बुधबार, वैशाख १२, २०८१

प्रत्यारोपण अंगलाई लामो समयसम्म जीवित राख्न समुद्री कीरा !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १९ गते १८:२६

उत्तरी फ्रान्सको सँजँदु द्वा तटमा फ्रान्क जाल हातमा बेल्चा लिएर बालुवामुनि गाडिएका समुद्री कीराहरूको खोजीमा समुद्र तटको सर्वेक्षण गर्दैछन् ।

एक समुद्री जीववैज्ञानिक र फ्रान्सेली बायोटेक कम्पनी हेमारिनाका प्रमुख कार्यकारी निर्देशन जालले एक दिन मानव प्रत्यारोपणमा प्रयोग गर्न सकिने जीवहरूमा अद्वितीय गुणहरू पत्ता लगाएका छन् ।

“यस समुद्र तटमा धेरै अरनिकोल (समुद्री कीराहरू) हामीले देख्न सक्छौं । सायद दशौं टन” जालले भने ।

“यो कीरा पानीमुनि र बाहिरको हावामा सास फेर्न कसरी सक्षम छ भनेर बुझ्ने प्रयास गर्नु मेरो रुचि थियो” उनी भन्छन् ।

जालले वर्णन गरेका छन् “कम ज्वारभाटामा यस प्रकारका समुद्री कीराहरू अक्सिजन भण्डारबाट बाँच्न सक्षम हुन्छन् जुन उनीहरूले उच्च ज्वारमा सुरक्षित गर्छन्, समुद्री कीराको लागि सानो अक्सिजन ट्याङ्की जस्तै हुन्छ ।”

“हेमोग्लोबिन अणु वा अति सानो कण (मोलिक्युल) जसले यसलाई अक्सिजन भण्डार गर्न अनुमति दिन्छ । त्यो एक विशाल अणु हो जुन हाम्रो हेमोग्लोबिन भन्दा चालीस गुणा बढी अक्सिजन साँच्न सक्षम हुन्छ । त्यसैले यो अणुले चालीस गुणा बढी अक्सिजन साँच्न र कम थोरै समयमा वा धिमा गतिमा ज्वार चल्दा यसलाई छोड्न सक्षम हुन्छ” उनले भने ।

अक्सिजनको संरक्षण गर्ने र यसलाई बिस्तारै छोड्ने क्षमता तिनको गुण हो । जुन मानव प्रत्यारोपण र ग्राफ्टहरू प्रदर्शन गर्दा प्रभावकारी रूपमा काम गर्न सक्छ भन्ने सुनिश्चित गर्न रामवाण (गेम चेन्जर) हुन सक्छ ।

“यो प्रत्यारोपण समय विरुद्धको दौड हो” जालले उल्लेख गरे ।

“जब तपाइँले मुटु विच्छेद गर्नुहुन्छ त्यसबेला तपाइँसँग विच्छेद भएको क्षण र तपाइँले यसलाई प्रत्यारोपण गर्ने समय बीचमा चार घण्टा हुन्छ । कलेजो आठ घण्टाको हुन्छ, फोक्सो छ घण्टाको हुन्छ, मिर्गौला करिब १२ घण्टाको हुन्छ र प्यान्क्रियाज अझ नाजुक हुन्छ “उनले थपे।

जालका अनुसार, लक्ष्य प्रत्यारोपणलाई अक्सिजन दिने उत्पादन विकास गर्नु हो ताकि यो रोगीमा प्रत्यारोपण गर्नु अघि जिउँदो रहन सकोस्।

उनी भन्छन् “यसले प्रत्यारोपणलाई प्राप्तकर्तामा धेरै लामो समयसम्म बस्ने उच्च सम्भावना” दिन सक्छ ।

हेमरिनाले किराहरू प्रयोग गरेर विकास गरेको उत्पादनलाई “हेमो २ लाइफ उत्पादन” भनिन्छ । हाल यो अंग प्रत्यारोपण, रक्तक्षेपण र दन्त उत्पादनहरूमा प्रयोगको लागि व्यवहार्य छ कि छैन भनेर परिक्षण भइरहेको छ ।

तपाइँको प्रतिक्रिया