शुक्रबार, वैशाख १४, २०८१

नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ३० गते २१:११

आगामी नोभेम्बर १५ मा विश्वको जनसंख्या आठ अर्ब पुग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघको एक प्रतिवेदनमा भारतले २०२३ मा पृथ्वीमा सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा चीनलाई उछिन्ने उल्लेख गरेको छ ।

“त्यो समग्र जनसंख्या हाम्रो ग्रहको हेरचाह गर्ने र हाम्रो साझा जिम्मेवारी पुरा गर्ने स्मरणको विषयपनि हो । हामी अझै पनि एक अर्काप्रतिको हाम्रो प्रतिबद्धता पुरा गर्नमा कमी गरिरहेका छौं भनेर प्रतिबिम्बित गर्ने क्षण पनि हो” संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन् ।

“यो हाम्रो विविधतालाई मनाउने, हाम्रो साझा मानवतालाई चिन्ने र स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिमा चकित हुने अवसर हो जसले आयु लम्ब्याएको छ र मातृ र बाल मृत्युदरलाई नाटकीय रूपमा घटाएको छ” उनले थपे ।

संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागले गरेको प्रक्षेपणमा सन् १९५० यता विश्वको जनसंख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको बताएको छ ।

हाल विश्वको जनंख्या करिब सात अर्ब ९६ करोड छ ।  यो सन् २०३० मा ८ अर्व ५० करोड र सन् २०५० मा ९ अर्व ७० करोडमा पुग्ने छ । सन् २०८० मा लगभग १० अर्व ४० करोड पुग्ने छ । सन् २१०० मा पुग्दा जनसंख्या बढ्ने होइन कि स्थिर रहने संयुक्त राष्ट्र संघले उल्लेख गरेको छ ।

धेरै विकासोन्मुख देशहरूमा जन्मदरमा शुद्ध गिरावट देखिए पनि आउँदो दशकहरूमा विश्वको जनसंख्यामा हुने वृद्धिको अनुमानको आधाभन्दा बढी आठ देशहरूमा केन्द्रित हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिबेदनका अनुसार ति देश कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया हुन् ।

तपाइँको प्रतिक्रिया