शुक्रबार, वैशाख १४, २०८१

फ्रान्समा कोरोना र पर्यटक दुबै बढ्दै, मास्क लगाउन आग्रह

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १९ गते १६:५९

गर्मीयामको छुट्टीको समय शुरु भए सँगै फ्रान्समा कोरोना भाईरस र पर्यटक दुबै बढ्न थालेपछि अधिकारीहरुले फेरि मास्क लगाउन आग्रह गरेका छन् ।

कोरोना संक्रमितहरु बढ्दै गएपनि कोरोना महामारी अत्यन्त्र उच्च भएका बेलामाझैं प्रतिबन्धहरु लगाउँदा पर्यटक भाग्ने र सरकार बिरोधीहरुर्लाई आन्दोलन गर्न उत्साहित गर्ने डरले कडा अप्रतिबन्ध भने नलगाउने भएका हुन् ।

पेरिस यात्रुहरूदेखि फ्रेन्च समुद्री किनारसम्मका पर्यटकहरू धेरैले सरकारको मास्क लगाउने आग्रहलाई स्वागत गरेको देखिन्छ । तर फेरि कोरोना भाईरस तिब्ररुपमा फैलिएमा सरकारले कडा प्रतिबन्धहरु लगाउन सक्ने त्रारासले भने चिन्तित छन् ।

गत दुई हप्तामा फ्रान्समा कोरोना संक्रमितहरुको संख्या अस्पतालमा द्रुत रूपमा बढेको छ । सरकारी तथ्याङ्कका अनुसार प्रत्येक दिन कोभिड-१९ का करिब १,००० बिरामीहरू अस्पतालमा भर्ना भैरहेका छन् ।

संवन्धित : युरोपमा फेरि बढ्यो कोरोना संक्रमण

तथ्यांकहरुको सुचिक्रित गर्ने संस्था आवर वर्ल्डका अनुसात अन्य युरोपेली देशहरूमा पनि संक्रमण बढ्दै गएको छ । तर फ्रान्सका अस्पतालमा मानिसहरूको चाप असाधारण रूपमा उच्च छ ।

फ्रान्सेली सरकारका प्रवक्ता ओलिभिया ग्रेगोइरले यस हप्ता राष्ट्रिय नियमहरू पुन: पेश गर्ने कुनै योजना नभएको बताएकि छन् । घर भित्र भेला हुने र अन्य गतिविधिहरूको लागि कुनै शर्त तत्काल लगाउने योजन नभएको उल्लेख गरेकी छन् ।

“फ्रान्सेली जनता प्रतिबन्धबाट बिरामी छन्” उनले बि एफएम तिभीलाई भनिन् “हामी विश्वस्त छौं कि मानिसहरूले जिम्मेवारीपूर्वक व्यवहार गर्नेछन् ।”

गत महिना फ्रान्सको संसदीय चुनावको परिणामस्वरूप राष्ट्रपति एमानुएल माख्रोंले राष्ट्रिय विधायिकामा आफ्नो बहुमत गुमाए । जबकि उनको सरकारको पहिलेको खोप र मास्क नियमहरूको विरोध गर्ने मध्यमार्गी, दक्षिणपन्थी र वामपन्थी पार्टीहरुले थुप्रै सीट प्राप्त गरे।

यस हप्ता प्रधानमन्त्रीले मानिसहरूलाई सार्वजनिक यातायातमा मास्क लगाउन सुरु गर्न सिफारिस गरेका हुन् ।

फ्रान्समा मास्क विवादित भएको छ । महामारीको सुरुमा, फ्रान्सेली सरकारले मास्क उपयोगी नभएको बताएको थियो । अन्ततः युरोपमा केहि कडा प्रतिबन्धहरू सँगै एक वर्ष भन्दा बढी चल्यो ।

पेरिसको एक अदालतले फ्रान्सेली सरकारले महामारीको सुरुमा सर्जिकल मास्कको पर्याप्त भण्डारण गर्न र भाइरस फैलिनबाट रोक्न असफल भएको मंगलबार फैसला सुनाएको थियो । पेरिसको प्रशासनिक अदालतले पनि मास्कले मानिसहरूलाई संक्रमित हुनबाट जोगाउँदैन भन्ने कुरामा चाँडै सुझाव दिनु सरकार गलत थियो भन्ने निर्णय सुनायो ।

सरकारले अप्रिलमा धेरैजसो भाइरस नियमहरू हटायो । त्यसपछि विदेशी पर्यटकहरू जमिन, समुद्र र हवाई मार्गबाट फ्रान्सेली भूमध्यसागरीय तटहरू, रेस्टुरेन्टहरू र बारहरूमा फर्केका छन् ।

यसैबिच फ्रान्सेली अस्पतालहरूले लामो समयदेखि चलिरहेको स्टाफ र कोषको अभावसँग संघर्ष गरिरहेका छन् । स्थानीय अधिकारीहरूले केही शहरहरूमा इनडोर मास्कको जनादेश सहित नयाँ उपायहरू विचार गरिरहेका छन् । तर आर्थिक गतिविधिलाई रोक्ने कुनै पनि योजना तत्कालका लागि छैन ।

तपाइँको प्रतिक्रिया