शुक्रबार, वैशाख १४, २०८१

टर्की भन्ने देश अब रहेन, बन्यो टर्किय

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १४ गते २३:५०

टर्कीलाई अब सदाका लागि बिदाई र टर्किया (कसैले टर्किएपनि भन्नसक्छन्) लाई स्वागत । हो टर्की भन्ने नाम सधैंकालागि बिदा भएको छ ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारले लामो समयदेखि चलिरहेको एकात्मकवादी नामलाई छोडेर आधिकारिक रूपमा देशको नाम परिवर्तन गर्ने निर्णय गरेको छ जुन प्राय: प्रसिद्ध टर्की नामको कुखुरा जस्तो जिवसँग भ्रमित थियो।

“टर्किय शब्दले टर्की राष्ट्रको संस्कृति, सभ्यता र मूल्यमान्यतालाई राम्रो तरिकाले प्रतिनिधित्व गर्दछ, व्यक्त गर्दछ” एर्दोगानले भनेका छन् ।

संयुक्त राष्ट्र संघ, विश्व व्यापार संगठन र नाटो जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले टर्कीका अधिकारीहरूको औपचारिक अनुरोध पछी टर्किय नामलाई पहिले नै अपनाइसकेका छन् ।

तर आलोचकहरूले देशको नाम पुनर्भाषित (रिब्रान्ड) गर्नु अर्को लोकप्रिय हतकण्डा गरिएको जुन एर्दोगानले देशको निरन्तर आर्थिक समस्याबाट ध्यान हटाउन र अर्को वर्षको महत्त्वपूर्ण चुनाव अघि राष्ट्रवादी मतदाताहरूलाई आकर्षित गर्न प्रयोग गरिरहेको बताएका छन् ।

यसरि नाम बदल्नुको वास्तबिक कारण के छ भन्ने ठ्याक्कै निस्चित गर्न नसकिएपनि आफ्नो देशको नाम फेर्ने टर्की पहिलो देश भने होइन ।

इरान, थाइल्याण्ड, श्रीलंका र उत्तरी म्यासेडोनिया लगायतका देशले यस अघि नाम फेरिसकेका हुन् ।

सन् १९३५ मा पर्सियाले आफ्नो नाम फेरेर ईरान बनाएको थियो भने सन् १९३९ मा सियामले आफ्नो नाम बदलेर थाइल्याण्ड बनाएको थियो ।

त्यस्तै, सन् १९७२ मा सिलोनलाई गणतन्त्र घोषणा गरियो र त्यस लगत्तै नाम बदलेर श्रीलंका बनाइयो । उअता सन् १९८९ मा बर्माको नाम बदलेर म्यानमार बनाइयो ।

सन् २०१६ मा चेक रिपब्लिकलाई नाम बदलेर चेचिया बनाइयो । तर अधिकांश देशले अझैपनि चेक रिपब्लिकनै सम्वोधन गर्छन् ।

सन् २०१८ मा मेसेडोनियाको नाम बदलेर नर्थ मेसेडोनिया बनाइयो । त्यसैगरि सन् २०२० मा नेदरल्याण्ड्सले हल्याण्ड भन्ने नाम जम्मा दुई वटा प्रान्तमा सिमित पार्‍यो र बाँकि देशको नाम नेदरल्याण्ड्स बनायो ।

तपाइँको प्रतिक्रिया