शनिबार, वैशाख १५, २०८१

युरोपमा फेरि बढ्यो कोरोना संक्रमण

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १७ गते २३:३८

गर्मीयामको छुट्टी शुरु भएसँगै युरोपमा फेरि कोरोना भाईरसको संक्रमणमा ब्यापक वृद्धि भएको छ ।

फ्रान्सको जनस्वास्थ्य विभागले जारि गरेको तथ्यांक अनुसार विहिवार साँझ कोरोना भाइरस संक्रमितको संख्या एक लाख २५ हजार पुगेको छ । गत हप्ताको तुलनामा यो हप्ता कोरोना संक्रमितको दर साँढे ७८ प्रतिशतले बढी छ ।

अस्ट्रिया, साइप्रस, फ्रान्स, जर्मनी, ग्रीस, लक्जमबर्ग, बेल्जियम, स्पेन, ईटाली र पोर्चुगलमा फेरि कोरोना भाइरसका संक्रमितहरुको संखख्या बढन् थालेको रिपोर्टमा उल्लेख छ ।

युरोपमा कोरोना संक्रमणकै कारण हाल प्रति दिन लगभग ५०० जनाको मृत्यु भैरहेको जनाइएको छ । यसको अर्थ अहिलेको अवस्था सन् २०२० को गर्मीकै हाराहारीमा पुगेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

युरोपेली क्षेत्रका देशहरूले पहिले अपनाएका सामाजिक सुरक्षा उपायहरू हटाएको र गर्मीको छुट्टीमा धेरै मानिसहरु घुम्न निस्किनाले भाइरस उच्च स्तरमा फैलिने डब्ल्यूएचओ युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगेले बताएका छन् ।

यो गर्मीको याममा युरोपभरि कोरोना संक्रमण उच्चरुपमा फैलिने चेतावनी स्वार्थकर्मीहरुले दिएका छन् ।

उता स्विजरल्याण्डको संघिय स्वास्थ्य विभागले यो गर्मीको छुट्टीमा देशको सम्पूर्ण जनसंख्याको १५ प्रतिशत नागरिक कोरोनाबाट संक्रमित हुने चेतावनी दिईसकेको छ ।

तपाइँको प्रतिक्रिया