मंगलबार, वैशाख ४, २०८१

न्यूजील्याण्ड-ईयु स्वतन्त्र व्यापार सम्झौताको युरोपेली किसानहरूद्वारा निन्दा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २१ गते १८:५०

 

न्युजिल्याण्ड र युरोपेली युनियनबिच भएको स्वतन्त्र ब्यापार सम्झौताको युरोपेली किसानहरूले निन्दा गरेका छन् ।

चार वर्षको वार्ता पछि युरोपेली संघ र न्यूजील्याण्डले बिहीबार जुन ३० मा स्वतन्त्र व्यापार सम्झौता गरेपछि युरोपेली किसान संघले त्यसको निन्दा गरेको हो ।

यस व्यापार सम्झौताले दुई पक्ष बीचको व्यापार ३० प्रतिशत बढाउन योगदान पुर्‍याउन सक्ने युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेकि छन् । उनले ‘अभूतपूर्व सामाजिक र जलवायु प्रतिबद्धता’ भन्दै त्यसलाईपनि पनि स्वागत गरेकि थिईन् ।

तर युरोपेली किसान युनियन भाय क्याम्पेसिना (ईसिभिसी) का अनुसार यो एक अप्रचलित सन्धि हो । यसले कृषि, नागरिक र ग्रहलाई आवश्यक परिवर्तनहरू भन्दा पनि कृषि-निर्यात व्यापार र यसबाट फाइदा लिने सम्भ्रान्त वर्गहरूलाई मात्रै निरन्तर प्राथमिकता दिन्छ ।

मानक र अनुचित प्रतिस्पर्धा

वाया क्याम्पेसिनाले युरोपेली पशुधन प्रजननकर्ताहरूको लागि यो संझौताले हानिकारक प्रभावहरू ल्याउनुकासाथै अनुचित प्रतिस्पर्धा हुने बताएको छ ।

“न्यूजील्याण्डको उत्पादन लागत युरोपको तुलनामा धेरै कम छ । पशुमूलक उत्पादनहरू (दूध, भेडाको मासु र गाईको मासु) को लागि त्यसले विश्व बजारको मूल्यलाई निराश बनाउँछ” एक विज्ञप्तिमा भनिएको छ ।

युरोपेली किसानहरूले लागू गर्ने वातावरणीय, पशु कल्याण र जलवायु मापदण्डहरू न्युजिल्याण्डले लागू नगर्ने किसान संघले दाबी गरेको छ ।

युरोपेली संघ र न्युजिल्याण्डबिच गरिएको संझौताको पूर्ण पाठ अब अन्तिम कानूनी संस्करणमा पुनर्लेखन, अनुवाद र त्यसपछि युरोपेली संसदमा पेश गर्नुपर्छ । त्यसलाई ईयुका सदस्य राष्ट्रहरुद्वारा सम्भवतः २०२३ मा छलफल गरिनेछ ।

“हामीले सम्झौताको मस्यौदा विस्तृत रूपमा मूल्याङ्कन गर्नेछौं ताकि हाम्रो चासोलाई ध्यानमा राखिएको छ भनेर प्रमाणित गर्न सकियोस्” फ्रान्सेली वैदेशिक व्यापार मन्त्री फ्रान्क रिस्टरले चेतावनी दिएका छन् ।

उनले पेरिस सम्झौताको समावेशीकरणलाई भने स्वागत गरेका छन् । आवश्यक बुँदा र सम्झौताको पाठमा फ्रान्सको संवेदनशील कृषि क्षेत्रहरूको लागि सुरक्षाको अस्तित्व हुनुपर्ने बताएका छन्।

न्यूजील्याण्डले विश्वको सबैभन्दा ठूलो व्यापारिक संस्थाहरू मध्ये एक युरोपेली संघसँग स्वतन्त्र व्यापार सम्झौता गरेको थियो । दुबै पक्षले आधुनिक, उच्च गुणस्तरको सम्झौता सुरक्षित गरेका बताएका थिए ।

युरोपेली आयोगले बिहीबार (३० जुन) मा न्यूजील्याण्डसँगको स्वतन्त्र व्यापार सम्झौतामा वार्ता सम्पन्न गर्‍यो जसले युरोपेली गाई र भेडा किसानहरूका लागि निश्चित सुरक्षाहरू राखेको छ । संझौतामा अभूतपूर्व स्थिरताका प्रावधानहरू सहित दुई व्यापार साझेदारहरू बीचको बाँकी मूल्यहरू घटाउने भनिएको छ।

न्युजिल्याण्ड र ईयुबिचको नयाँ ब्यापार संझौता (एफ टि ए) व्यापार र दिगो विकासको लागि नयाँ ईयु दृष्टिकोण समावेश गर्ने पहिलो सम्झौता हो जुन आयोगले गत हप्ता मात्र प्रस्तुत गरेको थियो ।

उदाहरणका लागि, एफटीएले पेरिस जलवायु सम्झौतालाई सम्मान गर्ने स्वीकृत प्रतिबद्धताहरू समावेश गरेको छ । यसबाहेक, व्यापार सम्झौतामा श्रम मापदण्ड, व्यापार र लैङ्गिक समानताको एक अध्यायमा बाध्यकारी प्रावधानहरू छन्।

आयोगका कार्यकारी उपाध्यक्ष वाल्डिस डोम्ब्रोभस्किसले भनेक छन् “सरल शब्दमा भन्नुपर्दा, यी कुनै पनि व्यापार सम्झौतामा राखिएको सबैभन्दा महत्वाकांक्षी दिगोपनसहितका प्रावधानहरू हुन् ।”

यदि कुनै पनि पक्षले आफ्नो दायित्व पूरा गर्न असफल भएमा तिनीहरू प्रतिबन्धहरू मार्फत लागू गर्न सकिने प्रावधान संझौतामा राखिएको छ । तर प्रतिबन्धहरू अन्तिम उपायको रूपमा मात्र प्रयोग गरिने भनिएको छ ।

एफटिएले थप प्रत्यक्ष हितहरू पनि समेट्छ । उदाहरणका लागि, युरोपेली कार र कपडाहरूका लागि शुल्कहरू हाल ५ देखि १० प्रतिशत रहेकोमा एफटिए लागू भएपछि पूर्ण रूपमा खारेज गरिनेछ ।

कृषि संरक्षण

२००० भन्दा बढी युरोपेली उत्पादनहरू भौगोलिक संकेतहरूका आधारमा सुरक्षित गरिने छ । तिनमा विशेष गरी मदिरा (वाईन) पर्ने छ । यसबाहेक ईयुले गाई र भेडाको मासुको साथै दुग्धजन्य उत्पादनहरूका लागि केही व्यापार सुरक्षाहरू राख्न सक्छ ।

न्युजिल्याण्ड प्रधानमन्त्री आडेर्नले न्युजिल्यान्डका उत्पादकहरूलाई पनि फाइदा हुनेमा जोड दिएकि छन् । किवी फल अन्ततः युरोपेली बजारमा बिना रोकतोक, भन्सार मूल्य बिनानै आउनसक्ने उनले बताएकि छन् ।

तर यो सम्झौता लागू हुनको लागि एफटीएलाई युरोपेली संसद र २७ ईयू सदस्य राष्ट्रहरूका व्यापार मन्त्रीहरूले स्वीकार गर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक