बिहीबार, वैशाख १३, २०८१

दोस्रो विश्वयुद्ध पछि सबै भन्दा चुनौतिपूर्ण अवस्थामा नाटो

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १५ गते १४:५६

Image Credit-nato.int

दोस्रो विश्वयुद्दपछि ३० राष्ट्रको सैन्य गठाबन्धन उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सबैभन्दा चुनौतिपूर्ण अवस्थामा पुगेको छ ।

रुस-युक्रेन युद्दपछि विकास भएको परिस्थितिले नातो यस्तो अवस्थामा पुगेको हो ।

टर्कीले आफ्नो तर्फबाट फिनल्याण्ड र स्वीडेनलाई नाटोमा सामेल हुन आपत्ति नजनाएपछि ति दुई देशलाइ आमन्त्रित गर्न नाटो नेताहरू बुधबार छलफलमा जुटेका छन् । नाटो गठबन्धनले युक्रेनमा युद्धको चरम सिमा नाघेका बेला शिखर सम्मेलनमा आफ्नो प्रतिरक्षा सुधार गर्न खोजेको छ ।

दोस्रो विश्वयुद्दपछि नाटो सबैभन्दा चुनौतिपूर्ण अवस्थामा रहेको नाटो गठबन्धनले जनाएको छ ।

नाटो नेताहरू बुधवार रसियाले युक्रेनमाथि गरेको आक्रमणबाट उत्पन्न भएको जोखिमलाई तत्काल प्रतिक्रियामा बदल्न छलफल गरिरहेका छन् । आर्थिक सहयोग र आफ्नो मिशनमा सहयोग गर्न उनीहरूको एकतामा रहेका कुनैपनि दरारहरू हटाउन प्रयास उनीहरुले गरिरहेका छन् ।

नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले “गठबन्धनको बैठक म्याड्रिडमा दोस्रो विश्वयुद्ध पछि हामीले सामना गरेको सबैभन्दा गम्भीर सुरक्षा संकटको बीचमा भएको” बताए ।

रुसको छिमेकीमाथिको आक्रमणले युरोपको शान्ति भंग गरेको र नाटोलाई पूर्वी युरोपमा सेना र हतियारहरू खन्याउनको लागि शीतयुद्ध पछि कहिल्यै नदेखिएको स्थिति स्रिजना गरेकोपनि उनले उल्लेख गरे ।

गठबन्धनका सदस्यहरूले युक्रेनलाई अरबौंको सैन्य सहयोग र नागरिक सहायता पनि पठाएका छन् । नाटोका ३० नेताहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट उनका कुरा सीधा सुन्ने भएका छन् । भिडियो लिङ्क मार्फत भेलालाई जेलेन्स्कीले सम्बोधन गर्दा नाटोका सदस्यलाई अझ बढी सहयोगको आग्रह गर्ने सम्भावना छ ।

नाटो गठबन्धनको प्रमुख हिस्सा ओगट्ने अमेरिकाका प्रधानमन्त्री जो बाईडनले मंगलवार मेड्रिडमा गठबन्धन पहिले भन्दा अझ बढी एकताबद्द हुनुपर्ने बताए ।

तर नाटोका सहयोगीहरूले तनावको संकेत देखाउँदै छन् । किनभने ऊर्जा र अन्य आवश्यक सामानहरूको लागतले युद्ध र रूसमाथि कडा पश्चिमी प्रतिबन्धहरूको बीचमा आकाश छोएको छ। युद्ध कसरी समाप्त हुन्छ र युक्रेनले लडाई रोक्नको लागि कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा पनि तनाव छ।

पैसा पनि एक संवेदनशील मुद्दा हुन सक्छ । किनभने नाटोका ३० सदस्यहरू मध्ये नौ सदस्यले मात्रै हाल सुरक्षामा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत खर्च गर्ने संगठनको लक्ष्य पूरा गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नाटो सहयोगीहरूलाई आगामी दशकमा प्रतिरोध पुनर्स्थापना गर्न र रक्षा सुनिश्चित गर्न गम्भिररुपमा लाग्नुपर्ने बताएका छन् । नाटोमा कूल गार्हस्त उत्पादनको दुई प्रतिशत हिस्सा लगानी गर्नेमा बेलायतले आफ्नो भूमिका पुरा गरेको छ ।

रुस-युक्रेन युद्ध पछि पूर्वी युरोपमा नाटोले सेनामा ठूलो वृद्धि सुरु गरिसकेको छ । गठबन्धनले आफ्नो सेनाको शक्ति झन्डै आठ गुणा वृद्धि गर्न सहयोगीहरू शिखर सम्मेलनमा सहमत हुने अपेक्षा गरिएको छ । अर्को वर्ष ४० हजार सेनाबाट बढाएर तीन लाख पुर्‍याउने घोषणा गरिसकेका छन्न् । तर ति सेना आफ्ना गृह राष्ट्रहरूकै सैन्य आधारमा रहने छन् । ति सेना नाटोको पूर्वी भागमा रहेका युद्द जोखिम रहेका क्षेहरूमा रहने छन् जहाँ गठबन्धनले उपकरण र गोला बारुदको भण्डार निर्माण गर्ने योजना बनाएको छ ।

जो बाईडेनले पूर्वमा थप अमेरिकी सेना र स्पेनको रोटामा रहेको थप दुई नौसेना सहित युरोपमा अमेरिकी सेनाको उपस्थिति बढाउने योजना बनाएका छन् ।

नेताहरूले नाटोको नयाँ रणनीतिक अवधारणा, प्राथमिकता र लक्ष्यहरू सहितको एक-दशकको कार्य योजना पनि प्रकाशित गर्ने छन् ।

सन् २०१० मा रूसलाई नाटोको रणनीतिक साझेदार भनिएको थियो । अब रुस गठबन्धनको नम्बर एक खतरा घोषित हुने तयारीमा छ । साइबर सुरक्षादेखि जलवायु परिवर्तन, चीनको बढ्दो आर्थिक र सैन्य पहुँचका मुद्दाहरूमा नाटोको दृष्टिकोण पनि तय गर्ने छ ।

पहिलो पटक जापान, अष्ट्रेलिया, दक्षिण कोरिया र न्युजिल्यान्डका नेताहरू अतिथिका रूपमा शिखर सम्मेलनमा सहभागी भइरहेका छन्, जुन इन्डो-प्यासिफिक क्षेत्रको बढ्दो महत्त्वको प्रतिबिम्ब हो ।

स्टोल्टेनबर्गले चीन नाटोको शत्रु नभएको तर आफ्नो मूल्यमान्यता, आफ्नो हित र सुरक्षामा चुनौती खडा गरेको बताए।

टर्कीले मंगलबार स्विडेन र फिनल्याण्ड नाटोमा सामेल हुनको लागि आफ्नो विरोध हटाउन सहमत भएपछि शिखर सम्मेलन एउटा समस्याको समाधानको रुपमा शुरु भएको हो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यसको प्रतिक्रियामा दुई नर्डिक राष्ट्र स्विडेन र फिनल्याण्डले आफ्नो लामो समयदेखि रहेको असंलग्न स्थिति त्यागे । र बढ्दो आक्रामक र अप्रत्याशित रूसको विरुद्ध सुरक्षाको रूपमा नाटोमा सामेल हुन आवेदन दिए । फिनल्याण्डले रुससित लामो सिमाना साझेदारी गर्छ ।

नाटोले सहमतिमा काम गर्ने बताउँदै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले नर्डिक जोडी (स्विडेन र फिनल्याण्ड) लाई नाटो सदस्य बन्नबाट रोक्ने धम्की दिएका थिए ।

उनीहरूले कुर्दिश विद्रोही समूहहरू बारे आफ्नो अडान परिवर्तन गर्न जोड दिएका थिए जसलाई टर्कीले आतंकवादी मान्दछ ।

नाटो गठबन्धनका महासचिव स्टोल्टेनबर्गले तीन देशका नेताहरूसँगको उच्चस्तरीय वार्तापछि गतिरोध हटाइएको बताएका छन् ।

टर्कीले मंगलबारको सम्झौतालाई विजयको रूपमा स्वागत गरेको छ । नर्डिक राष्ट्रहरूले अंकाराले कुर्दिस्तान वर्कर्स पार्टी वा पिकेके र यसको सिरियाली भूमिमा भएको विस्तार सहित राष्ट्रिय सुरक्षा खतराहरू ठानेका समूहहरूमाथि स्विडेन र फिनल्याण्ड लगाम लगाउन सहमत भएका थिए। ति देशले टर्कीमा रक्षा उद्योगको क्षेत्रमा नाकाबन्दी नलगाउन र आतंकवादी अपराधीहरूको सुपुर्दगीमा ठोस कदम चाल्न पनि सहमत भएको जनाएको छ ।

३० राष्ट्रको गठबन्धनका नेताहरूले बुधबार दुई देशलाई सामेल हुन औपचारिक निमन्त्रणा दिने स्टलटेनबर्गले बताए । स्विडेन र फिनल्याण्डलाई नाटोमा प्रवेश गराउने निर्णयलाई सबै राष्ट्रहरूले अनुमोदन गर्नुपर्नेछ । तर उनले फिनल्याण्ड र स्वीडेन सदस्य बन्नेमा पूर्ण रूपमा विश्वस्त रहेको बताए ।

तपाइँको प्रतिक्रिया