बिहीबार, वैशाख १३, २०८१

जंगल र बस्तीलाई डढेलोबाट जोगाउन ईटालीका रुख रुखमै सेन्सर

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ३२ गते १५:३६

Image Source-innovationorigins.com

इटालीले जलवायु परिवर्तनबाट आफ्नो जंगल र बस्ती जोगाउन जंगलका रुखमा उच्च प्रविधीका सेन्सरहरु राख्ने भएको छ ।

जलवायु परिवर्तनका कारण तापक्रम उच्च भएर जंगलमा ब्यापक डढेको लाग्नु अघिनै जानकारि पाएर डढेलो बेलैमा निभाउन सकियोस भनि रुखहौर्मा सेन्सर राख्न लागिएको हो । ति सेन्सरले दिएको सूचनाका आधारमा तत्कालै डढेलो नियन्त्रण भएपछि मानव बस्तिहरु सुरक्षित गर्न सकिने छ ।

इटालीले आफ्नो जङ्गललाई जलवायु परिवर्तनबाट जोगाउन राखिने ति सेन्सरलाई हाई-टेक फायर डिटेक्शन सेन्सर नाम दिएको छ ।

इटालियन टापु सार्डिनियामा सन् २०२१ मा ढढेलोले जंगल ध्वस्त भएको थियो । अहिलेपनि ईटालीमा डढेलोले वन ध्वस्त पारिरहेको छ । अधिकारीहरूले यस्तै प्रकारको विनाशकारी घटना फेरि नहोस् भनेर आगोको सानो झिल्को (अल्ट्रा-अर्ली वाइल्ड फायर) देखिने बित्तिकै त्यसलाई पत्ता लगाउने सेन्सरहरू राखेर डढेलो बेलैमा नियन्त्रण गर्ने आशा राखेका छन्।

ति सेन्सरहरूले इन्टरनेट अफ थिंग्स (आइ ओटी) प्रविधि प्रयोग गर्दछ । आगोको धुवाँ निस्किनासाथ पहिलो चरणमै ग्यास पत्ता लगाउन रूखहरूमा ति सेन्सरहरु स्थापित गरिन्छ । डढेलोले वनलाई पूर्ण रूपमा समात्नु अघिनै ति सेन्सरहरुले सूचना दिन्छन् ।

यसरि राखिएका सेन्सरहरुले आगलागि शुरु हुनासाथ सूचना दिने हुँदा ठूलो क्षेत्रमा फैलिन पाउँदैन र अग्नी नियन्त्रकहरुले त्यस्तो आगो एक घण्टाभित्रै पत्ता लगाएर निभाउन सक्ने आशा गरिएको छ ।

“यसलाई स्मार्ट जंगलको रूपमा सोच्नुहोस्” भोडाफोन कम्पनीका आइ ओटी र क्लाउड विशेषज्ञ रुबेन किंग्सल्याण्डले भनेका छन् ।

किंग्सल्याण्डका अनुसार ती सेन्सरहरूले जंगलमा एक-अर्कासँग कुरा गर्छन् र तिनले एक अर्कासँग जोड्छन् । त्यसपछि जुन मुख्य मार्ग हो त्यसले जंगलको छेउमा भएको सेन्सरसित सम्पर्क गर्छ वा जोडिदिन्छ । त्यसपछि जंगलको छेउमा भएको सेन्सरले तत्कालै डधेलोको संकेत गरिदिन्छ । सूचना दिन्छ ।

क्लाउडमा आधारित अलर्ट सेन्टरमा जडान गर्नु भनेको क्यामेरा वा उपग्रहहरू प्रयोग गर्नु भन्दा जंगलको आगो पत्ता लगाउने समस्याको समाधान धेरै छिटो गर्नु हो।

“यसलाई अन्य समाधानहरूसँग तुलना गर्नुस्, तपाइँ भूउपग्रहका तस्विरहरु प्रयोग गर्न सक्नुहुन्छ । तर ती उपग्रहका तस्विरहरू फिर्ता आउन एक महिना लाग्न सक्छ। वा तपाईं वन क्षेत्र भित्र क्यामेराहरू जडान गर्न सक्नुहुन्छ । तर धुमपानको आगो याद गर्नु अघि यसले घण्टौं लगाउन सक्छ” भोडाफोन व्यवसायका टेक्नोलोजी विशेषज्ञ म्याट ग्रीनले बताएका छन् ।

उनका अनुसार सेन्सरहरु जडान गरेर केहि मिन्टमै वनमा लागेको आगो पत्ता लगाउन सकिन्छ । आगो लागेर धुवाँ निस्किनासाथै सेन्सरले त्यो धुवाँ पत्ता लगाउँछ ।

“वर्तमान समयमा जलवायु परिवर्तनमा भइरहेको सबैभन्दा ठूलो कुरा भनेको संसारभरको जंगलको आगो कसरि निभाउने भन्ने हो । अन्ततः हामीले प्रयोग गर्ने तरिकाले भविष्यमा जंगलमा आगलागी हुनबाट जोगाउने छ” किंग्सल्याण्डले भने ।

सन् २०२१ मा सार्डिनियाको २० हजार हेक्टरमा आगलागी भएको थियो । एक हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएको थियो र लगभग तीन करोड मौरी मारिएका थिए ।

युरोपियन युनियनको कोपर्निकस एटमोस्फियर मोनिटरिङ सर्भिसका अनुसार सन् २०२१ मा वनको आगोले विश्वव्यापी रूपमा एक अर्व ७६ करोड टन कार्बन उत्सर्जन गरेको थियो, जुन जर्मनीको वार्षिक कार्बन डाइअक्साइड उत्सर्जनको दोब्बरभन्दा बढी हो ।

तपाइँको प्रतिक्रिया