शनिबार, वैशाख ८, २०८१

भ्यागुताका खुट्टामा मान्छेको रहरले सयौं प्रजाति खतरामा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार १० गते १७:५१

Image Credit-insider.si.edu

मान्छेले भ्यागुताका खुट्टाहरु खाने लोभ गर्दा पृथ्वीमा धेरै प्रजातिका भ्यागुताहरु खतरामा परेका छन् ।

प्रत्येक वर्ष, युरोपेली संघले ४,००० टन भ्यागुताका खुट्टा आयात गर्दछ । यसको अर्थ खुट्टाको मासु खानकै लागि युरोपेली क्षेत्रकालागि मात्रै आठ करोड १० लाख देखि २० करोड भ्यागुता मारिन्छन् ।

बिहीबार, जुन २३ मा जर्मन संघ प्रो वाइल्डलाइफ र फ्रान्सेली एनजीओ रोबाँ दे ब्वाले प्रकाशित गरेको “डेडली डिश” प्रतिवेदनमा यी उभयचरहरूको अत्याधिक उपभोग गर्नाले तिनको जिवन संकटमा परेको उल्लेख गरिएको छ । रिपोर्टमा यो विनाशकारी पारिस्थितिकीय परिणामहरूको हदसम्म खुलासा गरिएको छ । त्यसरि ल्याइने भ्यागुतामध्ये धेरै जसो युरोपेलीहरूको मुख्य आपूर्तिकर्ता इन्डोनेसिया, टर्की र अल्बानियामा जंगली रूपमा समातिएका हुन्छन् ।

यी देशहरूमा जङ्गलमा एकपछि अर्को गर्दै ठूला भ्यागुता प्रजातिहरूको सङ्ख्या घट्दै गएको प्रो वाइल्डलाइफका सह-संस्थापक डा. सान्ड्रा अल्थरले चेतावनी दिएका छन् ।

भ्यागुताहरूले आफ्नो आहारा प्रमुख रुपमा किरालाई बनाउँछ । त्यसैले विनाशकारी किरा नियन्त्रणमा भ्यागुताहरुको महत्वपूर्ण भूमिका हुन्छ । तिनीहरूको कमीले असंख्य हानिकारक किराको प्रभाव निम्त्याउँछ ।

“भ्यागुताहरू हराउने ठाउँमा हानिकारक कीटनाशकहरूको प्रयोग बढ्छ’। रोबाँ दे ब्वाका अध्यक्ष शार्लोट निथाले बताईन् । यो व्यापार प्रत्यक्ष रूपमा भैरहेको छ । भ्यागुताहरू मार्नाले ति जातिमा मात्र नभई समग्रमा जैविक विविधता र पुरै जिवप्रव्रित्ति प्रणाली (इकोसिस्टम) को स्वास्थ्यमानै नकारात्मक नतिजाहरू देखिन्छन् ।

युरोपेली संघ, भ्यागुताको खुट्टाको सबैभन्दा ठूलो आयातकर्ता

युरोपेली संघले मासु खानकालागि गरेको यो ठूलो मात्राको संहारले धेरै प्रजातिहरूलाई लोप हुने डिलतिर धकेल्ने छ । यदि यो अहिलेकै दरमा जारी रह्यो भने टर्कीका स्थानीय भ्यागुताहरू २०३२ सम्म लोप हुने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।

उस्तै चिन्ता अल्बानियाका भ्यागुता र इन्डोनेशियाको जामाका विशाल भ्यागुताहरुको बारेमापनि छ । ति दुबै देशका भ्यागुताहरु लोप हुने खतरामा छन् । दुई एनजीओहरूले युरोपेली संघका सदस्य राष्ट्रहरू र विशेष गरी फ्रान्स र बेल्जियमलाई “भ्यागुताको खुट्टा बजारको पारदर्शिता, यकिन संख्या र अवस्थाबारे सुनिश्चित गर्न र उपभोक्ताहरूलाई प्रदान गरिएको जानकारीको सत्यता जाँच गर्न आह्वान गरेका छन् ।

उनीहरूले वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिहरूलाई अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साईटिस) मा अतिशोषणबाट खतरामा परेका प्रजातिहरूलाई समावेश गर्ने प्रस्ताव पनि गरेका छन् । आयातको अतिरिक्त फ्रान्सेलीहरूले स्थानीय भ्यागुताहरू पनि खान्छन् । फ्रंस-कँते क्षेत्रमा प्रत्येक वर्ष दुई लाख भ्यागुता कानूनी रूपमा समातिन्छन् ।

‘घातक डिश’ रिपोर्ट अन्तर्गत सन् २००० र २०१९ को बीचमा फ्रान्सले झण्डै ७० लाख किलोग्राम भ्यागुता आयात गरेको थियो। युरोपेली संघ भ्यागुताको खुट्टाको ब्यापार गर्ने सबैभन्दा ठूलो क्षेत्र हो । विश्वको सबैभन्दा ठूलो आयातकर्ताको रूपमा व्यापक रूपमा मान्यतानै पाएको छ ईयुले । संयुक्त राज्य अमेरिका पनि भ्यागुता खपत गर्ने शीर्ष चरणहरूमा छ । यद्यपि उनीहरूले उपभोग गर्ने उभयचरहरूको ठूलो अनुपातलाई क्रित्रिम वासस्थान बनाएर प्राक्रितिक सुविधा दिँदै हुर्काइन्छ । त्यसले पारिस्थितिकिय प्रकोपको जोखिम कम गर्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक