शुक्रबार, वैशाख १४, २०८१

लोप भएको ४० वर्षपछि मोजाम्बिकमा फर्किए गैंडा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २१ गते २३:१३

Image Source-savetherhino.org

अफ्रिका महादेशको मोजाम्बिकमा लोप भएको ४० वर्षपछि सेतो गैंडा फर्किएका छन् । गैंडा फर्किएसँगै त्यहाँको पर्यटन उद्योगलाई समेत टेवा पुर्‍याएको देखिएको छ ।

मोजाम्बिकले छिमेकी दक्षिण अफ्रिकाबाट १९ वटा सेतो गैंडा प्राप्त गरेको हो । शिकारीहरूले अत्यधिक शिकार गरेर नष्ट गरेपछि चार दशकभन्दा बढी अवधिमा प्रमुख राष्ट्रिय निकुञ्जमा घुम्ने पहिलो भएका छन् ति गैंडा ।

दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेलाई जोड्ने ग्रेट लिम्पोपो ट्रान्सफ्रन्टियर पार्कको हिस्सा रहेको जिनाभ राष्ट्रिय निकुञ्जमा गैंडा स्थानान्तरण गरिएको छ । त्यो गैंडाको अहिलेसम्मको सबैभन्दा लामो सडक स्थानान्तरण दाबी गर्दै यसले पर्यटनलाई बढावा दिने अपेक्षा गरिएको पिस पार्क फाउन्डेसनले आफ्नो वेभसाईटमा एक एक विज्ञप्ति मार्फत् उल्लेख गरेको छ ।

१५ वर्षको गृहयुद्धबाट गैंडाको संख्या घटेपछि पार्कले स्विक्रिति लिएर शिकार गर्न सकिने (गेम एनिमल्स) २,४०० जनावरहरू स्थानान्तरण गरेर ल्याएएको छ ।

गैंडाको फिर्तीले ४,००० वर्ग किलोमिटर पार्कलाई पर्यटकीय गन्तव्यमा परिणत गर्ने परियोजनाको नेतृत्व गर्ने संरक्षण समूह फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत वर्नर माइबर्गले ब्लुमबेर्ग डट कमलाई बताएका छन् ।

“यो मोजाम्बिकको एक मात्र राष्ट्रिय निकुञ्ज हो जसमा हात्ती, गैंडा, सिंह, चितुवा र भैंसी गरी ठूला पाँच प्रजातिहरू छन्” उनले ब्लुमबेर्ग डट कमलाई भने।

“यसले अन्तर्राष्ट्रिय लगानी र पर्यटन विकासको लागि ढोका खोल्नेछ जसको फलस्वरूप पार्क सञ्चालनलाई दिगो बनाउन आय उत्पन्न गर्नेछ” माइबर्गको भनाई छ । आगामी दुई देखि तीन वर्षमा निकुञ्जमा गैँडाको सङ्ख्या बढेर ४० पुग्ने अनुमान गरिएको छ ।

८,००० भन्दा बढी कालो र सेतो गैंडा (विश्व जनसंख्याको एक तिहाई) दक्षिणी अफ्रिकामा शिकारको कारण मारिएका थिए । गैंडाको खाग (सिङ) कालागि शिकारीहरूद्वारा मारिन्छन् । गैंडाको सिङलाई पाउडरमा परिणत गरिन्छ र त्यसमा औषधीय गुणहरू हुन्छन् भन्ने विश्वास पूर्वी एशियामा गरिन्छ।

गत वर्ष मे महिनामा छिमेकी जिम्बाब्वेले गैँडाको संख्या समाप्त भएपछि ३० वर्षपछि पहिलो पटक आफ्नो गोनारेझाउ राष्ट्रिय निकुञ्जमा गैँडा फेरि ल्याएको हो ।

तपाइँको प्रतिक्रिया