शनिबार, वैशाख ८, २०८१

एनआरएनए युकेका महासचिव खुसी लिम्बुमाथि कारवाहि

नेपालप्लस संवाददाता / बेलायत२०७९ असार १२ गते १८:४१

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्ना महासचिव खुशि लिम्बुमाथि कारवाहि गरेको छ ।

संघको २५ जुनका दिन बसेको कार्य समितीको बैठकले महासचिव खुसी लिम्बुले कार्य समितीको मिटिङ्ग लगायतका सम्बन्धमा आफू खुसी परस्पर विरोधी सुचनाहरु संप्रषण गरी भ्रम श्रृजना हुने बातावरण बनाएको भन्दै कारवाहि गरेको हो ।

तर प्रेस बिज्ञप्तीमा ‘आफूखुशि परस्पर बिरोधी कस्तो र कुन सूचना’ हो भन्ने चाहिं खुलाइएको छैन ।

बैठकमा उक्त विषयलाई गम्भिर रुपले लिने निर्णय गरेको संघद्वारा जारि प्रेश बिज्ञप्तीमा जनाइएको छ ।

बैठकले महासचिवलाई आफ्ना यस्ता असंगत गतिविधीका बारेमा स्पष्टिकरण सहित अर्को बैठकमा उपस्थित गराउने निर्णय गरेको छ ।

लिम्बुमाथि कारवाहि गरिएपछि एनआरएनए युकेको आधिकारिक पत्राचार र सूचनासमेत महासचिव मार्फत् नगराउने निर्णय गरिएको इतवार जारि बिज्ञप्तीमा उल्लेख छ ।

एनआरएनए युकेको प्रेस बिज्ञप्तीमा भनिएको छ “आफूखुसी सप्रेषण गरिएका यस्ता असंगत सुचनाहरुको गलत प्रभाव परेको महसुस गरी आइन्दा संगठनको अहित हुने वा भ्रम पर्ने गरी यस्ता कार्य नगर्ने प्रतिवद्धता नगर्दासम्म गैर आवासीय नेपाली संघ युकेको आधीकारीक पत्राचार वा सुचना महासचिव मार्फत नगर्ने नगराउने निर्णय गरेको छ ।”

यसैगरी बैठकले संघको तर्फबाट गर्नुपर्ने आधिकारीक सुचना तथा पत्राचार गर्ने लगायतका कार्यहरु सचिवहरु ज्ञानेन्द्र आले, नम्रता घले र विष्णु चालिसे मार्फत गर्ने गराउने निर्णय गरेको छ ।

बैठकमा स्वास्थ्य विभाग, नागरिकताको निरन्तरता विबाद, नेपाली खाना प्रवर्धन विभाग, महिलाविभाग, युवा तथा खेलकुद विभाग, विधान संसोधन तथा कानुनी परामर्श विभाग, ब्यावसाय तथा लगानी प्रवर्धन विभाग तथा एनआरएन भोइसको सम्बन्धमा सम्बन्धित विभागिय प्रमुखहरुले रिपोर्ट गरेका थिए ।

बैठकले आगामी ६ अगष्टमा आयोजना हुने साधारण सभामा कार्य समितीका तर्फबाट प्रस्तुत हुने प्रतिबेदनको मस्यौदा तयार गरि कार्य समितीमा छलफलका लागि उपलब्ध गराउन महासचिवलाई एक हप्ता तथा ३ जुलाई २०२२ सम्मको समय दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले कार्यसमितीका प्रत्येक बैठकमा अपडेट हुनुपर्ने संघको आर्थिक गतिविधीको प्रतिवेदन विगतका केही बैठकहरुमा अपडेट नभएकोले आगामी साधारण सभामा प्रस्तुत गरिने आर्थिक प्रतिबेदनको पुर्ण पाठ यथाशिध्र कार्यसमितीलाई उपलब्ध गराउन भनिएको छ । त्यसकालागि कार्यसमितीका कोषाध्यक्षलाई आइतबार २४ जुलाई २०२२ को बैठकमा आर्थिक प्रतिबेदन लिएर प्रस्तुत गर्न निर्णय गरेको छ ।

त्यसैगरी बैठकले आगामी साधारण सभा सफल रुपमा आयोजना गर्न कार्य विभाजन लगायत विविध विषय समेट्ने गरी कार्य समितीमा प्रस्ताव गर्न कार्य समितीका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक