शुक्रबार, चैत १६, २०८०

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

नेपालप्लस संवाददाता / बेलायत२०७९ असार २३ गते २०:१७

Image Credit-wikipedia.org

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार राजिनामा दिएका छन् । आफ्नै सरकारका शीर्ष सदस्यहरूले राजिनामा दिने, एक्ल्याउने र ठूलो विद्रोह गर्ने भएपछि आफ्नो पार्टी कन्जभेटीभको नेताबाट राजिनामा दिएका हुन् । आफ्नो पार्टीको नेताबाट राजिनामा दिएपछि उनले प्रधानमन्त्री पदपनि छोड्नुपर्छ ।  सत्तामा उनले तीन उथलपुथलका वर्ष बिताएका थिए ।

जोनसनको पार्टीमाथि चर्को दबाब स्रिजना भएपछि आफ्नै पार्टीले चाहे अनुरुपपनि उनले राजिनामा दिएको बेलायती अखबारहरुले उल्लेख गरेका छन् ।

बेलायतलाई युरोपेली युनियनबाट बाहिर निकाल्ने र कोभिड-१९ मार्फत नेतृत्व गर्ने ५८ वर्षीय राजनीतिज्ञ हुन् उनी । ति लगायत युक्रेनमा भएको युद्धमा गरेको सफल कामलाई उनको एउटै कमजोरीले उनको प्रशंसा भन्दा आलोचना माथि पर्‍यो । उनले यौन दुर्व्यवहारको आरोप लगाइएका एक जना राजनीतिज्ञको नियुक्ति गरेपछि आलोचना तिब्र भएको थियो ।

जोनसनले कन्जरभेटिभ पार्टीको नेताको पदबाट तुरुन्तै राजीनामा दिए । तर पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म उनी प्रधानमन्त्रीको रूपमा रहने बताए । धेरैले उनलाई अब कार्यवाहक प्रधानमन्त्रीका रुपमापनि हेर्न चाहेका छैनन् । किनभने केही कन्जरभेटिभ राजनीतिज्ञहरूले कार्यवाहक प्रधानमन्त्रीको रूपमा पनि उनले दूरुपयोग गर्न सक्ने डर व्यक्त गरेका छन् ।

बिहीबार विज्ञान मन्त्रीको पदबाट राजीनामा दिएका जर्ज फ्रिम्यानले भने “बोरिस जोनसनले आफ्नो चरित्र अनुसार तीन महिना शान्त, नम्र र गल्तिको पश्चात्ताप गर्दै शासन गर्न सक्षम हुनेछन् भनेर हेर्न धेरै गाह्रो छ ।”

जोनसनको उत्तराधिकारी हुनसक्ने सम्भावित उम्मेद्वारहरू मध्ये: पूर्व स्वास्थ्य सचिव साजिद जाविद, पूर्व वित्तमन्त्री ऋषि सुनक, विदेश मन्त्री लिज ट्रस र रक्षा सचिव बेन वालेस रहेको एपी न्युजले जनाएको छ ।

पछिल्ला केही दिनमा झण्डै ५० क्याबिनेट सचिव, मन्त्री र तल्लो तहका अधिकारीहरूले पछिल्लो काण्डका कारण प्रधानमन्त्रीलाई इमान्दारिता नभएको भन्दै सरकार छाडेका थिए ।

तर उनले सरकार छोड्न चाहेनन् । बुधवार उनले सांसदहरुलाई ‘आफूहरुमाथि मतदाताबाट ठूलो जनादेश रहेकोले अझै शासन गर्ने बताएका थिए ।

तर उनको निकटतम सहयोगी मध्ये एक, नवनियुक्त बित्त मन्त्री नदिम जाहावीले सार्वजनिक रूपमा उनलाई देशको भलाइको लागि राजीनामा दिन भनेपछि बिहीबार बिहान उनी हार स्वीकार गर्न बाध्य भएको बताइएको छ ।

“हामीले यति धेरै काम गरिरहँदा र हामीसँग यति विशाल जनादेश हुँदा सरकारहरू परिवर्तन गर्नु सनक हुनेछ भनेर पछिल्ला केही दिनहरूमा मैले मेरा सहकर्मीहरूलाई मनाउन कोसिस गरें, जोनसनले भने “ती तर्कहरूमा सफल हुन नसकेकोमा मलाई पस्चाताप छ, र पक्कै पनि धेरै विचार र परियोजनाहरू आफैंले हेर्न सक्षम हुन नसक्नु पीडादायी छ ।”

उनले भने “यो स्पष्ट छ, अब संसदीय कन्जरभेटिभ पार्टीको इच्छा अब त्यो पार्टीको नयाँ नेता र त्यसैले नयाँ प्रधानमन्त्री चुन्नुपर्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक