शनिबार, वैशाख ८, २०८१

भ्लादिमिर पुटिन भन्छन् ‘पश्चिमी नेताहरू घृणित र नांगा देखिए’

नेपालप्लस संवाददाता / बेलायत२०७९ असार १६ गते २२:१४

Image credit- screen shot via compstudio.in

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नाङ्गो छाती भएको तस्बिरमाथि खिल्ली उडाएपछि पश्चिमा नेताहरू ‘घृणित र नांगा’ देखिएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बिहान तुर्किमेनिस्तानको भ्रमणका क्रममा पुटिनले पत्रकारसँग यस्तो टिप्पणी गरेका हुन् ।

युक्रेनमाथि रूसको आक्रमणलाई मुख्य एजेण्डा बनाएका जि ७ नेताहरूले जर्मनीमा हालैको शिखर सम्मेलनमा वार्ताका क्रममा रूसी राष्ट्रपतिको मजाक गरेका थिए ।

जि ७ का नेताहरु वार्ताकालागि बसेका बेला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले “हामी पुटिन भन्दा कडा छौं भनेर देखाउन पश्चिमी नेताहरूले आफ्नो ज्याकेट खोल्न सक्ने” भन्दै मजाक गरेका थिए । त्यसपछि उनीहरुले ज्याकेट फुकालेर सामुहिक तस्विर लिएका थिए ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पुटिनको घोडा चढेको नाङ्गो छातीको तस्बिरलाई अनुकरण गर्ने प्रयास गर्न सक्ने बताएका थिए ।

तर रुसी राष्ट्रपतिले उनीहरुलाई जवाफ फर्काएका छन् । उनले दाबी गरेका छन् “म उनी जस्तो छैन, पश्चिमी नेताहरूले रक्सीको दुरुपयोग गर्छन् र उनीहरु एथलेटिक छैनन् ।”

“मलाई थाहा छैन उनीहरू कसरी लुगा फुकाल्न चाहन्थे, कम्मरको माथि वा तल कतातिर लुगा नलगाउन चाहन्छन्” उनले भने “तर मलाई लाग्छ कि यो कुनै पनि अवस्थामा घृणित दृश्य हुने थियो ।

“रक्सी र अन्य खराब बानीको दुरुपयोग रोक्न आवश्यक छ” उनले पस्चिमी नेताहरुलाई ब्यंग्य गरे “शारीरिक व्यायाम गर्नुहोस् र खेलकुदमा भाग लिनुहोस् ।”

तपाइँको प्रतिक्रिया

फेसबुक