मंगलबार, वैशाख ४, २०८१

रुस बिरुद्द जवाफी आक्रमण गर्न युक्रेनद्वारा आफ्ना बासिन्दालाई खेरसोन छोड्न आग्रह

नेपालप्लस संवाददाता / बेलायत२०७९ असार २७ गते १०:३३

phoTo-screen shot, the globala news

युक्रेनले रुस बिरुद्द प्रतिकार आक्रमण गर्ने भन्दै खेरसनका नागरिकहरूलाई यस क्षेत्रबाट जतिसक्दो चाँडो बाहिर निस्कन आग्रह गरेको छ । अघिल्लो दिन, युक्रेनको डोनेस्क क्षेत्रमा रुसी रकेटहरूले पाँच तले अपार्टमेन्ट ब्लकमा प्रहार गर्दा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

युक्रेनले उत्तरी क्षेत्रमा रुसबिरुद्द हमलाको योजना बनाएकाले आफ्ना बासिन्दाहरूलाई आफूले कब्जा गरेको दक्षिण क्षेत्रतिर जान आग्रह गरेको छ ।

युक्रेनका उपप्रधानमन्त्रीले रुसको कब्जामा रहेको दक्षिणी क्षेत्र खेरसनका नागरिकहरूलाई युक्रेनको सशस्त्र सेनाले त्यहाँ जवाफी हमलाको तयारी गरिरहेकोले तुरुन्तै त्यहाँबाट बाहिरिन आग्रह गरेकि हुन्।

“यो स्पष्ट छ कि त्यहाँ लडाइँ हुनेछ, त्यहाँ तोपको गोलाबारी हुनेछ । र त्यसैले हामी (मानिस) लाई तुरुन्तै खाली हुन आग्रह गर्दछौं” उपप्रधानमन्त्री इरिना भेरेशचुकले राष्ट्रिय टेलिभिजनमा भनिन् ।

उनले जवाफी कारवाही कहिले हुन्छ भन्ने थाहा नभएको बताइन् । “मलाई पक्का थाहा छ कि त्यहाँ महिला र केटाकेटीहरू हुनुहुँदैन, र तिनीहरू मानव ढाल बन्नु हुँदैन” उनले भनिन्।

युक्रेनले फेब्रुअरी २४ मा रुसको आक्रमणपछिको पहिलो हप्तामा खेरसनको ब्ल्याक सी क्षेत्रको धेरैजसो नियन्त्रण गुमाएको थियो ।

यसैबिच युक्रेनी सैनिकहरूको पहिलो समूह सैन्य तालिमकालागि बेलायत पुगेका छन् । धेरैसँग अघिल्लो सैन्य अनुभव नबहेकाले लडाई प्रशिक्षणको लागि बेलायत पुगेका हुन् ।

तपाइँको प्रतिक्रिया