शुक्रबार, वैशाख ७, २०८१

सयौं मान्छेका बिचबाट सुटुक्कै रानी !

नेपालप्लस संवाददाता / लण्डन२०७९ असार २८ गते ८:५८

बेलायती रानीको बकिंहम दरवार । सोमवार दरवारको वारपार पुरै पर्यटकहरुको भिड थियो । मूलढोका भित्र आधा दर्जन जति मात्रै सुरक्षाकर्मी रातो पहिरनमा थिए । दरवार हेर्दा दरवार जस्तो लागेपनि सुरक्षाकर्मीको चहलपहल, सर्वसाधारणलाई हिंडडुलमा गरिने थुनछेक र सुरक्षाका थप गतिबिधि केहि नदेख्दा दरवार जस्तो लाग्थेन ।

केहि बेरमा पहेंलो वस्त्रधारी केहि प्रहरीहरु देखिए, दरबार बाहिर सडकमा । प्रहरीले दरवार अगाडिको सडक पार गर्न रोक्यो । एक्कासि पाँ पुँ पाँ पुँ गर्दै प्रहरीको भ्यान दरवार अगाडिको मूल सडकमा रोकियो । दरवार अगाडि उभिएका सयौं पर्यटक र अन्य नागरिक कसैलाइपनि देखल भने पुर्‍याइएन, हिंडडुल र दरवार हेर्न थुनछेक पनि गरिएन । दरबार अगाडि उभिएकाहरुलाईपनि हटाईएन ।

एक्कैछिन् पाँ पुँ पाँ पुँ गर्‍यो प्रहरीको गाडी । त्यसको एक्कैछिनमा काला रङका तीन वटा गाडी आए । बिचको गाडीमा बेलायतकी रानी एलिजावेथ रहिछिन् । रानी आएकि होलिन् भनेर कसैलेपनि अनुमान र शंकापनि गरेन । तर रानीले आफैं गाडीको झ्यालबाट हात हल्लाईन् । त्यसपछि मान्छेहरु छक्कै परे । सबैले परररररर ताली बजाए । रानीको जय जयकार गरे ।

रानी रहिछिन् भन्ने कुरो थाह पाएपछि दरबार वरिपरिको भिड एक्कासि दरबारको पर्खालतिर सोझियो । एक्कैछिनमा पर्खालको छेउमा ठूलो भिड जम्मा भयो । मानिसहरु रानीलाई देख्न सकिन्छ कि भनेर भिड लागेका थिए । रानी कुन बाटो दरबार भित्र प्रवेश गर्छिन् भन्ने कौतुहलतापनि मानिसहरुमा देखियो ।

रानी दरबार प्रवेश गर्ने एकदमै छोटो समयकालागि मात्रै प्रहरीहरुले सडक पार गर्न रोकेका रहेछन् । अन्य गाडीहरुलाईपनि तीन चार मिनेटका लागि मात्रै रोके । रानी दरवारको मुल ढोकाबाट भित्र प्रवेश गर्नसाथ सबै खुल्ला गरियो ।

अचम्म के भने सडकमा सुरक्षा दिने, सडक पार गर्न रोकेका जो सुरक्षाकर्मीहरु थिए तिनलाईनै थाह रहेनछ, रानी आउँदैछिन् भन्ने । रानी दरबारको मूल प्रवेशद्वारबाट भित्र गरेपछि ति सुरक्षाकर्मीहरुनै भन्दै थिए, ‘ओहो रानी पो रहिछन् ! हामीलाइ थाहै थिएन ।’

 

तपाइँको प्रतिक्रिया

फेसबुक