शुक्रबार, वैशाख १४, २०८१

अफगानिस्तानको भूकम्पमा कम्तिमा १,००० को मृत्यु, १,५०० घाईते : उद्धार, चिकित्सा प्रयासमा बाधा

राजन सुवेदी / कतार२०७९ असार ९ गते ०:२४

फोटो स्रोत- हमिदल्लाह इल्हम, ट्विटर

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा जुन २१ को राति गएको भूकम्पमा परी कम्तिमा १,००० जनाको मृत्यु भएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन् । उद्धारकर्मी र स्वयंसेवकहरू अझै भूकम्पले छोडेको भग्नावशेष खन्ने क्रममा छन्, किनभने पीडितहरूलाई हेलिकप्टरबाट अस्थायी र प्रायः अपर्याप्त रूपमा ढुवानी गरिँदैछ ।

रातको भूकम्प ५दशलव ९ म्याग्निच्युडको रेकर्ड गरिएको थियो, जसले मुख्यतया पक्तिका प्रान्तलाई असर गरेको थियो । केहिले सात मेग्निच्युटको भन्दै उल्लेख गरेका छन् । पाकिस्तानको सीमा नजिक रहेको खोस्ट सहरबाट करिब ४६ किलोमिटर दक्षिणपश्चिममा रहेको उक्त क्षेत्रलाई ब्यापक क्षति गरेको हो ।

सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुनेको संख्या कम्तिमा १,००० पुगेको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

पक्तिका प्रदेशका अधिकांश बासिन्दाहरू ग्रामीण क्षेत्रमा बसोबास गर्छन्। माटोले बनेका घरहरू र असहज भूभागले यस क्षेत्रमा भूकम्पको प्रभाव अझ गहिरो बनाएको छ । भूकम्प र त्यसपछिको पहिरोले सयौं घर ध्वस्त भएको तालिवान अधिकारीहरूले बताएका छन् ।

सडकको कठिन अवस्था र प्रभावित गाउँहरू दुर्गम भएकाले अधिकांश उद्धार कार्य हेलिकप्टरबाट गरिएको छ । अनलाइन सेयर गरिएका भिडियोहरूमा हेलिकप्टरहरू पक्तिकाको ग्रामीण इलाकामा पीडितहरूलाई अस्पताल ल्याउनको लागि अवतरण गरेको देखाइएको छ। घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमा ल्याएको छ ।

खोस्त र पक्तिकाका क्षेत्रहरूले पहिले नै गम्भिर खाद्य असुरक्षा र आधारभूत सेवाहरूमा पहुँचको अभाव, कमजोर वा अवस्थित दूरसञ्चारको अभावको अनुभव गरिरहेका थिए । पक्तिकामा बस्ने पाकिस्तानी शरणार्थीहरूको संख्यापनि उच्च छ, जसमध्ये धेरै आपतकालीन वा अस्थायी आश्रयहरूमा बस्छन् ।

स्थानीय बासिन्दा र सहायता निकायहरूले ग्रामीण पक्तिकामा भूकम्प पीडितहरूको उपचारको लागि चिकित्सा सुविधाहरू सुसज्जित नभएको बताएका छन् । अनलाइनमा राखिएका तस्बिरहरूले मानिसहरूलाई अस्थायी क्लिनिकहरूमा बाहिर उपचार भइरहेको देखाउँछन् ।

फोटो स्रोत- डा. मुल्ला याकुब (मिनवाल), ट्विटर

अफगानिस्तानका एक नागरिक सागर पेखरले दक्षिण-पूर्वी अफगानिस्तानको भूकम्पले प्रभावित क्षेत्रमा कुनै पनि चिकित्सा सुविधा विरलै भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् । “क्लिनिकमा पीडितहरूलाई आपतकालीन उपचारको लागि ढुवानी गरिन्छ। तर औषधी नभएपछि मानिसहरू तत्काल मद्दतको लागि याचना गर्दैछन्” उनले भनेका छन् !

अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भएपछि र तालिबानले देशलाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तानमा गम्भीर आर्थिक र मानवीय संकटको बीचमा अहिले यो प्रकोप आएको हो। धेरै सरकारहरूले यो देशमाथि प्रतिबन्ध लगाएका छन् र विकास सहायतामा कटौती गरेका छन् ।

विगत दुई दशकदेखि अफगानिस्तान स्वास्थ्य सेवाकर्मीहरूलाई भुक्तानी गर्न र चिकित्सा सुविधाहरू चलाउन विदेशी सहायता कोषमा अत्यधिक निर्भर थियो । जनवरी २०२२ मा विश्व स्वास्थ्य संगठनले अफगानिस्तानको स्वास्थ्य प्रणाली ‘पतनको डिलम्मा पुगेको’ चेतावनी दियो ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि धेरै सहायता संस्थाहरूले अफगानिस्तान छोडेकाले उद्धार कार्य अझ जटिल बनेको छ ।

तालिबान सरकारका उपप्रवक्ता बिलाल करीमीले ट्वीटरमा भनेका छन् “हामी सबै सहायता एजेन्सीहरूलाई थप प्रकोप रोक्नको लागि तुरुन्तै टोली पठाउन आग्रह गर्दछौं ।”

विश्व स्वास्थ्य संगठन र रेड क्रिसेन्ट जस्ता संस्थाहरू यस क्षेत्रमा परिचालन भएका छन्। रेडक्रस अफगानिस्तानका प्रतिनिधी आल्बेर कुकुकले खोस्ट र पक्तिका क्षेत्रका भूकम्प प्रभावित ठाउँहरूमा प्रभावित जनसङ्ख्यालाई सहयोग गर्न अफगानिस्तानका रेडक्रस प्रतिनिधि मण्डल काबुलबाट हिंडेको ट्विटरमा उल्लेख गरेका छन् ।

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुललगायत छिमेकी पाकिस्तानसम्म पनि महसुस गरिएको थियो । अफगानिस्तान भूकम्पको उच्च जोखिममा छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार विगत एक दशकमा भूकम्पका कारण ७,००० भन्दा बढी मानिसको मृत्यु भएको छ, वा प्रति वर्ष करिब ५६० जनाको मृत्यु हुने गरेको छ।

तपाइँको प्रतिक्रिया