बुधबार, वैशाख १२, २०८१

बिरामी पतिको हेरचाह गर्न बेल्जियमकि उपप्रधानमन्त्रीद्वारा राजीनामा

नेपालप्लस संवाददाता / बेल्जियम२०७९ असार ३० गते २३:४८

बेल्जियमका विदेशमन्त्री तथा उपप्रधानमन्त्री सोफी विल्म्सले आफ्ना बिरामी पतीको हेरचाह गर्न औपचारिक रूपमा राजीनामा दिएकी छन् ।

उनका पती पूर्व अस्ट्रेलियाली फुटबलर क्रिस्टोफर स्टोनलाई आक्रामक मस्तिष्क क्यान्सर लागेको चिकित्शकले पुष्टी गरेपछि उनको हेरचाहकालागि भन्दै आफूले राजिनामा दिएको बिहिवार बताएकि हुन् ।

४७ वर्षीया सोफी विल्म्सले राजिनामा दिएपछि प्रधानमन्त्री अलेक्जेन्डर डे क्रो आफैंले विदेश मन्त्रीको जिम्मेवारी लिएका छन् । तर उनको औपचारिक राजीनामापछि अब मन्त्रिपरिषद पुनर्गठनको ढोका खुलेको छ ।

“मेरो श्रीमानको रोगसित लड्नु एक कठिन युद्ध हुनेछ जुन म उहाँसँगै र हाम्रा बच्चाहरूसँग लड्न चाहन्छु” विल्म्सले राजिनामापत्रमा लेखेकि छन् “सरकारमा मेरो वर्तमान कर्तव्यहरूले मलाई त्यसो गर्न अनुमति दिँदैन ।” तर उनले उदारवादी आन्दोलन सुधारका लागि एक सांसदको रूपमा आफ्नो भूमिका जारी राख्ने बताइन् ।

विल्म्स परराष्ट्र मन्त्री हुनुअघि २०१९ देखि २०२० सम्म बेल्जियमको पहिलो महिला प्रधानमन्त्री थिइन् ।

“हाम्रो सरकारले एक महान महिला गुमाउँदै छ” डे क्रोले बिहीबार साँझ विल्म्सको निर्णयलाई साहसी छनौटको संज्ञा दिंदै स्वागत गरे ।

“यो एक छनोट हो र उनी जस्ता योग्य व्यक्तिको इमान्दारिता हो । यो यस्तो छनोट हो जसले हामी सबैलाई जीवनको अर्थ के हो भन्ने प्रतिबिम्बित गराउँछ र हामीलाई उनको प्राथमिकताहरू के हुन् भन्ने सम्झाउँछ” उनले थपे।

तपाइँको प्रतिक्रिया