बिहीबार, चैत १५, २०८०

बनाए भारतका सामान्य शिक्षकले सौर्य उर्जाबाट चल्ने कार

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार १० गते २३:१०

Photo Credit- Basit Zargar via twitter

एक जना भारतीय शिक्षकले ११ वर्ष लगाएर सौर्य उर्जाबाट चल्ने कार बनाएपछि उनी हाल विश्वभरका मेडियामा भाइरल बनेका छन् ।

कश्मीरको श्रीनगरका गणित शिक्षक बिलाल अहमदले अति धनाढ्यहरूका लागि मात्र नभई सर्व साधारणकालागि समेत आरामदायी, बिलाशी र दिगो सवारी साधन निर्माण गर्ने आफ्नो लक्ष्य बनाएका छन् ।

उत्तरी क्षेत्रमा इन्धनको बढ्दो मूल्यले उनको आविष्कारलाई अझ समयसापेक्ष बनाएको छ । भारतमा विध्युतबाट चल्ने टेस्ला कारको अनुपस्थिति छ । यसको अर्थ सोलार प्यानल डिजाइन भएको कारले उत्साहीहरूको कल्पनालाई समातेको छ ।

मर्सिडीज, फेरारी, बीएमडब्लु जस्ता कारहरु आम मानिसका लागि सपना मात्रै हुन् । अरूको लागि त्यस्ता कारहरू चलाउने र तिनीहरूमा घुम्ने सपना थोरै मानिसहरूले मात्र पुरा गर्न, त्यसको मूल्य तिर्न सक्षम हुन्छन्।

“मैले मानिसहरूलाई विलासी अनुभूति दिने बारे केही सोचेको छु” उनले राइजिङ कश्मीर पत्रिकालाई भने ।

यसलाई कस्मिर उपत्यकाको पहिलो सोलार कारको रूपमा प्रशंसा गरिएको छ । भारतको जम्मु र कश्मीर क्षेत्र देशको सबैभन्दा चिसो मध्ये एक हो । “यो बेला यहाँ अत्यधिक चिसोले उदास, खिन्न बनाउँछ” उनले भने “मैले कारकोलागि सौर्य प्यानलहरू प्रयोग गरें जसले कम घाम लागेको दिनमा पनि उच्च दक्षताले काम गर्न सक्छ ।”

अहमदको सिर्जनाकालागि बाहिरि आर्थिक सहयोग थिएन । दुई सन्तानका बुबा उनले सन् १९५० को दशकका विभिन्न मोडल र अन्य विज्ञहरूसँगको सञ्जालसित अध्ययन गरेपछि पूर्ण स्वचालित कार बनाउन १५ लाख भन्दा बढी खर्च गरेको बताएका छन् ।

“मैले परियोजना सुरु गरेर पूरा गरेपछि पनि मलाई कसैले आर्थिक सहयोग गरेनन्; यदि मैले आवश्यक सहयोग पाएको भए सायद म भारतको एलोन मस्क हुने थिएँ” उनले पत्रकारहरूलाई भने ।

अहमदको कारको पहिलो उल्लेखनीय कुरा के भने कारका लगभग सबै देखिने सतहहरू सौर प्यानलहरूले ढाकिएको छ, बोनेटदेखि पछाडिको विन्डशील्डसम्म ।

सेडान कार (इन्जिन, यात्रु र कार्गोकोलागि फरक कोठा बनाईएको बेलायती मोडेलको पुरानो कार) को तुलना गरेर बनाइएको छ । यसमा सानो सतह क्षेत्रबाट उत्पन्न हुने ऊर्जाको मात्रालाई अधिकतम बनाइेएको छ । योनै उनको सफलताको महत्वपूर्ण पाटो हो ।

उनले मोनोक्रिस्टलाइन सौर्य प्यानलहरू राख्ने उपाय रोजे जसमा प्रत्येक फोटोभोल्टिक (पिभी) सेल एकल सिलिकन क्रिस्टल (चम्किलो धातु) बाट बनेको हुन्छ। यी अन्य मुख्य प्रकारका सौर्य रिसेप्टर, पोलिक्रिस्टलाइन प्यानलहरू भन्दा बढी किलोवाट-घण्टा बिजुली उत्पादन गर्छन् ।

अर्थात् उनले अहिले बनाएको सौर्य प्यानल जडित गाडीले यस अघि बनाएका गाडीले भन्दा सौर्य बिजुली बढी तान्ने बनाएका छन् । त्यसैले उनले बनाएको अगडी लामो समयसम्म, अझ राम्रोसित गुड्छ ।

दोस्रो, सायद अझ बढी आकर्षक डिजाइन र सुविधा के भने यो कार माथितिर खुल्छ । जसलाई ‘गलविङ्स’ भनिन्छ ।

जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीटरमा यसलाई ‘ब्याक टु द फ्युचर’ फिल्म कारसँग तुलना गरेका छन् ।

यो आविष्कार समय फाल्नकालागि मात्र होइन । कारका ढोकाहरूलाई आकाशतिर फर्काउँदापनि सकेसम्म धेरै सूर्यको किरण समात्न सक्षम बनाउन हो । अहमदले रिमोट कन्ट्रोलद्वारा सूर्यको गतिसँगै सौर्य प्यानलको दिशा परिवर्तन गर्न सक्ने बताए ।

“ब्रेकिङ प्रणाली (ब्रेक लगाउँदा) ले ऊर्जा बचत गर्नकोलागि यसको ब्याट्रीहरूमा शक्ति पुन: उत्पन्न गर्छ” उनले भने “यो पर्यावरण अनुकूल छ र नि:शुल्क ऊर्जा स्रोतहरूमा काम गर्दछ । यसले बजारमा क्रान्ति ल्याउने ठूलो सम्भावना छ ।”

तर राज्य कोषको अभावमा अहमदलाई उपकरण किन्न मुस्किल परेको छ । त्यसको अभावले बाधा पुगेको छ । कारले लिड एसिड ब्याट्री प्रयोग गर्दछ । तर सही उपकरणहरू पाएमा लिथियम ब्याट्रीमा स्तरोन्नति गर्न सकिन्छ ।

“स्थानीय मिस्त्रीहरू बीच प्रस्तुत, ब्याख्या गर्न सक्नुको अभाव अर्को समस्या हो। तिनीहरूसँग भएको ज्ञान सीमित छ । त्यसैले तिनीहरूलाई साँच्चै राम्रोसित व्याख्या गर्न गाह्रो पर्छ” उनले राइजिङ कश्मीरलाई भने।

आविष्कारकले सवारी साधनको ठूलो मात्रामा उत्पादन गर्ने कम्पनी खोल्ने आशा राखेका छन्, जुन यस क्षेत्रका युवाहरूका लागि रोजगारीको सुनौलो अवसर बन्न सक्छ ।
तर उनलाई समर्थकहरूको आवश्यक छ । अहमदलाइ श्रीनगरको नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजीको इनोभेसन सेन्टर (आईआईईडी) ले समर्थन गरेको छ ।

आईआईईडी केन्द्रका प्रमुख साद परवेजले भने “आईआईईडी केन्द्रले उनलाई आफ्नो आविष्कार विकास गर्न मद्दत गर्नेछ । उनलाई मद्दत गर्न सक्ने उद्योग वा फोरमसँग जोड्नेछ । हाम्रा स्थानीय आविष्कारकहरूलाई प्रेरणा र बजार चाहिन्छ। चुनौती भनेको नयाँ खोज र आविष्कारको बजारीकरण गर्नु हो ।”

Photo Credit- Basit Zargar via twitter

Photo Credit- Basit Zargar via twitter

तपाइँको प्रतिक्रिया

फेसबुक