शुक्रबार, वैशाख ७, २०८१

नेपालप्लस प्रभाव: बच्यो एनआरएनएको करिब २५ लाख

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार १३ गते १६:५२

कसले भन्छ लेखेर केहि हुन्न ? नेपालप्लसले आर्थिक पारदर्शिता बारे लेखेको समाचारकै कारण एनआरएनएको झण्डै २५ लाख रुपैयाँ जोगिएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बिहिवार १६ जुनमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा गरेको सेमिनारमा आर्थिक नियमावली र नियम बिपरित २० लाख भन्दा बढी खर्च गरेपछि त्यसका बिरुद्द नेपालप्लसले गत असार ५ गते (जुन १९ आइतवार) ‘आर्थिक नियमावली बिपरित प्रधानमन्त्रीसितको सेमिनारमा २० लाख खर्च : एनआरएनए भित्रै बबण्डर शुरु’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशित भएपछि एनआरएनए केन्द्रिय समिति, अन्तर्राष्ट्रिय कार्यकारि सचिवालय र अभियन्ताबिच कडा बहस चलेको थियो ।

अभियन्ताहरुको चर्को बिरोधका कारण आइतवार जुन २६ का दिन बसेको एनआरएनए अन्तर्राष्ट्रिय कार्यकारी समिति (आई ई एस) को बैठकले उक्त रकम संस्थाले नब्यहोर्ने निर्णय गरेको हो । शुरुमा करिब २० लाख भनिएपनि कूलमा उक्त रकम परिच २५ लाख रुपैयाँको थियो ।

संवन्धित : आर्थिक नियमावली बिपरित प्रधानमन्त्रीसितको सेमिनारमा २० लाख खर्च : एनआरएनए भित्रै बबण्डर शुरु

आईईएस बैठकको शुरुमै बिहिवार १६ जुनमा भएको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारमा एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयमा छलफल समेत नगरिकनै २० लाख पाँच हजार एक सय ७४ रुपियाँ खर्च गरेको बिल अध्यक्षद्वयले पेश गरेको विषयमा छलफल भएको थियो ।

लगभग छ घण्टा चलेको छलफलमा अधिकांश समय यहि विषयले ओगटेको थियो । त्यसबाहेक आर्थिक पारदर्शिता, नियमावली लगायतका विषयमा मनका बह पोख्ने काम भएको थियो ।

संवन्धित : संरक्षक, सल्लाहकार र मनोनित सदस्यमै एनआरएनए रनभुल्ल : आर्थिक पारदर्शिताको बहस चर्किने

बैठकको शुरुमै नेपालप्लसको प्रसंग

आइ ई एस बैठक शुरु भएपछि शुरुमै एनआरएनए अध्यक्ष कुल आचार्यले उपाध्यक्ष डा. हेमराज शर्मालाई नेपालप्लसमा प्रकाशित लेखको प्रसंग सुनाए । उनले भने – के हो हेमराज जी समितिमा, आइ ई एसमा दिनुभन्दा पहिलेपनि मेडियालाई दिने समाचार ?’

कुल आचार्यले सिधा आर्थिक नियमावली मिचेर २० लाख भन्दा बढी खर्च गर्ने प्रस्ताब बारे उल्लेख गरेनन् । उनले गैर आवासीय नेपाली संघ सुधार र सक्रियताकालागि उपाध्यक्ष डा. हेमराज शर्माले केन्द्रिय समिति समक्ष पठाएको लिखित सुझाव र प्रस्ताव नेपालप्लसमा प्रकाशित भएको प्रसंग उठाएका थिए । तर शर्माले आफ्नो प्रस्ताब शनिवार विहानै आइ ई एसमा ईमेलबाट पठाएका थिए । नेपालप्लसले उक्त १९ बुँदे ध्यानाकर्षण प्रस्ताव शनिवार मध्यरातमा प्रकाशित गरेको थियो ।

कुल आचार्यले ‘के हो आइईएसमा भन्दा पहिले मेडियामा दिने ?’ भनेपछि डा. हेम राज शर्माले जवाफ दिए ‘तपाईले नेपालप्लस मात्रै हेर्नुहुन्छ ? समितिलाई ईमेलबाट पठाएको थियो त ।’

संवन्धित : के हाम्रा कुरामा सरकार वा गैरआवासीय नेपालीले विश्वास गर्नसक्ने वातावरण बन्ला त ?

जेहोस, प्रधानमन्त्रीसहितको सेमिनारमा आर्थिक नियमावली बिपरित संस्थामा पेश गरिएको २० लाख भन्दा बढी रुपैयाँ अब संस्थाले भार बोक्नुनपर्ने भएको छ ।

कोषाध्यक्षसित सिफारिस नलिएको, १० लाख भन्दा बढी खर्च गर्नुपर्दा आईईएसमा छलफल गरि पास गरेर मात्रै गर्नुपर्नेमा आइईएसमा कुनै सल्लाह नगरिएकाले यो नितिनियम बिपरित हुने अधिकांश पदाधिकारीको भनाई थियो ।

त्यसपछि उक्त रकम संस्थाको नाममा खर्च नगर्ने बरु पदाधिकारीहरुले मिलेर उठाउने सहमति भएको छ । नेपालप्लसले संस्थाको रकम आर्थिक नियमावली बिपरित खर्च गर्न् लागिएको समाचार पटक पटक लेखेपछि उक्त समाचारकै कारण संस्थाको २० लाख भन्दा बढी रकम जोगिएको छ । र पदाधिकारिहरुले नितिनियम, नियमावली मिचेर संस्थाको रकम खर्च गर्नुहुन्न भन्ने पाठपनि सिकेका छन् ।

बिहिवार १६ जुनमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा गरेको सेमिनारमा २७० जना सहभागि आएको भन्ने लेखोट गरिएको तर संस्थाले खर्च तिर्दा किन २५२ जनाको तिब्यहोरेको भन्ने प्रश्नपनि आई ई एस बैठकमा उठेको थियो । सम्मेलनमा आउने मध्ये केहि एकल ब्यक्तिलेनै २, ३ वटासम्म प्लेट लिएर गए भन्ने जवाफ पनि दिईयो ।

बैठक लगभग ६ घण्टा चलेपनि उपाध्यक्ष डा. हेमराज शर्माले पठाएका १९ बुँदे ध्यानाकर्षणको लिखित विषयमापनि कुनै छलफल भएन । त्यसैगरि बैठकमा सल्लाहकार समिति गठन, संरक्षक परिषदको छनौट र मानार्थ परिषदको नियुक्ति लगायत कुनैपनि विषयमा आई ई एस बैठकमा छलफल भएन।

संवन्धित :

संरक्षक, सल्लाहकार र मनोनित सदस्यमै एनआरएनए रनभुल्ल : आर्थिक पारदर्शिताको बहस चर्किने

के हाम्रा कुरामा सरकार वा गैरआवासीय नेपालीले विश्वास गर्नसक्ने वातावरण बन्ला त ?

आर्थिक नियमावली बिपरित प्रधानमन्त्रीसितको सेमिनारमा २० लाख खर्च : एनआरएनए भित्रै बबण्डर शुरु

तपाइँको प्रतिक्रिया

फेसबुक