आइतबार, मंसिर ११, २०७९

अश्वेत वा एसियाली मुलको प्रधानमन्त्री बन्ला त बेलायतमा ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ असार ३० गते १:२७

युकेको अर्को प्रधानमन्त्री बन्नका लागि दौडमा रहेका दावेदारहरूको विशेष सूचीबाट कोहि एशियाली मूलको वा अश्वेत ब्यक्ति प्रधानमन्त्री बन्ला ? त्यो नहोला भन्न सकिन्न । किनभने कन्जरभेटिभ पार्टी भित्र जातीय अल्पसंख्यक प्रतिभा प्रवर्द्धन गर्न वर्षौं देखि प्रयत्नपनि भैरहेको हो । त्यसैले के एक अश्वेत वा एसियाली ब्यक्ति प्रधानमन्त्री बनेर बेलायतमा जातीय समानताको लागि अग्रसर होला ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई ७ मा आफ्नो राजीनामा घोषणा गरेपछि कन्जरभेटिभ पार्टीमा नेतृत्वको प्रतिस्पर्धा सुरु गर्यो जसमा पार्टीका सदस्यहरूले आफ्नो अर्को प्रमुख नेता र बेलायतको अर्को प्रधानमन्त्री चयन गर्नेछन् ।

जोनसनलाई प्रतिस्थापन गर्न प्रतिस्पर्धामा भाग लिने हाल आठ उम्मेद्वार देखिएका छन् । त्यो सूची उल्लेखनीय रूपमा विविध छ । चार जना महिला हुन् । चार जनाले अक्सफोर्ड वा क्याम्ब्रिज जस्ता कुलीन विश्वविद्यालयहरूमा शिक्षा लिएका छैनन् । सामान्यतया प्रधानमन्त्रीहरूको लागि यसलाई आवश्यक शर्त मानिन्छ । र चार जनाको जातीय अल्पसंख्यक पृष्ठभूमि छ ।

यी मध्ये एक भूतपूर्व चान्सलर ऋषि सुनक वर्तमानमा अग्रपंक्तिमा छन् । परम्परागत रूपमा पुरुष, गोरा र कुलीन वर्गको रूपमा हेरिने पार्टीले उनलाई बेलायतको पहिलो गहुँगोरो रङको प्रधानमन्त्री बनाउनसक्छ भन्ने सम्भावना बढाएको छ । सुनकको जन्म साउथ ह्याम्प्टनमा पूर्वी अफ्रिकाबाट बेलायत आएका भारतीय आमाबुवाबाट भएको थियो।

म्यानचेस्टर विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक र ब्रेक्सिटल्याण्डका लेखक रोब फोर्ड भन्छन् “हामी यस्तो युगमा प्रवेश गर्दैछौं जहाँ आप्रवासी कथा प्रत्येक पश्चिमी युरोपेली देशको राजनीतिक कथाको पूर्ण रूपमा केन्द्रीय भाग हो । बेलायतमा पहिलो कालो वर्ण वा गहुँगोरो वर्णको प्रधानमन्त्रीको नियुक्ति प्रतीकात्मक रूपमा एक शक्तिशाली क्षण हुनेछ । र राष्ट्रले आफूलाई कसरी हेर्छन् र अरूले कस्तो देख्छन् भन्ने सन्दर्भमा धेरै महत्त्वपूर्ण हुनेछ।”

पार्टीको मुहार फेरिने !

नेतृत्वका लागि उम्मेदवारहरूको विविधता पार्टी एकजुटक बनाउन गरिएको प्रयासको परिणाम हो। सन् २००५ मा पार्टी नेता र भावी प्रधानमन्त्रीका रुपमा रहेका डेभिड क्यामरुनले महिला, अपाङ्गता र जातीय अल्पसंख्यक सांसदहरूको संख्या बढाएर रूढिवादी पार्टीको अनुहार परिवर्तन गर्ने आफ्नो योजना घोषणा गरेका थिए ।

“उनीहरूलाई असहिष्णु र विभाजनकारी पार्टीको रूपमा हेरिएको थियो” फोर्ड भन्छन् “लक्ष्य के थियो भने जातीय अल्पसंख्यक मतदाताहरूसँग कन्जरभेटिभ पार्टीको अपील, संवन्ध नवीकरण गर्नु थियो । तर उदारवादी गोरा मतदाताहरूसँग पनि त्यो संवन्ध कायम राख्नु थियो । किनभने कन्जरभेटिभ पार्टी अल्पसंख्यक, जातिय, आप्रवाशीहरुप्रति असहिष्णु छ भन्ने प्रतिष्ठा मतदानमा ठूलो बाधक थियो ।”

क्यामरुनले विभिन्न उम्मेदवारहरूको ए-सूची (पहिलो चरणको वा माथिल्लो चरण) बनाएका थिए जसलाई अगाडि राखिएको थियो । तिनले संसदमा सिट जित्न सफल भए । त्यसबेलादेखि ती सांसदहरूमध्ये धेरै सरकारको शीर्ष स्थानमा काम गर्न पुगेका छन् ।

कन्जरभेटिभ पार्टीले सन् २०१४ मा आफ्नो पहिलो जातीय अल्पसंख्यक ब्यक्तिहरुको बहुमत भएको मन्त्रिपरिषद बनायो । अल्पसंख्यक ब्यक्तिहरु मन्त्रीपरिषदमा बहुमत सदस्य भएदेखि २०२१ मा बेलायती इतिहासमा सबैभन्दा जातीय विविधतायुक्त क्याबिनेट भएको ईतिहास बन्यो ।

संसदमा दुई तिहाइ जातीय अल्पसंख्यक सदस्यहरू लेबर पार्टीका छन् । जातीय अल्पसंख्यक रूढीवादीहरूको प्रमुखताले विविधता प्रदर्शन गर्न र पार्टीलाई पुन: ब्रान्डिङ गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

फोर्ड भन्छन् “यो वास्तवमा १६ वर्ष पहिले नेताको नीति छनोटको उदाहरण हो । फल फलाउन लामो समय लिन्छ । क्यामरुनले रोपेको विरुवाको फल अहिले लागेको देखियो ।”

तर जब प्रभाव पर्छ यो एकदम नाटकीय रुपमा देखिन्छ । मूलतः तीन जातीय अल्पसंख्यक सांसदहरू मध्ये एक जना जो कन्जरभेटिभ बेन्चमा थिए उनी हाल प्रधानमन्त्री बन्ने नेताको लागि उभिएका छन् । ”

ए ‘समानताको अनादर’

पार्टी रिब्रान्डभन्दा बाहिर गएर हेर्दापनि नेतृत्वका दावेदारहरूको यस्तो विविध सूचीले वास्तविक फाइदाहरू ल्याउँछ । “कुनै पनि भूमिकाका लागि उत्कृष्ट प्रतिभालाई कायम राख्नको लागि विविध छनोट सूची मौलिक रूपमा महत्त्वपूर्ण छ” जाति र अल्पसंख्यक मुद्दाहरूमा बेलायतको थिंक ट्याङ्क रन्नीमेड ट्रस्टका सीईओ हलिमा बेगम भन्छिन् “तर तपाईंले विविधताका मुद्दाहरूमा ती उम्मेद्वारहरूले सकेसम्म राम्रो गरिरहेका छन् कि छैनन् भन्ने कुराबाट विविध सर्टलिस्टको मुद्दालाई अलग गर्नुपर्छ ।”

कन्जर्भेटिभ पार्टीले यस्तो विविधताका बाधाहरू तोड्ने इतिहास बनाएको छ । आजसम्मको एकमात्र जातीय अल्पसंख्यक बेलायती प्रधानमन्त्री यहुदि मूलको बेन्जामिन डिजराइली र मार्गरेट थ्याचरलाई पहिलो महिला प्रधानमन्त्री चुनेको ईतिहास बेलायतले उहिल्यै बनाइसकेको हो ।

यद्यपि आफ्नो ११ वर्षको सत्तामा थ्याचर अन्य महिलाहरूको मूल्याङ्कनमा प्रायः आलोचित थिईन् । राम्रो नहुँदा नहुँदै र अन्य संभावना हुँदापनि मन्त्री परिषदमा आफ्नो रोजाईमा कमजोर महिला नियुक्त गरेको, महिलाका लागि पर्याप्त काम नगरेको लगायतका आरोप लागेको थियो ।

अहिले सन् २०२२ मा एक समान परिदृश्यको कल्पना गरिएको छ । तर एक जातीय अल्पसंख्यक नेताले विविधताको लागि व्यापक प्रगतिको ग्यारेन्टी भने गर्दैन ।

शिर्ष नेतृत्वकालागि उम्मेदवार र महान्यायाधिवक्ता समेत रहेकी सुएला ब्रेभरम्यान मौरिसस र केन्याका आमाबाबुबाट युकेमा जन्मेकि थिईन् । उनले आफूलाई “ब्रिटिश साम्राज्यको बच्चा” भनेर वर्णन गरेकि छन् ।

पूर्व न्यायाधिबक्ताले पहिले नै वाचा गरिसकेकि छन्- यदि पार्टीको प्रमुख नेताका रुपमा मलाई मतदान गरेमा “जागरणको युद्ध” छेड्ने छु । र शरणार्थीहरूलाई रुवान्डामा पठाउने सरकारको विवादास्पद योजनाको सुरक्षा गर्ने छु ।”

यसको मतलब उनले बेलायतलाई मानव अधिकारको युरोपेली अदालतबाट निष्कासन गरिए पनि त्यसलाई पालना गर्ने बताएकि छन् ।

सन् २०२१ मा प्रधानमन्त्रीका लागि नेतृत्वको उम्मेद्वार र समानताका लागि पूर्व मन्त्री केमी बाडेनोकले जातीय र जातीय असमानता आयोगको एक विवादास्पद रिपोर्टको निरीक्षण गरेकि थिईन् जसमा ब्रिटिश समाजमा “धेरै थोरै असमानताहरू जातिवादसँग प्रत्यक्ष रूपमा सम्बन्धित थिए” भनेर घोषणा गरिएको थियो। यदि उनी सत्तामा आएमा पहिचानको आधारमा गरिने राजनीतिको विरुद्धमा काम गर्ने फोर्ड बताउँछन् ।

“हाम्रो प्रधानमन्त्री विविधतायुक्त भएपछी हामी जातिय विविधता बिरुद्दको कालमा छौं, हुनेछौं भनेर प्रचार गर्ने तपाईं समानताको खण्डन गर्नुहुन्छ” बेगम भन्छिन् “हाम्रो आशा वास्तवमा थप समावेशीकरण र विविधतालाई बढावा दिने नीतिहरू बनाएको हेर्ने हो । यदि पार्टीको प्रमुख नेतृत्वकालागि उम्मेद्वारहरू मध्ये कसैले सक्रिय रुपमा अल्पसंख्यकहरूका लागि हानिकारक नीतिहरूको प्रचार गरेमा त्यो अविश्वसनीय रूपमा निराशाजनक हुनेछ ।”

एक महत्वपूर्ण सफलता

बेलायतको नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा गरिने छ । यदि सुनकले नेतृत्वको दौडमा विजय हासिल गरे भने उनी आयरल्यान्डका पूर्व सरकार प्रमुख लियो भाराडकर पछि पश्चिमी युरोपेली देशमा दोस्रो कालो वा गहुँगोरो वर्णका नेता बन्नेछन् । उनका आमाबाबु गोरा आयरिश र भारतीय मिश्रित हुन् ।

प्रतीकात्मक रूपमा बोल्दा यो उल्लेखनीय हुनेछ । यो बेलायतका जातीय अल्पसंख्यक समुदायहरूका लागि पनि महत्त्वपूर्ण हुनेछ ।

“यी समूहहरूले सामना गर्ने संरचनात्मक बेफाइदाहरूको लागि यो रामबाण होइन । तर यसले ति स्वीकृतिको बारेमा केही राम्रो कुरा दिन्छ” फोर्ड भन्छन् “शीर्ष नेतृत्वको तालिकामा अनुपस्थित हुनु भनेको तीतो महसुस भएको कुरा हो । त्यसैले त्यो अनुपस्थिति हटाउनु महत्त्वपूर्ण सफलता हो ।”

तर कन्जरभेटिभ नेतृत्वको प्रतियोगिता असाधारण रूपमा चुनौतीपूर्ण रुपमा आउने छ ।

जोनसनको नेतृत्वका अन्तिम समयमा गरिएका अलोकप्रिय काम, भनाई, निर्णय र विवादका बिच बढेको अलोकप्रियतालाई सरकारमा पुन विश्वाश आर्जन गर्न आवश्यक छ ।

त्यतिमात्रै होइन बेलायतमा जिवन यापनको लागतपनि बढीरहेको छ । त्यसले संकट गहिरो पार्दै छ । कन्जरभेटिभ पार्टीको अलोकप्रियतालाई बढाएको छ । ब्रेक्सिटमा चलिरहेको विभाजन वा उत्तरी आयरल्याण्डमा जटिल व्यापार वार्ताबाट छुटकारा पाउन यो पार्टीलाई सजिला उपायहरु देखिएका छैनन्।

बेगम भन्छिन् “हाम्रो अर्को प्रधानमन्त्रीको जातीयता धेरै हिसाबले गौण महत्त्वको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने राष्ट्रको प्रमुख वा अर्को नेताले समग्र देशकै लागि सबैभन्दा राम्रो गर्छ ।”

“कन्जरभेटिभहरू ऐतिहासिक रूपमा उत्कृष्ट प्रतिभाका लागि अवसरहरू सिर्जना गर्न दक्ष छन् । त्यसैले अहिलेको अवस्थामा भावी प्रधानमन्त्रीको काम कन्जरभेटिभ पार्टीलाई सत्तामा राख्नु हो। तिनीहरूको जातीय प्रोफाइल कस्तो छ भन्ने कुराले फरक पार्दैन । ”

यूकेका बहुमत मानिसहरु अल्पसंख्यक समुहको ब्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरामा सहमत हुने सङ्केतहरू पनि छन् । थिंक ट्याङ्क ‘ब्रिटिश फ्यूचर’ को २०२२ सर्बेक्षणले ८४ प्रतिशत बेलायती जनता अल्पसंख्यक जातीय प्रधानमन्त्री बनाएमा देशको लागि सहज हुने औंल्याएको छ ।

तीन चौथाईले भने जातीय विविधतालाई ब्रिटिश संस्कृतिको भागको रूपमा हेर्न चाहेका छन् । त्यो बुझाई सन् २०११ बाट हाल परिवर्तन भएको छ किनभने त्यो बेला आधाभन्दा बढीले जातीय विविधतालाई खतराको रूपमा देखेका थिए ।

सेप्टेम्बरमा जो कोही प्रधानमन्त्री बनेपनि कन्जरभेटिभ पार्टी नेतृत्वको प्रतिस्पर्धामा अब्बल बन्नेनै हुने हो । त्यसकोलागि सबैभन्दा उल्लेखनीय पक्षहरू मध्ये अब उच्च पदको लागि दौडिरहेका जातीय अल्पसंख्यक राजनीतिक नेताहरूको लागि अल्पसंख्यक विषयलाई परिभाषित गर्ने वा भिन्नता देखाउने वा अल्पसंख्यक जातिय विषय कारक नबन्न सक्छ । किनभने अल्पसंख्यक समुदायबाट शिर्ष पदमा दौडिने धेरै ब्यक्ति भएमा त्यो विषय गौण बन्नसक्छ । वा कतिपयलाई त्यति धेरै अल्पसंख्यक उम्मेदवार हुँदाहुँदा त्यो अल्पसंख्यक वा वर्ण फरक नारा किन भन्ने लाग्नसक्छ ।

फोर्ड भन्छन्, “उनीहरूले अभियानमा उल्लेख नगरेसम्म उनीहरूको जरा, कुन मूलका थिए भन्ने वा जातियताबारे धेरै उल्लेख गरिनेछ भन्ने मलाई शंका छ ।”

प्रधानमन्त्रीमा उम्मेदवारहरूको पूर्ण सूची :

पूर्व अर्थमन्त्री ऋषि सुनक, उनका उत्तराधिकारी नदिम जाहावी, विदेश मन्त्री लिज ट्रस, पूर्व रक्षा मन्त्री पेनी मोर्डाउन्ट, पूर्व स्वास्थ्य मन्त्री जेरेमी हन्ट, केमी बाडेनोक, सुएला ब्रेभरम्यान र टम टुगेनधाट।

तपाइँको प्रतिक्रिया