शुक्रबार, चैत १६, २०८०

ईयु शिखर सम्मेलनको निचोड : क्रोएसिया युरोजोनमा प्रवेश, ऊर्जा संकट समाधान गर्ने वाचा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १० गते २१:३१

आगामी जाडोयाम आफ्ना नागरिकहरूका लागि ज्यादै कठिन हुने चिन्ता व्यक्त गरेका युरोपेली नेताहरूले शुक्रबार ऊर्जा संकट समाधान गर्न गहिरो सहयोग र समन्वय गर्ने वाचा गरेका छन् ।

ब्रसेल्समा भएको दुई दिने युरोपेली परिषद्को शिखर सम्मेलनमा २७ राष्ट्र प्रमुखहरूनै थिए । तिनले ईयु आयोगलाई बढ्दो ऊर्जा मूल्यहरू रोक्नको लागि उपायहरू पहिचान गर्न, सम्भावित उच्च मूल्य रोक्न वा किफायती मूल्यहरूमा आपूर्तिको वैकल्पिक स्रोतहरू सुरक्षित गर्नका लागि काम जारी राख्ने भन्दै भेला समापन गरेका छन् ।

भेलाको बिचमा काउन्सिललाई सदस्य राष्ट्रहरू बीचको ऊर्जा समन्वय सुनिश्चित गर्न कुनै उपयुक्त उपायहरू पत्ता लगाउन आह्वान गरिएको थियो ।

रुस-युक्रेन युद्दपछि रुसले १२ सदस्य राष्ट्रहरूमा जीवाश्म इन्धनको वितरण पूर्ण वा आंशिक रूपमा कटौती गरिदिएको छ । ति देशले उर्जा संकट भोगिरहेका छन् । त्यसैले अब आ उने जाडोयाम तिनका लागि निकै कठिन हुनसक्ने चेतावनी धेरै नेताहरूले दिएका छन् ।

भेलामा नेताहरूले १ जनवरी २०२३ मा ४० लाख नागरिक बसोबास गर्ने देश क्रोएसियालाई युरोजोनको २० औं देश बन्न दिने नोट पास गरेका छन् । तिनले क्रोएसियालाई अनुमति दिएपछि अब एकल मुद्राका साथ क्रोएसियालाई युरोजोन प्रवेशको अनुमति प्राप्त भएको छ ।

अन्तमा ईयुले उत्तरी म्यासेडोनिया र अल्बानियाले दिएको सदस्यता आवेदनमा प्रगतिको सुनिस्चितता गर्न आगामी दिनमा सबै सम्भव गर्ने वाचा गरेका छन् । अर्को नियमित बैठक २० अक्टोबरबाट गर्ने योजना गरिएको छ ।

जि ७ नेताहरू जुन २६ देखि २८ सम्म भेला हुने कार्यक्रम छ । यसपछि तुरुन्तै स्पेनको राजधानी म्याड्रिडमा २८ जुन देखि ३० जुन सम्म नाटो शिखर सम्मेलन हुनेछ ।

आफ्नो पूर्ण संसदीय बहुमत गुमाउने चिन्ता माक्रोंद्वारा खारेज

फ्रान्सेली राष्ट्रपतिले आफ्नो पूर्ण संसदीय बहुमत गुमाए पनि आफ्नो घरेलु एजेन्डालाई अगाडि बढाउन अन्य राजनीतिक दलका सांसदहरूमा भर पर्नु युरोपेली स्तरमा अत्यन्तै सामान्य भएको भेलामा सुनाए ।

“यो सबैलाई मनाउन समझदारी निर्माण गर्ने र रचनात्मक बहुमत प्राप्त गर्ने समय र अवशर हो” उनले भने ।

फ्रान्सेली राष्ट्रपतिले अहिलेसम्म निष्कर्षमा पुग्न नसकेको एउटा प्रमुख फाइल हंगेरीले रोकेको विश्वव्यापी कर्पोरेट कर भएको उल्लेख गरेका छन् । उनले विश्वव्यापी कर्पोरेट करमा हंगेरीको भिटो हटाउन ‘सबै उपाय गर्ने’ वाचा गरेका छन् ।

कर सुधार आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले गत वर्ष हासिल गरेको विश्वव्यापी सम्झौताको एक हिस्सा हो। यसलाई विश्वव्यापी कुल गार्हस्त घरेलु उत्पादन (जिडिपी) को ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्ने १३६ देशहरूले समर्थन गरेका छन् ।

हंगेरी शुरुमा यो योजनासँग सहमत भएको थियो । तर अहिले युक्रेन युद्धले ल्याएको आर्थिक प्रभावसँग विश्व ग्रसित भएकोले यस्तो कर हानिकारक हुने तर्क गरिरहेको छ ।

तर अरू देशले हंगेरीको भिटो युरोपेली संघबाट थप सहुलियतहरू प्राप्त गर्ने आशाले भित्रि शर्ताका रुपमा आएको हुनसक्ने सुझाव दिएका छन् । हंगेरीले भ्रष्टाचार, अनियमितता, अब्यवस्थित तरिकाले कोश सन्चालन, छली, जालझेल गरेकाले आफ्नो देशको रिकभरी योजनालाई ईयुको कोषबाट अझै स्वीकृत गर्न सकेको छैन । ईयुको ईयु सहयोग र अनुदान कोष लिनका लागि हंगेरीले शर्त राखेको अन्य केहि देशले बताएका छन् । यस्तै रणनीति पोल्याण्डले सफलतापूर्वक प्रयोग गरेको थियो ।

फ्रान्सेकी राश्ट्रपती एमानुएल माख्रोंले यो भिटोमा संलग्न युरोपेली र गैर युरोपेली सबैकालागि उपयुक्त उपाय निकाल्ने बताएका छन् ।

ईयु छ महिना अघिको भन्दा धेरै फरक : माख्रों

माक्रोंले युरोपेली भेलामा आफ्नो ईयु अध्यक्षताको पनि बचाउ गरे । उनले धेरै नम्रताका साथ भने “जुन २०२२ को युरोप जनवरी २०२२ को भन्दा धेरै फरक छ।”

उनले रुस-युक्रेन युद्दकै बेलापनि तिनको सामना गर्दै फ्रान्सेली एजेन्डालाई अगाडि बढाउन विगत छ महिनामा एकजुट भएर काम गरेका तीनवटा युरोपेली संस्थाहरूलाई धन्यवाद दिएका छन् ।

उनले रुस-युक्रेन युद्द र त्यसबाट स्रिजित बिभिन्न परिवेशमा रणनीतिक कम्पासको काम गरेको भन्दै ईयु नेताहरूको प्रशंसा गरे । “तिनले पहिलो पटक २७ सदस्य राष्ट्रहरूको भूमिकामा ईयुको स्थान, यसले सामना गर्ने खतराहरू र उनीहरूलाई कसरी सामना गर्नुपर्छ भन्ने साझा दृष्टिकोणलाई रूपरेखा दिएको छ” उनले भने “हामीले हाम्रो एजेन्डालाई अगाडि बढाएका छौं । जब युद्ध युरोपमा फर्कियो तब यो एजेन्डा यस भूराजनीतिक परिवर्तनसँग पनि धेरै संवन्धित भएर आएको छ ।”

इयुको नेत्रित्व घुमाउरो पाराले लिने वा हस्तान्तरण हुने गर्छ । अब जुलाई १ बाट चेक गणतन्त्रले ईयुको एजेन्डाको नेतृत्व शुरु गर्ने छ।

फ्रान्सेली राष्ट्रपती एमानुएल माख्रोंले आइसल्याण्ड देखि युक्रेनसम्मै इयुमा आमन्त्रित गर्ने बताए । “इयुको सिमाना युक्रेन र मोल्दोभासहित पूर्वका देशहरुतिर जाने छ । ”

ईयुले ग्यास आपूर्तिको वैकल्पिक स्रोतहरूसँग गरेको सम्झौताको बारेमा सोध्दा, युरोपेली आयोगजी अध्यक्ष भेद डेर लियनले भनिन् “अमेरिकाबाट तरल प्राकृतिक ग्यास (एल एन जी) गत वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत बढेको छ । नर्वेजियन पाइपलाइन ग्यास १५ प्रतिशत बढेको छ र अजरबैजानबाट डेलिभरी ९० प्रतिशतले बढेको छ ।”

उनले इजरायल र इजिप्टसँग भर्खरै हस्ताक्षर गरेका सम्झौताहरू पनि देखाइन्।

समग्रमा रूसले युद्ध अघि वार्षिक १५० अर्ब घन मिटर (बीसीएम) ग्यास प्रदान गर्थ्यो जुन प्रतिस्थापन गर्नुपर्ने इयु नेताले बताएका छन् । किनभने ईयूले वर्षको अन्त्यसम्ममा रूसबाट आफ्नो आयात दुई तिहाइले घटाउने वाचा गरेको छ ।

युरोपेली संघले यस वर्षको अन्त्यसम्ममा रुसी तेलको आयातमा ९० प्रतिशतले कटौती गर्ने प्रतिबद्धता जनाएको छ ।

युक्रेनको युद्धले उत्पादनमा वृद्धि र मुद्रास्फीति दुवैमा ठूलो प्रभाव पारेको उनले बताएकि छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले भने ईयूले आफ्नो विस्तारमा चाहेजति प्रगति गर्न नसकेको बताएका छन् ।

“हामी नयाँ सदस्यहरूलाई आत्मसात गर्न, स्वागत गर्न सक्षम हुनु आवश्यक छ । हामीलाई संस्थागत सुधारहरू आवश्यक छ जुन तुरुन्तै आवश्यक छ । बहुमतको मतदान (एकमतको सट्टा) प्रजातन्त्रका नियमहरू सुनिश्चित गर्न विधिको शासन लागू हुनुपर्छ” जर्मन चान्सलरले शिखर सम्मेलन पछिको ब्रीफिंगमा भने ।

उनले युरोपियन कमिशन (युरोपेली आयोग) को आकारलाई नयाँ गठबन्धन पछि सम्बोधन गर्नुपर्ने पनि बताए ।

“युरोपियन युनियनको आकार बढाउँदै जाँदा मात्रै युरोपेली कमिशनको आकार बढ्दै जाने हुनुहुँदैन, मलाई लाग्दैन कि यसले कुनै अर्थ राख्छ” उनले भने।

तपाइँको प्रतिक्रिया

फेसबुक