बिहीबार, चैत १५, २०८०

फ्रान्समा सरकार फेरबदल : पुरुष र महिला मन्त्रीको संख्या बराबर

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २० गते १९:१४

फ्रान्सेली राष्ट्रपती कार्यालय एलिजे प्यालेसले सोमबार बिहान महिला र पुरुष मन्त्रीको संख्या बराबर छान्दै आधिकारिक रूपमा नयाँ सरकारको संरचना घोषणा गरेको छ ।

नयाँ सरकार घोषणामा २१ पुरुष र प्रधानमन्त्री एलिजाबेथ बर्न सहित महिलाको संख्यापनि २१ नै छ ।

फ्रान्सको सरकारमा पूर्ण समानता भन्दै यसलाई युरोपभरिबाट समर्थन र प्रशंसा गरिएको छ । किनभने प्रधानमन्त्री एलिजाबेथ बोर्नसँगै अब २१ महिला र टोलीमा २१ पुरुष छन्।

व्यवस्थापिका–संसद्को निर्वाचनपस्चात भएको फेरबदलपछि सोमबार बिहान नयाँ सरकारको घोषणा गरिएको हो ।

बलात्कारको आरोप लागेका डेमियन अबाद बाहिरिएका छन् । उनको अनुसन्धान फाईल खोल्ने सम्बन्धमा सरकारका ब्यक्तित्वहरु चिन्तित छन् ।

त्यस्तै विधायिका चुनावमा पराजित तीन मन्त्रीहरूको प्रतिस्थापन (अमेली द मोंसालाँ, जस्टिन बेनिन, ब्रिजिट बुर्गिन्निंयों) भएको छ । त्यसैगरि राष्ट्रिय सभामा नयाँ अध्यक्ष याएल ब्राउनपिभे चुनिएकि छन् । अर्को तर्फ मार्लेन स्किप्प फिर्ता भएकि छन् । स्वास्थ्य मन्त्री ओलिभिय भेरँ नयाँ सरकारका प्रवक्ता बनेका छन् । उनको स्थानमा फ्रंस्वा ब्राउन स्वास्थ्य मन्त्री बने ।

तपाइँको प्रतिक्रिया

फेसबुक