मंगलबार, वैशाख ११, २०८१

फ्रान्सको राष्ट्रिय सभा अध्यक्षमा पहिलो पटक महिला निर्वाचित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १५ गते ११:२३

फ्रान्सेली सांसदहरूले राष्ट्रिय सभाको अध्यक्षमा फ्रान्सको ईतिहासमै पहिलो पटक महिलालाई निर्वाचित गरेका छन् । राष्ट्रपती एमानुयल माख्रोंको पार्टीकी सदस्य ५१ वर्षिया याएल ब्राउन-पिभेटलाई राष्ट्रिय सभाको अध्यक्षमा मंगलवार निर्वाचित गरेका हुन् ।

फ्रान्सेली राष्ट्रिय सभाले आफ्नो १६ औं विधायिकाको उद्घाटन सत्रमा सदनको सभामुख बराबर मानिने यो पदमा याएल ब्राउन-पिभेटलाई आफ्नो अध्यक्षमा निर्वाचित गरेको हो ।

इमानुएल म्याक्रोनको रनेसँस पार्टी (पुनर्जागरण पार्टी) की ५१ वर्षीय सदस्य ब्राउन-पिभेट फ्रान्समा यो पद धारण गर्ने पहिलो महिला हुनेछन् ।

गत महिना फ्रान्सेली प्रधानमन्त्रीको रूपमा सेवा गर्ने दोस्रो महिला र तीन दशकमा पहिलो महिला प्रधानमन्त्रीका रुपमा एलिजाबेथ बोर्नलाई चुने पछि ब्राउन-पिभेट सभामुखको कुर्सीमा पुगेकि हुन् ।

एडिथ क्रेसोनले समाजवादी पार्टीका तर्फबाट १९९१ देखि १९९२ सम्म फ्रान्सको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सेवा गरेकि हुन् ।

याएल ब्राउन-पिभेट पेशाले अपराध बिरुद्द वकालत गर्ने कानुन ब्यवशायी हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक