शुक्रबार, चैत १६, २०८०

शशांकलाई चुनौती दिंदै मैदानमा उत्रिए, गणेश सापकोटा

नेपालप्लस संवाददाता / नवलपुर२०७९ असार १९ गते ९:०८

नवलपुर क्षेत्र नम्बर १ बाट स्ंघिय निर्वाचनका लागि गणेश सापकोटाले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य समेत रहेका रापकोटा नेपाली कांग्रेस नवलपुर क्षेत्र नं १ बाट महासमिती सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन । उनले नेपाली कांग्रेस पार्टीले युवाहरुलाई स्थान दिनुपर्ने बाटएका छन ।

“यदी कांग्रेस पार्टीले यहाँँका स्थानियको भावनालाई कदर गरेन भने म अब चुनावी मैदानबाट हट्ने छैन” उनले भने । विगत तीन कार्यकालसम्म यहाँँबाट चुनाव जितेर गएका नेपाली कांग्रेसका नेता शशांक कोइरालाले यस क्षेत्रका लागि कुनै ठोस काम नगरे पछी स्थानिय उनीसँग रुष्ट छन । तर पनि कोइरालाले चौथो कार्यकालका लागि यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका छन । निकै पातलो गरी जिल्लामा आउने कोइरालाले चुनाउमा सक्रियता बढाउन गैंडाकोटमा घर भाडामा लिइसकेको बताइएको छ । धेरै अघी देखी स्थानिय कार्यकर्ताहरुले उनलाई आफ्नो चुनाव क्षेत्रमा बसोवास गर्न सुझाएका थिए । तर उनले त्यसो गरेनन, बरु आफु चुनावमा जती पनि रकम खर्च गर्न सक्षम भएको दावी गरे ।

सापकोटा भन्छन- “शशांकजी हाम्रो नेता हो । उहाँले यो क्षेत्रमा घर लिएर बसोवास गर्न थाल्नु भयो भने हामीलाई खुशी नै हुन्छ । तर उहाँ अब हाम्रो अभिभावक भएर बस्नु पर्दछ । युवा र स्थानिय नेताहरुलाई मार्ग खुला गरिदिनु पर्दछ ।”

पहिलेको तुलनामा अहिले नेपाली कांग्रेसको मत घटेको छ भने संगठन झन कमजोर बनेको छ । पछिल्लो चुनावमा थोरै मतले जित हात पारेका कोइरालालाई त्यसै पनि अहिले त्यति सहज छैन । अझ नेपाली कांग्रेसकै कुनै युवाले उनका विरुद्दमा उम्मेद्बारी दिएमा कोइरालाका लागि यो निर्वाचन फलामका चिउरा सावित हुने पक्का छ ।

सापकोटाले आफुलाई पार्टीले टिकट नदिए पनि स्थानियको विकल्प भनेको चुनावमा जानु एक मात्र उपाए भएको बताए । “डा. कोइराला के सोच्नुहुन्छ कुन्नी, हामीलाई भने नेपाली कांग्रेस नवलपुरको संगठन असाध्य प्यारो छ । तर संगठनको अवस्था स्थानिय निर्वाचनमा झन प्रश्ट देखियो । अब यस्तो नहोस भनेर नै मैले उम्मेद्बारी घोषणा गरेको हुँँ” सापकोटाले भने ।

कोभिडका समयमा अलपत्र परेका यात्रुहरुलाइ घर घर पुर्‍याउने र पैदल हिंड्नेहरुलाई लगातार खाना खुवाएर चर्चामा आएका सापकोटा गैंडाकोटको हरियाली अभियान सँग समेत आवद्द छन ।

‘शशांक कोइरालाको विरुद्दमा चुनाव लड्दाको परिणाम थाहा होला नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने- “शशांक कोइरालाको विरुद्दमा हामीले कहाँँ चुनाव लड्ने हो र ! मैले के भनेको हो भने उहाँले अब यो क्षेत्रबाट विट मार्नु पर्दछ । हामी सक्षम भएका छौं, संगठन गर्न सक्ने सामर्थ्य पनि राख्छु । उहाँले खुशी खुशी बाटो छोडिदिनु पर्दछ ।”

उनले सुर्यभक्त अधिकारी र तिलक सापकोटाले यो जिल्लामा गरेको संगठनलाई डा कोइरालाले झन ध्वस्त पारेको पनि बताए । उनले भने- “उहाँ चुनाव जित्ने मिशनमा मात्र हुनुहुन्छ । हामीलाई हाम्रो संगठन दुरुस्त चाहिएको छ । समय अनुसारको बिकास चाहिएको छ । यो कुरा उहाँबाट सम्भव हुन सकेन । सधैंभरी कसरी आफ्नो घर अर्कालाई जिम्मा दिन सकिन्छ ?”

सापकोटाले पार्टीले टिकट नदिए पनि आफुले चुनाव जित्ने दावी गरे । “म त यो क्षेत्रका जनाताको घर घर पुगेको छु, अझै पुग्दैछु । सबैको म प्रती सहानुभुति छ । हरेक कार्यकर्ताहरुलाई गतिलो संगठन चाहिएको छ । त्यो गर्ने त हामीले नै हो”- उनले भने ।

सापकोटाको उम्मेद्बारीलाई अहिले नवलपुर भरी चासोको रुपमा हेरिएको छ । किनभने धेरैलाई पछिल्ला तीन कार्यकाल खेर गएकोमा पछुतो मात्र होइन थकथकी छ । स्थानियले जुन भरोसाले पटक पटक शशांक कोइरालालाई जिताएका थिए त्यो भरोसा हरेक पटक टुटेको छ । त्यसकारण पनि अहिले कुनै नयाँँ र स्थानिय ब्यक्तिको खोजी भइरहेको थियो । गणेश सापकोटाको उम्मेद्बारीलाई अहिले त्यही भरोसाका साथ हेरिएको छ ।

सापकोटा अहिले दह्रो उम्मेद्वार मात्र होइनन कोइरालाका लागि खतरानाक चुनौती पनि हुन । यस अघि कुनै पनि स्थानिय नेताले कोइरालाका विरुद्दमा आफ्नो उम्मेद्बारी घोषणा गरेका थिएनन ।

“कोइरालाका विरुद्दमा स्थानिय स्तरमा देखिएको यो चरम असन्तुष्टी मात्र होइन सधैं भरी कसैको दास मानशिकताबाट माथि उठेको विगुल पनि हो”- जिल्लास्तरिय एक नेता भन्छन । उनका अनुसार कसैको दासत्व स्विकार गर्नु भनेको आफ्नो आत्मालाई न्याय गर्न नसक्नु हो ।

सापकोटाले भने आफ्नो उम्मेद्बारी कसैको विरुद्दमा लक्षित नभई आफ्नो राजनितिक ईमान्दारिता र आफ्नो जिल्लाको आत्मसम्मानका लागि भएको बताएका छन । “मेरो मान्यता कांग्रेसले अथवा शशांक कोइरालाले हार्नु हुँदैन भन्ने हो । त्यसकालागि उहाँले खुशी साथ यहाँँको राजनीतिक मैदान हामीलाई हस्तान्तरण गर्नु पर्दछ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक