

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बुधवार राष्ट्रिय आविष्कार केन्द्रलाई बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ अड्चालिस पैसाको चेक हस्तान्तण गरेको छ ।

सचिवालयमा आयोजित कार्यक्रममा उक्त चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा। महावीर पुनलाई हस्तान्तण गरेका हुन् ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए ।

केन्द्रका संस्थापक महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरे । विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने उनले बताए ।

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्नेमा उनले जोड दिए । त्यस्तै गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले बताए ।

कार्यक्रमको अन्त्यमा कुल आचार्यले विभिन्न अभियन्ताहरुबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा विभिन्न मुलुकबाट आएका आइसिसि तथा एनसिसिका प्रतिनिधि, गैरआवासीय नेपाली लगायत संचारकर्मीहरुको सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक