आइतबार, मंसिर ११, २०७९

जहाँ केटीहरूले विवाह अघि आगोमा हाम फाल्नुपर्छ

नेपालप्लस संवाददाता२०७९ असार २५ गते ६:००

टिकुना ब्राजिल, कोलम्बिया र पेरुको आदिबासी समुदाय हो । तिनीहरू ब्राजिलको अमेजन क्षेत्रमा सबैभन्दा बढी जनसंख्या भएको आदिवासी जनजाति हुन् । तिनीहरूलाई मागिता, टुकुना वा टिकुना पनि भनिन्छ। तिनीहरू मूल रूपमा समुद्रि, नदीको पानीबाट धेरै टाढा भूपरिवेष्ठिक क्षेत्रमा बस्थे । जसले गर्दा तिनीहरूलाई आफ्नो तट विस्तार गर्न वा आफ्नो तट बनाउन प्रतिबन्धित गर्यो किनभने तिनीहरू अन्य जनजातिहरूले घेरिएका थिए।

तिनीहरू सांस्कृतिक र जातियरुपमापनि रूपमा अनौठा छन् । तिनीहरूले आफ्नै समुदाय, जातिमा मात्रै विवाहको अभ्यास गरे । तर अहिले त्यस्तो छैन । त्यो किनपनि भने तिनीहरूसँग जलमार्गहरूमा पहुँच छैन । त्यो बेला जलमार्गमा पहुँच नबहेपछि अन्य समुदायसित भेटघाट सजै हुन्थेन । टिकुना भूभागले उनीहरूलाई औपनिवेशिकताको प्रभावबाट हुने रोग र हिंसाको विरुद्धमा बच्न भने मद्दत गर्यो । उपनिवेशवादीहरू र तिनीहरूका छिमेकीहरू बीचको युद्धको समयमा तिनीहरू आफ्ना टापु र तटीय क्षेत्रहरूमा शान्तले बसे ।

टिकुना जनजाति

Image Source- olecolombia.com

टिकुना मानिसहरूको परम्परागत लुगा रूखको बोक्राबाट बनेको हुन्छ । तिनीहरूले पश्चिमीहरुले लगाउने जस्तै लुगाहरूपनि अपनाएका भने छन् । तिनीहरूले अझै पनि रूखको बोक्राबाट बनेको लुगाहरु बिभिन्न समारोहहरूमा लगाउँछन् र पर्यटकहरूलाई पनि देखाउँछन् ।

तिनीहरू ल्याटिन लिपिमा लेखिएको टिकुना भाषा बोल्छन् र जनजातिका दुई प्रमुख धर्महरू शमनवाद र ईसाई धर्म मान्छन् ।

शमनहरूले टा’एलाई सृष्टिकर्ता देवताको रूपमा हेर्छन् जसले पृथ्वीमा मानिसहरूको मामिलाको रक्षा र निर्धारण गर्दछ भन्ने गर्छन् । ति योई र ईपी राक्षसहरूसँग लड्ने पौराणिक नायकहरूपनि हुन् । तर ईसाई धर्मको आगमनसँग तिनीहरू मध्ये धेरैले धर्म परिवर्तन गरेका छन् ।

ब्राजिलको उपनिवेशको समयमा पोर्चुगलको पानी जहाजमा आएका समुह (फ्लीट) ले अमेजनको खोजी गरिरहेको बेला उनीहरूको जनजाति बाहिरका मानिसहरूसँग पहिलो पटक सम्पर्क भएको थियो ।

टिकुनाले सन् १५४९ मा पोर्चुगिज र अन्य जनजातिका मानिसहरूसँग सम्पर्क गरे । त्यहि बेलादेखि अन्तरक्रिया सुरु भयो । बाहिरीहरूसँग तिनीहरूको अन्तरक्रिया हुनु राम्रो थियो । तिनकालागि आशिर्वाद पाए जस्तै भयो । किनभने तिनीहरूको जमिन, वन फाँड्ने वा काठका ब्यापारी, काठ खोपेर डुंगा बनाउनेहरु थिए । केहि सोलिमोस नदीको वरिपरि अतिक्रमण गरेर बसेका थिए।

सन् १८६४ र १८७० को बीचमा ब्राजिल र पाराग्वे बीचको युद्ध भयो । त्यो समयमा टिकुनाले युद्दको एक हिस्सा बन्ने निर्णय गरे जसले तिनीहरूको जनसंख्या घट्यो । किनकि युद्धमा टिकुना जनजातिका धेरै मारिए । तिनीहरूलाई ब्राजिलको क्षेत्रबाट लखेटियो ।
यद्यपि सन् १९९० मा ब्राजिलले उनीहरूलाई शान्ति र सुरक्षा प्रदान गर्दै उनीहरूको भूमिमा तिनको अधिकारलाई औपचारिक रूपमा मान्यता दियो।

पेलाजोन समारोह

टिकुनाले पेलाजोन समारोहको अभ्यास गर्दछन् । यसलाई यु उ उ ए चिगा समारोह भनेर पनि चिनिन्छ । यसकोलागि केटीहरूलाई उनीहरूको पहिलो महिनावारी पछि पुरुष र उनीहरूको समुदायबाट अलग गरिन्छ । जहाँ केटीहरू विवाह गर्न उमेर पुगिसकेका छन् भनी देखाउन निश्चित संस्कारहरू गर्न लगाइन्छ ।

केटीले पहिलो महिनावारीको अन्त्यमा चीलको प्वाँख र शंखको खोलबाट बनेको औपचारिक पोशाक लगाउनुपर्छ । शरिरको सबै अंग कालो रङले पोतिएको हुन्छ । केटीको टाउकोका सबै कपालहरू तानेर उसको टाउकोमा आफ्नै कुल जनाउने कुनै प्रतिरुपको चिन्हको रेखाचित्रले शरिर कालो रंगमा रंगाइएको हुन्छ ।
त्यसपछि केटीलाई लगातार आगोमा हामफाल्न लगाइन्छ जुन काम चार दिनसम्म गर्नुपर्छ ।

त्यसपछि त्यो केटी विवाहका लागि योग्य भएको प्रमाणित हुन्छ । यो उनीहरूको कुलबाहिरको पुरुषसँग गर्नुपर्छ । उनीहरूको आफ्नो चलन र परम्परा अनुसार हुनुपर्दछ जुन उनीहरूले आफ्नो समुहमा प्रचलन र नियम अनुसारको अभ्यास गर्थे ।

साथै पहिले उनीहरूले बहुविवाहलाई प्रोत्साहन गरे । तर अब यसलाई प्रोत्साहन गरिंदैन । क्रिस्चियन धर्मको प्रभावको परिणाम स्वरूप सम्बन्ध विच्छेद पनि न्यूनतम रूपमा घटाइएको छ ।

पश्चिमीकरण र शिक्षाको कारणले त्यो घट्दै गएपनि टिकुना समुदायका मानिसहरू अझै पनि पेलाजोन धार्मिक परम्परा वा अनुष्ठानलाई समर्थन गर्छन् । तर अहिले यो छोटिंदै गएको छ र पहिले भन्दा खुकुलो वा कम कट्टर छ।

तपाइँको प्रतिक्रिया