मंगलबार, वैशाख ११, २०८१

जनस्वास्थ्यमा असर परेको भन्दै एम्स्टर्डमद्वारा हवाई यातायातमा कटौती

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २० गते १६:५६

हवाई चापले ध्वनी प्रदुषण र कार्बनडाइअक्साईड उच्च भएको भन्दै नेदरल्याण्ड्सको एम्स्टर्डमस्थित सिफोल एयरपोर्टमा विमान संख्या घटाईएको छ ।

हवाई ट्राफिकलाई अधिकतम चार लाख ४० हजार वार्षिक उडानहरूमा सीमित गर्ने निर्णय गरिएको हो । कोविड-१९ महामारी अघि यस विमानस्थलमा वार्षिक पाँच लाख उडान हुन्थे ।

ध्वनी प्रदुषण फैलिएको र कार्बनडाईअक्साईड ज्यादा अबढेको भन्दै थानीय बासिन्दाहरूको बारम्बार गुनासोहरू आइरहेको थियो । जुन २४ मा डच सरकारले स्थानीय बासिन्दाहरूको गुनासोहरूको जवाफमा यो परियोजना प्रस्तुत गर्‍यो । डच नेताहरूको उल्लेखित उद्देश्य ध्वनि प्रदूषण र कार्बनडाईअक्साईड उत्सर्जनलाई कम गर्न, बासिन्दाहरूको स्वास्थ्य र वातावरणको रक्षा गर्न यस्तो निर्णय गरेको हो ।

“राम्रो अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, राम्रो व्यापारिक वातावरण र राम्रो जीवन वातावरणको महत्त्व बीच नयाँ सन्तुलन आवश्यक छ” पूर्वाधार मन्त्री मार्क हार्बर्सले घोषणा गरेका छन् ।

डचहरुको यो निर्णयले पेरिस नजिकैको र्वासी-चार्ल्स द गोल एयरपोर्ट वरपरको वातावरण संरक्षण र बासिन्दाहरूको रक्षाका लागि आवाज उठाउँदै आएका संघहरूलाई प्रेरित गर्ने छ ।

फ्रान्स प्रकृति वातावरण, ग्रीनपीस, फ्रेन्ड्स अफ द अर्थ र नो ओ टि ४ समूह लगायतका अठार स्थानीय संघहरूले फ्रान्सेली अन्तर्राष्ट्रिय विमानस्थललाई छोटो अवधिमै यसको ट्राफिक १२ प्रतिशत घटाउन अर्थात् प्रति वर्ष ६० हजार उडानहरू कटौती गर्न आह्वान गरिरहेका छन्।

“एम्स्टर्डम-सिफोलमा जे सम्भव छ र्वासी-चार्ल्स द गोल एयरपोर्टमा पनि सम्भव छ” उनीहरूले एक प्रेस विज्ञप्तिमा लेखेका छन् ।

यो दृष्टिकोण एयरपोर्टहरू वरपरको आवाज, रासायनिक प्रदूषण, र उड्डयनबाट हरितगृह ग्यास उत्सर्जन कम गर्ने युरोपेली निर्देशनहरू र नियमहरूसँग पूर्णतया मेल खान्छ ।

यस्तो माग राखिएपनि वातावरणवादी, अभियन्ताहरुकोलागि यो खासै सकारात्मक देखिएको छैन । वातावरण संरक्षण र ध्वनी प्रदुषण रोकथामको लागि यसको मस्यौदा योजना जनवरी २० मा सार्वजनिक परामर्शको लागि खोलिएको थियो । पेरिसको एयरपोर्टले २०२५ मा प्रति वर्ष छ लाख ८० हजार विमान उड्ने पूर्वानुमान गरेको छ । सन् २०१९ मा पाँच लाख चार हजार विमान उडेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक