बिहीबार, चैत १५, २०८०

युरोपमा नबसिकनै गोल्डेन भिसा : कुन कुन देशमा कसरि पाइन्छ ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २३ गते ११:०१

युरोप, अमेरिका, जापान, अष्ट्रेलियामा बसोबास र ब्यापार गर्ने लोभ विश्वका धेरै देशमा छ । अर्को देशमा बस्न र काम गर्ने अधिकार प्राप्त गर्नु सजिलो त छैन । त्यो लामो र कठिन प्रक्रिया हुन सक्छ। तर पैसा खर्च गर्नेहरूका लागि त्यो सधैं कठिन भने छैन ।

गोल्डेन भिसाले धनी व्यक्तिहरूलाई घरजग्गा किन्ने अवसर प्रदान गर्दछ । कहिलेकाहीँ त्यो देशमा नबसिकनै पनि पाइन्छ ।

युरोपेली संघका देशमा गोल्डेन भिसाको लोकप्रियता बढ्दै गएको छ । किनभने मानिसहरू ब्रेक्सिट जस्ता राजनीतिक निर्णयहरूबाट टाढै रहन खोज्छन् । किनकि ब्रेक्जिटले उनीहरूको अधिकारलाई सीमित गर्न सक्छ।

पछिल्लो समय अमेरिकामा अस्थिर राजनीतिक र सामाजिक वातावरणले अमेरिकीहरूबाट अन्य देशमा गोल्डेन भिसाका लागि आवेदनहरू बढ्ने अपेक्षा गरिएको छ । आफ्नो पछिल्लो प्रतिवेदनमा, त्यस्तो पासपोर्ट र भिसाकोलागि काम गर्ने (पासपोर्टिङ फर्म) ‘गेट गोल्डेन भिसा’ ले २०२२ अहिलेसम्मको सबैभन्दा व्यस्त वर्ष हुने भविष्यवाणी गरेको छ।

यी गोल्डेन भिसा योजनाहरू के हुन् ?

खास गरेर ठूलो लगानी योजनाहरूद्वारा निवासको इजाजतसमेत पाइने भिसानै ‘गोल्डेन भिसा’ भनेर चिनिन्छ । मानिसहरूलाई त्यहाँ घर खरिद गरेर वा ठूलो लगानी वा चन्दा दिएर आफ्नो देशमा आवासीय अनुमति प्राप्त गर्ने मौका दिईन्छ ।

गोल्डेन भिसाकालागि कुनै पनि आवेदक १८ वर्ष भन्दा माथिको हुनुपर्दछ । कुनैपनि फौजदारी काण्ड, आपराधिक क्रियाकलापमा संलग्न भएको हुनुहुन्न । आवश्यक लगानी गर्न पर्याप्त रकम हुनुपर्दछ।

आवाशिय अनुमति पाउनकालागि ‘गोल्डेन पासपोर्ट) को ब्यवस्थापनि छ जसलाई लगानी कार्यक्रमहरूद्वारा दिँदा आधिकारिक रूपमा नागरिकता भनिन्छ । त्यसले विदेशीहरूलाई लगानीको माध्यम प्रयोग गरेर नागरिकता प्राप्त गर्न अनुमति दिन्छ ।

युरोपेली संघमा रहेका देशहरूका लागि यसको अर्थ ईयुको बासिन्दा हुनुका धेरै संघको फाइदाहरूमा पहुँच प्राप्त गर्नु पनि हो । ईयुका देशहरू बीच स्वतन्त्र आवतजावत गर्न पाउनुपनि हो ।

गोल्डेन भिसाकोलागि के गर्दै छ ईयुले ?

यस वर्षको सुरुमा युरोपेली आयोगले ईयु सरकारहरूसमक्ष लगानीकर्ताहरूलाई नागरिकता बेच्न रोक्न आग्रह गर्यो ।

यद्यपि ति गोल्डेन भिसा भन्दा फरक छन् जसले नागरिकताको सट्टा स्थायी बसोबास प्रस्ताव गर्दछ । यो किन आएको हो भने रुस-युक्रेन युद्धको क्रममा संयुक्त रुपमा अरबौं अरब युरो लगानी भित्रिएला भन्ने त्रास हो । युद्धको बेला अरबौं अरब भित्रिएला, अनिच्क्षुक रकम भित्रिएला र त्यसले इयुको अर्थतन्त्र र लगानीमा असर पार्ला भनेर हो । युक्रेन युद्धको क्रममा यी योजनाहरूले सुरक्षा जोखिम हुन सक्ने चिन्ताहरू प्रकट गरिएको हो ।

युरोपेली संघको राजधानी ब्रसेल्सले युद्धका कारण स्वीकृत भएका मानिसहरूसँग गोल्डेन पासपोर्ट वा गोल्डेन भिसा लिएका छन् कि छैनन् भनेर दोहोरो जाँच गर्न देशहरूलाई आह्वान गरेको छ।

विगतमा युरोपेली संघले यस प्रकारका योजनाहरू सुरक्षा, पारदर्शिता र युरोपियन युनियन परियोजनाको आधारभूत मूल्यहरूको लागि जोखिम भएको बताएको थियो ।

गत फेब्रुअरीमा बेलायत सरकारले आफ्नो गोल्डेन भिसा योजना खारेज गर्‍यो । त्यो भिसाले धनी विदेशी नागरिकहरूलाई आफ्नो सम्पत्तिको केही अंश मात्रै आफूसँग ल्याएपनि बेलायतमा बसोबास गर्न अनुमति दिन्थ्यो । यो योजना समाप्त गर्ने निर्णय किन गरियो भने रुसबाट अनधिक्रित रुपमा ‘विषाक्त धन’ नभित्रियोस भनेर त्यसलाई रोक्ने कदमको रूपमा आएको हो ।

कुन कुन ईयु देशहरूले गोल्डेन भिसा प्रस्ताव गर्छन् र के छन् आवश्यकता ?

युरोपेली संघमा अझै केहि देश छन् जसले अझै पनि गोल्डेन पासपोर्ट प्रस्ताव गर्दछ। यी मध्ये एउटा देश माल्टा हो। यहाँ न्यूनतम लगानी रकम छ लाख ९० हजार युरोबाट सुरु हुन्छ । त्यस्तो ब्यक्तिलाई १२ र ३६ महिना बीचको नागरिकता प्रदान गरिन्छ ।

त्यसबाहेक अरू धेरैले अझै पनि गोल्डेन भिसा योजनाहरू प्रस्ताव गर्छन्। यी देशहरूमा लगानी गरेर बसोबास गर्न कति खर्च लाग्छ भन्ने केही उदाहरणहरू हेरौं-

पोर्चुगल

पोर्चुगल लगानी गरेर बसोबास गर्न खोज्नेहरूका लागि निकै उत्तम देश मानिन्छ। सन् २०२१ मा गोल्डेन भिसाका लागि १० हजार भन्दा बढी आवेदनहरूपरेका थिए ।

यहाँ मानिसहरूले या त सम्पत्ति खरिद गर्न सक्छन् वा आफ्नो केही सम्पत्ति देशमा लगानी गर्न सक्छन् जसलाई पूँजी स्थानान्तरण लगानी भनिन्छ।

पोर्चुगलमा न्यूनतम लगानी दुई लाख ८० हजार युरो छ । कम जनसंख्याको घनत्व भएको क्षेत्रमा सम्पत्ति खरिद गरेर यो सुविधा लिन सकिन्छ । एक पटक यो लिएपछि नवीकरण गरिरहनुपर्छ । यदि कसैले नगद मात्रै देखाएर गोल्डेन भिसा लिन चाहन्छ भने उसले पोर्चुगाली बैंक खाता वा स्वीकृत लगानीमा ५० लाख युरो ट्रान्सफर गर्न सक्छ ।

आवासीय भिसा कायम राख्नका लागि प्रत्येक वर्ष करिब सात दिन मात्रै देशमा बसे पुग्छ । त्यस्तो ब्यक्तिले पाँच वर्षपछि नागरिकता पाउन सक्छ ।

तर हालैका महिनाहरूमा आएका रिपोर्टहरूले विदेशी र सीमा सेवा (सेफ्), सिमा अधिकारीहरुको झन्झट, सिमामा हुने नियमको अदलीबदलीले निम्त्याउने झमेलाले उनीहरूको गोल्डेन भिसा नवीकरण गर्न अनुमति नदिएपछि ठूलो संख्यामा मानिसहरू फसेका छन् भन्ने सुझाव दिएको छ ।

इटाली

लगानी गरेर बसोबास गर्न खोज्नेहरूका लागि इटाली अर्को लोकप्रिय गन्तव्य हो । सन् २०१७ मा प्रस्तुत गरिएको, यसको गोल्डेन भिसाले गैर-ईयू नागरिकहरूलाई इटालीमा लगानी गरेबापत दुई वर्षको लागि आवासीय अनुमति दिन्छ ।

यहाँ न्यूनतम लगानी पाँच लाख युरो छ । त्यो ईटाली भित्रै गर्नुपर्छ । यो भिसा भएकाहरूले आवेदनमा आफ्नो परिवारलाई पनि समावेश गर्न सक्छन् र विशेष कर व्यवस्थाबाट फाइदा लिन सक्छन् ।

एक पटक यो योजना प्रयोग गर्नेहरू १० वर्ष इटालीमा बसेपछि तिनीहरू नागरिकताको लागि योग्य हुन सक्छन् ।

ग्रीस

ग्रीसले आवासीय अनुमति प्राप्त गर्नको लागि द्रुत प्रक्रियाहरू मध्ये एक गोल्डेन भिसा प्रदान गर्दछ। योग्य विदेशीहरूले आवेदन गरेको ६० दिन भित्र अनुमति प्राप्त गर्न सक्छन् ।

ग्रिसमा दुई लाख ५० हजार युरोमात्रै लगानी गरेपनि पुग्छ । गोल्डेन भिसा लिने जो छन् तिनले आफ्नो भिसा कायम राख्न ग्रिसमै बस्नुपर्छ भन्ने अनिवार्यतापनि छैन ।

सन् २०२१ को अन्त्यसम्ममा लगानी योजनाहरूद्वारा ग्रिसमा निवासहरूको लागि नौ हजार पाँच सय आबेदन परेका थिए जुन युरोपमा सबैभन्दा धेरै संख्याहरू मध्ये एक हो।

आयरल्याण्ड

आयरल्यान्डले न्युनतल लगानी १० लाख युरो राखेको छ । तर यसले गैर ईयु नागरिकहरूलाई अंग्रेजी बोल्ने देशमा सर्ने मौका प्रदान गर्दछ ।

आयरल्याण्ड आप्रवासी लगानीकर्ता कार्यक्रम सहज बनाउने देशको रूपमा चिनिन्छ । यहाँको आवासीय भिसा पाँच लाख युरो दान दिएपनि प्राप्त गर्न सकिन्छ ।

तर अप्रिलमा युरोपेली संसदले यो देशलाई यसको योजना कर दुरुपयोगको लागि कमजोर भन्दै चेतावनी दिएको थियो । आयरल्यान्डले पनि युक्रेनमाथि रुसले आक्रमण गरेपछि रुसमाथि लगाइएको प्रतिबन्धको एक भागको रूपमा मार्चमा रूसी नागरिकहरूको लागि यो योजना निलम्बन गर्‍यो।

तपाइँको प्रतिक्रिया

फेसबुक