बिहीबार, चैत १५, २०८०

पर्खाल र छत नभएको सामान्य होटेल, रात बस्न हजारौंले पालो कुर्दै

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ असार १३ गते ११:३६

“सुत्न सकिएन” । “मेरो कोठामा धेरै हल्ला आएको थियो” । “रातभरि कुकुर कराएर सुत्नै पाइएन” । धेरै होटल व्यवसायीहरूले आफ्ना पाहुनाहरूबाट सुन्ने गुनासा हुन् यि । तर रिक्लिन दाजुभाइले झनै बढी हल्ला आउने, भित्ता र छानोसमेत नभएका होटेल चलाएर चकित पारिदिएका छन् । उनीहरुले खुला आकाशमा यस्तो कलात्मक होटेल बनाएका छन् कि ग्राहकले बेड नपाएर पालो कुर्दै बसेका छन् ।

ठूला तारे होटेलमा ग्राहकहरु नभैरहेका बेला यो छत र भिता समेत नभएको होटेल निकै ब्यस्त छ । मानिसहरुले कोठा बुक गर्न खोज्दा समयमा पाएका छैनन् ।

स्विस आर्टिस्टहरूले नन स्टार (तारा नभएको) होटल अवधारणा ‘एन्टी-आइडेलिक’ अभियान सुरु गरेका छन्, जहाँ पाहुनाहरूलाई पर्खाल वा छत बिनाको प्लेटफर्ममा दुई वटा ओछ्यान दिईन्छ ।

यो अहिले स्विट्जरल्याण्डको दक्षिणी प्रान्त भालेमा पर्ने सेलोन गाउँको पेट्रोल स्टेशन नजिकै सडकको छेउमा छ।

अघिल्लो तीन होटेलहरू स्विस ग्रामीण इलाका वा बंकर भित्र बनाइएको थियो । तर पर्खाल वा छत बिनाका नयाँ कोठा पेट्रोल, डिजेल र ग्याँसस्टेशनको नजिकै छन् ।

यस्तो कोठामा बस्नु भनेको अवस्था परिवर्तन हुँदा, हतारमा पर्दा वा खुला वातावरणमा रमाउन मन लाग्दा हो ।

पाहुनाहरूलाई संसारका सबै समस्याहरूको बारेमा सोच्न लगाउने उद्देश्य रहेको होटेल सन्चालक जुम्ल्याहा दाजुभाइले बताएका छन् । उनीहरूलाई फरक ढंगले काम गर्न प्रेरित गर्ने भनाई उनीहरुको छ ।

“यस नयाँ एन्टी-आईडिलिक अवधारणाको हहोटेलमा सुत्नु मात्रै प्राथमिकता, महत्व होइन” फ्रैंक रिक्लिनले भनेका छन् “के महत्त्वपूर्ण छ भने वर्तमान विश्व परिस्थितिको बारेमा यसले प्रतिबिम्बित गर्छ। यहाँ रहनु भनेको समाजमा तत्काल परिवर्तनको आवश्यकता पुरा गर्नु, बाँकि विश्व कसरि चलिरहेको छ भनेर बुझ्नु, छत र पर्खालको जन्जिरबाट स्वतन्त्र र खुला आकाशमा रमाउनु हो ।”

पाहुनाहरूलाई उनीहरूको अर्ध निद्रामा जलवायु परिवर्तन, युद्ध, र मानव समुदायको पूर्णताको लागि अन्तहीन प्रतिस्पर्धा र यसले ग्रहलाई निम्त्याउने क्षति जस्ता विषयहरू विचार गर्न अनुरोध गरिन्छ।

“छोटकरिमा भन्नुपर्दा यो सुतेर बिताउने समय होइन, प्रतिक्रिया जनाउने समय हो” प्याट्रिक रिक्लिनले भनेका छन् “यदि हामीले आज जुन अवस्थामा छौँ त्यहि अवस्थालाई जारि राख्यौं भने आगामी दिनमा उत्तम, राम्रो, असल भन्दा खराब ठाउँ र अवस्तथा आउन सक्छन् ।”

होटल व्यवसायी ड्यानियल चारबोनियरसँग मिलेर विकास गरिएको यो परियोजनाले अंगुरको बारी र रमणीय पहाडमा तीन अन्य ‘नल स्टर्न’ नाम दिईएको कोठाहरू जर्मनीमापनि शुरु गरेको छ ।

कोठाहरूमा पेय र विहानको नास्ताको ब्यवस्थासमेत छ । कोठा १ जुलाई देखि १८ सेप्टेम्बर सम्म उपलब्ध छन् । एक रातको मूल्य: ३२२ यूरो छ ।

सबैले आफ्नो मेहनतले कमाएको नगद यति धेरै कखर्च गरेर यस्तो खुला ओछायनमा बिताउन नचाहन सक्छन् । तर ६,५०० ग्राहकको प्रतीक्षा सूचीले नल स्टर्नको आश्चर्यजनक लोकप्रियतालाई प्रमाणित गर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक