बिहीबार, चैत १५, २०८०

ग्यासको मूल्य बढ्नासाथ खाद्यवस्तुको मूल्य बढ्नैपर्ने किन ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ३२ गते १६:४९

ग्याँसको मूल्य बढ्दै गएको छ । त्यसले युरोपेली उपभोक्ताहरूको लागि खाद्य वस्तुहरुको मूल्यहरू उच्च बनाएको छ । ग्यासको मूल्य र खाद्य बस्तुको खास संवन्ध के हो ? त्यस सम्बन्धले के बुझाउँछ ?

यस प्रवृत्ति पछाडिको कारकहरू मध्ये एक मल हो । किसानहरूले बोटबिरुवा र बालीहरू बढाउन, हुर्काउन आवश्यक पोषक तत्वहरू प्रदान गर्नुपर्छ । त्यसकोलागि मल प्रयोग गर्छन् ।

युरोपमा उत्पादित मलको ७० प्रतिशत भन्दा बढी नाइट्रोजनमा आधारित हुन्छ । यस प्रकारको मल उत्पादन गर्न दुई मुख्य तत्वहरू चाहिन्छ: हावाबाट नाइट्रोजन र ग्याँसबाट हाइड्रोजन । ति दुई सँगै वा मिश्रित हुँदा तिनीहरूले अमोनिया उत्पन्न गर्छन्, नाइट्रोजनमा आधारित मलहरूको आधार ।

संश्लेषण प्रक्रिया (सिन्थेसिस प्रोसेस) लाई शक्ति दिन कच्चा माल र ऊर्जा स्रोतको रूपमा ग्यास प्रयोग गरिन्छ। यसको मतलब ग्यासको मूल्य बढ्न थालेपछि, मलको लागतलेपनि त्यहि मूल्य पछ्याउँछ ।

अमोनियाको मूल्य मूल्यहरू, अमेरिकी डलर प्रति मेट्रिक टनमा

ड्राफ्ट स्रोत-युरोन्युज डट कम

युरोपले अगस्टको प्रारम्भदेखि नै उर्जाको संकटसँग सामना गरिरहेको छ । रूसले युक्रेनमाथि गरेको आक्रमण र ईयू प्रतिबन्धहरूको परिणामस्वरूप उत्पन्न व्यापारिक अवरोधले अझ बढेको छ ।

ग्यासको मूल्यले कीर्तिमान बनाएको छ । यसले वार्षिक आधारमा हेर्दा मलको लागत १५१ प्रतिशतले बढाएको छ । त्यसले उत्पादक र किसानलाई ठूलो आर्थिक तनावमा पारेको छ ।

“अहिले ग्यासले मल उत्पादनमा ९० प्रतिशत परिवर्तनीय लागतको प्रतिनिधित्व गर्छ । युरोपको मल क्षेत्रको लागि अवस्था आर्थिक रूपमा तनावग्रस्त भएको छ” ईयूको मल उत्पादकहरूको प्रतिनिधित्व गर्ने संस्था, फर्टिलाइजर्स युरोपका महानिर्देशक जेकब ह्यान्सनले भनेका छन् ।

“युरोपमा अभूतपूर्व रुपमा बढेको ग्यासको उच्च मूल्यले कहिलेकाहीं अमोनिया (पानीमा घुलनशिल रंगहिन ग्यास) र मलको उत्पादनलाई असम्भव बनाएको छ” उनले थपे ।

तपाइँको प्रतिक्रिया

फेसबुक