शनिबार, वैशाख ८, २०८१

नाटोले उच्च सतर्कताका नाममा सैनिकको संख्या ४० हजारबाट बढाएर तीन लाख पुर्‍याउने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १४ गते १९:५२

Image Credit-atlanticcouncil.org

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) ले उच्च सतर्कता बढाउने भन्दै आफ्नो ४० हजार सेनाबाट बढाएर तीन लाख पुर्‍याउने भएको छ ।

नाटो गठबन्धनका प्रमुख जेन्स स्टोल्टनबर्गले युक्रेनमा रसियाको युद्धको प्रतिक्रिया स्वरुप सैनिक संख्या बढाएर त्यसमा केन्द्रित हुनुपर्ने उल्लेख गरेका हुन् ।

स्विडेन र फिनल्याण्डलाई नाटो सदस्यकारुपमा सामेल गराउने बारेको आबेदनमापनि बिचार गर्ने उनले बताएका छन् ।

नाटोका महासचिव स्टोल्टेनबर्गले गठबन्धनको पूर्वी भागमा रहेका सेनालाई थप बल दिइने बताएका हुन् । यसको अर्थ उनले रुस-युक्रेन सिमा क्षेत्र जहाँ युद्ध चरमरुपमा भड्किरहेको छ त्यहि क्षेत्रलाई इंगित गरेका हुन् ।

लिथुआनिया, इस्टोनिया, लाटभिया, पोल्याण्ड, रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियालाई अधार बनाएर हाल नाटोद्वारा आठ युद्धसमूहहरू सिर्जना गरिएका छन्। उनीहरूलाई अन्य गठबन्धनका देशहरूबाट जहाँ जहाँ एकाइहरू गठन छन् तिद्वारा यी देशहरूमा सञ्चालन गर्न सुदृढ गरिनेछ । ति आधार वा ईकाईहरुमा भारी हतियारहरू पूर्व-तयारिकै स्थितिमा राखिएको नाटो प्रमुखले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा उल्लेख गरेका छन्।

स्टोल्टेनबर्गले सहयोगीहरूले स्पेनमा शिखर सम्मेलनको लागि बोलाउँदा युक्रेनलाई थप सैन्य सहयोग प्रदान गर्न सहमत हुनेसमेत बताएका थिए । उनले त्यस सहयोगलाई सुरक्षित संचार र एन्टी-ड्रोन प्रणाली सहित सशक्त सहायता प्याकेजको रूपमा वर्णन गरेका छन् ।

अलि लामो अवधि पछि नाटो सहयोगीहरूले युक्रेनलाई सोभियत युगको हतियारबाट बदलेर वा परित्याग गरेर नाटो गठबन्धनले प्रयोग गर्ने आधुनिक उपकरण प्रयोग गर्न लगाउने लक्ष्य राखेको समेत स्टोल्टेनबर्गले बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक