आइतबार, मंसिर ११, २०७९

डढेलो र उच्च तापले आकुलब्याकुल युरोप

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ३२ गते २३:२१

Image Credit-worldwildlife.org

फ्रान्स, जर्मनी, पोर्चुगल, बेलायत, ईटाली, स्पेन, ग्रीस लागयतका देशमा अहिले डढेलो र उच्च गर्मीले आकुलब्याकुल पारेको छ । जंगलबाट फलिएको डढेलोबाट जोगाउन गाउँका गाउँ खालि गरिएको छ । थुप्रै ठाउँका नागरिक बिस्थापित भएका छन् । जलवायु परिवर्तनले युरोपभर जंगलमा आगलागीको जोखिम अझै बढाएको छ ।

त्यसो त, जंगलको आगो धेरै पारिस्थितिक प्रणालीहरूको लागि आवश्यक पनि छ । उदाहरणका लागि वन नवीकरणको लागि, कीरा र रोगको क्षतिलाई नियन्त्रणकलागि मद्दत गर्न र जंगलभित्र इन्धनको निर्माण कम गर्न । अर्थात् पटल पटक अलि अलि गरेर आगलागि भएपछि भविष्यमा डढेलो तीव्रतालाई घटाउन ।

यद्यपि, बारम्बार र ठूलो मात्रामा लाग्ने डढेलोले हावा र पानीको गुणस्तर, जैविक विविधता, माटो र परिदृश्यमा नकारात्मक असर पार्छ । वनको आगोले जलवायु परिवर्तन न्यूनीकरणलाई पनि जोखिममा पार्छ किनकि तिनीहरूले ठूलो मात्रामा हरितगृह ग्यासहरू छोड्छन् । तिनीहरूले आर्थिक क्षति र जनसंख्या भएको क्षेत्रमा मानव जीवनको नोक्सान गर्न सक्छन् ।

गर्मीयामको आधा समयपनि नबित्दै पोर्चुगल, बेलायत, ग्रीस, स्पेन, इटाली, फ्रान्स र दक्षिणपूर्वी भूमध्यसागरमा फैलिएको डढेलोले युरोपलाई अत्याएको छ । गर्मीयाम शुरु भएलगत्तै लागेको डढेलोले जलेको क्षेत्र अहिले नै यस अघिको वार्षिक औसत स्तर नाघिसकेको छ ।

चाहे चट्याङबाट प्राकृतिक रूपमा फैलिएको होस् वा आगजनी गर्नेहरूद्वारा गत महिना दक्षिणी युरोपभरि जङ्गलमा लागेको आगो खडेरी र चरम गर्मीले फ्रान्स, ईटाली, ग्रिस, पोर्चुगल, स्पेन लगायतका देशमा फैलिएको छ ।

वैज्ञानिकहरूलाई राम्रोसित थाह छ, जलवायु परिवर्तन डढेलो फैलाउने मौसमको मुख्य चालक हो । उनीहरूले यो पनि बुझेका छन्, आगलागी भएका देशहरूमा जलवायु परिवर्तनसित अनुकूल हुने खालको डढेलोसँग सामना गर्ने प्रविधि, सेवा र पहुँच अपर्याप्त छ जुन बिग्रँदै गएको छ ।

तैपनि युरोपका २७ देशमध्ये भूमध्यसागरीय र बाल्कन देशहरू किन जंगली आगोको प्रकोपमा पर्छन् ?

१-भूमध्य क्षेत्र किन अहिले जलिरहेको छ ?

ग्रीष्मकालीन जंगलको आगो भूमध्यसागरीय वनहरूको जीवनको प्राकृतिक चक्र जस्तै हो । र प्रायः आवश्यक भाग जस्तैपनि हो । सन् २०१६ अघिको दशकमा स्पेन, फ्रान्स, पोर्चुगल, इटाली र ग्रीसका पाँच दक्षिणी युरोपेली राष्ट्रहरूमा ४८ हजार वटा डढेलोले वार्षिक रूपमा चार लाख ५७ हजार हेक्टर जमिन जलाएको थियो। वैज्ञानिकहरूका अनुसार आगोले यी क्षेत्रहरूमा वनलाई नयाँ जिवन र जैविक विविधतालाई बढावा दिनसक्छ ।

वास्तवमा समुदायहरूले दक्षिणी यूरोपभरि तातो र सुक्खा क्षेत्रहरू देखापर्ने आगो र गर्मी यामसित राम्रोसँग सामना गर्न सिकेका छन् । आगो नियन्त्रणका लागि अझ परिष्कृत रणनीतिहरू अपनाइदै आएकाले सन् १९८० देखि आगोको संख्या र आकारमा समग्ररुपमा केहि गिरावट आएको छ ।

तर हालैका वर्षहरूमा प्रायः आगलागीका घटनाहरू बढेको देखिएको छ । तिनीहरूको सामान्य आकार र तीव्रताभन्दा बढेका छन् ।

सन् २०१७ र २०१८ को विनाशकारी जंगली डढेलोले टर्कीदेखि स्पेनसम्म फैलिएको क्षेत्रमा सयौंको ज्यान लिएको थियो । त्यो बेला स्वीडेन लगायत मध्य र उत्तरी युरोपका देशहरू पनि जलेका थिए । त्यस्ता अभूतपूर्व आगलागीका घटनाहरू अनिवार्य रूपमा चरम खडेरी र गर्मीका लहरहरूसँग जोडिएका छन्।

२-आगोको सुरुवात के हो ?

सन् २०२१ को जुलाई महिना युरोपमा रेकर्ड गरिएको दोस्रो सबैभन्दा तातो महिना थियो (र तेस्रो सबैभन्दा तातो विश्वव्यापी रुपमा)। तर अहिले ईटालीमा भएको गर्मी र खडेरीलाई ७० वर्ष यताकै सबैभन्दा गम्भिर मानिएको छ । युरोपको दक्षिण क्षेत्र अहिले चरम गर्मीको केन्द्रबिन्दु बनेको छ । यस हप्ता ग्रीसमा तापमान ४७ डिग्री सेल्सियस पनि नाघेर चरम हुने अपेक्षा गरिएको छ ।

ग्रीस र छिमेकी टर्की तातो लहरको बीचमा छन् जुन ३० वर्षमा सबैभन्दा खराब हुन सक्ने बताइएको छ । सन् १९८७ मा ग्रीसमा मात्र १,५०० भन्दा बढी मानिसहरु आगोकै कारण ज्यान गुमान बाध्य भएका थिए ।

आगलागी र चट्याङ जस्ता प्राकृतिक कारणहरू डढेलोकालागि समान रूपमा दोषी मानिन्छन् । चरम गर्मीले तिनीहरूको तीव्रतालाई हाल बढाएको छ । डढेलो लागेका क्षेत्रहरूमा विनाशको वास्तविक दोषी तिनैलाई मानिएको छ । यही कारणले गर्दा गत १२ वर्षको औसतभन्दा सन् २०२१ अगस्ट ५ सम्म युरोपभरि कम्तीमा ५५ प्रतिशत बढी क्षेत्र जलेको थियो । अहिले फ्रान्समा सन् २०२० को तुलमाना तीन गुणा बढी वन डढेलोले कहैसकेको छ ।

यो तथ्य पुरानो वन व्यवस्थापन र कहिलेकाहीँ प्राकृतिक वनको अति-संरक्षणसँगपनि जोडिएको छ ।

“धेरै भूमध्यसागरीय क्षेत्रहरूमा हालको डढेलो व्यवस्थापन नीतिहरू सामान्यतया दमनमा केन्द्रित छन् । हाल चलिरहेको विश्वव्यापी परिवर्तनसित अनुकूल छैनन्” सन् २०२१ मा दक्षिणी यूरोपमाआगोबाट भएका परिवर्तनहरूको बारेमा लेखिएको पुस्तककमा अध्ययनका लेखकहरूले उल्लेख गरेका चछन् ।

३- त्यसोभए जलवायुसँग यसको के सम्बन्ध छ ?

युरोपेली वातावरण एजेन्सी (ईईए) को अनुसार भूमध्य क्षेत्रमा डढेलोले जलेको क्षेत्र गत ४० वर्षमा थोरै घटेको छ । यो मुख्यतया अधिक प्रभावकारी आगो नियन्त्रण प्रयासहरूको कारणले सन् २०२१ मा घटेको देखिएको हो । तर यो वर्ष भने बढ्ने संभावना देखिएको छ ।

विश्वमा तापक्रम बढ्दै जाँदा विश्वभरि डढेलोको निरन्तरता, आवृत्ति र गम्भिरतालाईपनि बढाउँछ ।

हालैका वर्षहरुमा अमेरिकाको क्यालिफोर्निया र अष्ट्रेलियामा लागेको डढेलोलाई त्यहि रुपमा बुझ्न सकिन्छ । र अपरिहार्य रूपमा जलवायु परिवर्तनले मध्य र उत्तरी क्षेत्रहरू सहित सम्पूर्ण युरोपभर जंगलमा आगलागीको जोखिम बढाएको छ जुन सामान्यतया आगलागीबाट उति प्रभावित क्षेत्र मानिंदैनथिए ।

युरोपेली वातावरण एजेन्सी (ईईए) का अनुसार भूमध्यसागरीय क्षेत्रमा हालको रेकर्ड उच्च छ । खडेरी र गर्मीले सन् २०१८ को घटनालाई प्रतिध्वनि गर्दछ । पहिले भन्दा धेरै देशहरूले अहिले ठूलो आगोको सामना गर्नुपरेको छ ।

ग्रीसमा सन् २०१८ को तथाकथित एटिका डढेलोमा परेर १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अस्ट्रेलियामा सन् २००९ को कालो शनिवार (ब्ल्याक स्याटरडे) भनेर संझिईने डढेलो पछि यो शताब्दीको दोस्रो सबैभन्दा ठूलो डढेलोको घटना हो । तर यो वर्षको डढेलोले त्यसलाई उछिन्न्ने संभावना छ । ईटालीमा ७० वर्ष यताकै सबैभन्दा ठूलो खडेरी अहिले परिरहेको छ ।

“डढेलोजन्य क्षेत्रहरूको विस्तार र धेरै युरोपेली क्षेत्रहरूमा लामो आगोको मौसम अनुमान गरिएको छ” ईईएले भनेको छ ।

युरोपेली ग्रीन डील र पेरिस जलवायु सम्झौता जस्ता जलवायु सम्झौताहरूको पालना नगरिएकालेपनि जलवायुको समस्या टडकरो बनिरहेको चह् र त्यसले डढेलोको प्रकोपलाई बढावा दिएको छ । त्यस्ता संझौता गरिएपनि अहिले बढीरहेको तापलाई सीमित गर्न कार्बन उत्सर्जन द्रुत गतिमा घटिरहेको छैन।

“उनीहरूले योजनाहरू अगाडि बढाउँछन् । तिनीहरूले लक्ष्यहरू परिभाषित गर्छन् । तर तिनीहरूले वास्तवमा कार्य गर्दैनन्” हेल्महोल्ट्ज सेन्टर फर ओशन रिसर्चका जलवायु वैज्ञानिक मोजिब लतिफले भनेका छन् ।

“सन् १९९० देखि विश्वव्यापी कार्बन उत्सर्जनमा ६० प्रतिशत वृद्धि भएको छ” उनले भने । अघिल्लो वर्ष महामारी सम्बन्धी मन्दीले केहि घटाएपनि तापक्रम अब फेरि बढ्ने भनाई उनको छ ।

४-विश्वव्यापी जलवायु परिवर्तनका असरहरू के हुन् ?

जलवायु समूह ‘क्लाईमेट ग्रुप कार्बन ब्रिफ’ का अनुसार विश्वव्यापी रूपमा हरितगृह ग्यास उत्सर्जनको लागि र खराब वायु गुणस्तरका कारण वार्षिक हुने ३३ लाख अकाल मृत्युमध्ये पाँच प्रतिशत देखि ८ प्रतिशत जंगली डढेलोकै कारण हुनेगर्छ ।

तर हालैका दशकहरूमा जङ्गलमा लागेको आगोबाट हुने कार्बन उत्सर्जनमा कमी आएको छ । यो डढेलो रोकथाममा भएको सुधारका कारणले हो । तर फेरिपनि यो वर्ष अर्थात् २०२२ मा कस्तो परिणाम आउँछ यसै भन्न सकिन्न । किनकि यो वर्ष अघिला केहि वर्षको तुलनामा डढेलो युरोपभरिनै ज्यादै बढिरहेको छ ।

बाँकी समस्या आगोको गम्भीरता वा तीव्रताका कारण हो जसले कार्बन प्रिथकिकरण (सिक्वेसट्रेसन) मा धेरै दूरगामी प्रभाव पार्छ । किनभने वनहरू यति नराम्रो रूपमा जल्छन् कि तिनीहरू फेरि बढ्न सक्दैनन् ।

सन् २०१७ मा दक्षिणपश्चिम युरोप (अर्थात् इबेरियन प्रायद्वीप, दक्षिणी फ्रान्स र इटाली) मा चरम रुपमा निस्किएको जंगली आगोबाट कार्बनडाइ अक्साईड उत्सर्जन कम्तिमा सन् २००३ पछि सबैभन्दा उच्च थियो । लगभग ३७ टेराग्राम (तीन करोड ७० लाख टन मेट्रिक) कार्बनडाइअक्साईड पुग्यो ।

यसलाई स्पष्ठ पार्ने हो भने सन् २००३ मा इबेरियन प्रायद्वीप र भूमध्यसागरको तटमा असाधारण रूपले व्यापक मात्रामा फैलिएको जंगली आगोले त्यस वर्षको लागि सम्पूर्ण पश्चिमी युरोपका मानिसले उत्सर्जन गरे बराबरकै स्तरमा थियो।

तपाइँको प्रतिक्रिया